म्याड्रिड, असोज १२ – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई पूरानो क्लब म्यान्चेस्टर युनाइटेड फर्काउने प्रयाससहित युनाइटेडका समर्थकहरुले रियलको खेलको दौरान आकाशमा ‘घर आउ रोनाल्डो’ लेखिएको ब्यानर आकाशमा उडाएका छन् ।
शनिबार रियल र भिल्लेरियालबीच भएको खेलको दौरान एल म्याड्रिगाल रंगशालामा उनीहरुले प्लेनमा राखेर उक्त ब्यानर उडाएका हुन् ।
यसका लागि विश्वभरका युनाइटेडका समर्थक रहेको ‘युनाइटेड रिल’ ले समर्थकहरुबाट डोनेसन उठाएका थिए ।
आफ्नो ट्वीटरमा लेख्दै युनाइटेड रिलले भनेको छ, ‘हामी रोनाल्डोलाई खेलाडी र मानिस, दुवै रुपमा मन पराउँछौं । उनलाई घर नफर्काएसम्म हामी हाम्रो अभियानलाई रोक्दैनौं ।
यसरी युनाइटेडका फ्यानले आकाशमा ब्यानर उडाएको पहिलो पटक भने होइन । यसअघि टोलीले खराब प्रदर्शन गरेपछि प्रशिक्षक डेभिड मोयेजको विरोधमा ‘मोयेज बाहिर’ भन्दै उनीहरुले यस्तै ब्यानर उडाएका थिए ।
रोनाल्डोले सन् २००९ मा ओल्ड ट्राफोर्ड छाड्दै त्यति बेलाको रकर्ड ८० मिलियन पाउण्डमा रियल म्याड्रिडसँग अनुबन्ध भएका थिए ।
रियलमा रोनाल्डो सफल रहे पनि पछिल्लो पटक ट्रान्सफरलाई लिएर रोनाल्डोले असन्तुष्टि जनाएपछि युनाइटेडका फ्यानमा रोनाल्डो पूरानो क्लब फर्कने आशा जगाएको थियो ।
युनाइटेडका वर्तमान प्रशिक्षक लुइस भान हालले पनि रोनाल्डोलाई आफू फर्काउन इच्छुक रहेको तर रियलले रोनाल्डोलाई नबेच्ने बताएका थिए ।
युनाइटेडले रोनाल्डोलाई फर्काउने खोजे उसले रियललाई लगभग १२० मिलियन पाउण्ड खर्च गर्नुपर्नेछ । अर्को सिजन रामाडाल फाल्काओलाई अनुबन्ध गर्न लागेको युनाइटेडका लागि यो महंगो डिल हुनसक्छ ।
, आश्विन ११ । दक्षिण कोरियाको इन्छनमा जारी एसियाडअन्र्तगत् पुरुष क्रिकेटमा नेपालले शानदार सुरुआत गरेको छ । कुवेतले दिएको २१ रनको झिनो लक्ष्य नेपालले १ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा सागर पुनले ९ रन र सुवास खकुरेल, विनोद भण्डारी दुबैले अविजित क्रमशः ७ र ५ रन बनाए ।
यसअघि खेलमा टस जितेर पहिले ब्याटिङगरेको कुवेत १३ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २० रनमै समेटिएको थियो ।
नेपालका सोमपाल कामी र बसन्त रेग्मीले समान ३/३ विकेट लिए । सुरुआतदेखि नै धरमराएको कुवेती इनिङ ध्वस्त पार्नेक्रममा सागर पुनले २ विकेट झारे । कुवेतका २ खेलाडी एलबीडब्लुको धरापमा परे ।
कुवेतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । ५ खेलाडी शून्य रनमै पवेलियन फर्किएका थिए । ट्वेन्टी–२० खेलमा कुवेतले ७ रन अतिरिक्त रनका रुपमा पाएको थियो । नेपालको अर्को खेल मलेसियासँग हुनेछ ।

ड्रागन एअरको विमान बिग्रिएर काठमाडौंमा थन्किँदा खेलाडीहरुले दुःख पाउँदै अर्को जहाजमा बल्ल आज बिहान इन्छन पुगेका थिए ।
नेपालस्थित खेल सम्बन्धित निकायले चासो नदिँदा खेलाडीहरु समयमै आउन नपाएका हुन् ।
बंगलादेशमा सम्पन्न विश्वकपको सहभागी टिम नेपाललाई पदकको दावेदार टिमका रुपमा हेरिएको छ ।

तस्वीरः एसीसी ।
- See more at: http://imagekhabar.com/samachar/detail/41799/31/.shtml#sthash.BAMUbvXJ.fUC9CsdF.dpuf
काठमाडौं, आश्विन १० । एसियाडमा सहभागिता जनाउन दक्षिण कोरियाको लागि हिँडेका नेपाली खेलाडी तथा प्रशिक्षकहरु काठमाडौंस्थित विमानस्थलमै अलपत्र परेका छन् । ड्र्यागन एअरको उडानबाट कोरिया जाने तयारीमा रहेका एथ्लेटिक्स, क्रिकेट, कुस्ती र टेबल टेनिसका खेलाडीहरु फ्लाइट स्थगित भएपछि विमानस्थलमै अलपत्र परेका हुन् ।
एथ्लेटिक्स टिम बुधबार तथा अन्य टिमविहीबार (हिजो) कोरिया जाने तयारीमा थिए । तर, ड्र्यागन एअरको विमान बिग्रिएर काठमाडौंमै थन्किएपछि खेलाडीहरु दुई दिनदेखि अलपत्र परेका हुन् । उडान रद्द भएपछि आज बिहान ३ बजे खेलाडीहरु अन्नपूर्ण होटलमा आएर सुतेका थिए ।
अहिलेसम्म उडानबारे केही जानकारी नआएकोले एसियाडमा सहभागिता नै समस्यामा पर्न लागेको एथ्लेटिक्स टोलीको मुख्य प्रशिक्षक सुशील नरसिंह राणाले बताए । अहिलेसम्म काठमाडौमै अड्किएका सबै खेलमा नेपालले शनिबार (भोलि) प्रतिस्पर्धा गर्नुपर्नेछ ।
क्रिकेट टिमले भोलि २ बजे माल्दिभ्ससँग खेल्नुपर्नेछ भने एथ्लेटिक्सका कुल ९ मध्ये ६ खेलाडीको पहिलो इभेन्ट भोलि नै छ । यसैगरी कुस्तीले आजै प्रारम्भिक सहभागिता जनाउनुपर्ने थियो भने टेबल टेनिसका खेलहरु पनि भोलि नै हुनेछन् ।

असोज ७ - अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले आफ्नो अनलाइन संस्करणमा नेपालका स्टाइकर विमल घर्ती मगरलाई विलक्षण क्षमता भएको खेलाडी भन्दै प्रशंसा गरेको छ ।
फिफाको अनलाइनमा विमलको अन्तरवार्तामा आधारित विश्लेषण प्रकाशित छ ।
विमल सम्बन्धी लेखमा फिफाले विमललाई नेपाली टिमको विलक्षण खेल कौशल भएको प्रतिभावान खेलाडीका रुपमा चित्रित गरेको छ ।
फिफाले विमल सम्बन्धी लेखको सुरुवात नै विमलको स्टारडमको प्रशंगबाट गरेको छ ‘भर्खरै सम्पन्न १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिपमा सहभागी देशका अधिकांश खेलाडीहरु आफ्नो पहिचान बनाउन खेलिरहेका बेला विमल भने पहिले नै एक स्थापित नाम थियो ।’
बेल्जियमको क्लब एन्डरलेक्टको १९ वर्ष मुनिको टोलीबाट व्यवसायिक खेल खेल्ने विमलले एएफसी च्याम्पियनसिप प्रतियोगिताअघि नै महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेका खेलाडी भन्दै पिफाले विमलको प्रशंसा गरेको छ । फिफाले विमल सम्बन्धी लेखमा १६ वर्षको कलिलो उमेरमा नै उनले नेपालका सबै उमेर समूह र राष्ट्रिय टिमको हिस्सा बनेको प्रसंग उल्लेख छ । विमलले राष्ट्रिय टिममा डेब्यू गरेको खेलमा नै महत्वपूर्ण गोल गरेका थिए ।
उनले सन् २०१३ को सप्टेम्बरमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले त्यो खेलमा अन्तिम मिनेटमा एक गोल गरेको र त्यही गोलको मद्दतमा नेपाल पाकिस्तानलाई बराबरीमा रोक्न सफल भएको उल्लेख गर्दै फिफाले विमलको खेल क्षमताको प्रशंसा गरेको छ ।
फिफासँगको अन्तरवार्तामा विमलले पाकिस्तान विरुद्धको गोल बारे भनेका छन् ‘मलाई त्यो मेरो पहिलो अन्तराष्ट्रिय गोल गर्दा यो सपना पो हो कि जस्तो लागेको थियो । मैले बारम्बर आफैसँग सोधेँ के मैले साँच्चिकै गोल गरेकै हो त ? म मैदान प्रवेश गर्दा हाम्रो टिम अप्ठ्यारोमा थियो । तर म आफ्नो डेब्यू खेलमा गोल गर्दै टिमलाई सहज अवस्थामा ल्याउन चाहान्थें । मैले प्रहार गरेको बलले गोल रक्षकलाई पन्छ्याउँदै जालि चुमेको त्यो क्षण ऐतिहासिक थियो ।’ फिफाले लेखमा विमलको त्यो गोललाई एक ऐतिहासिक गोल भनेर उल्लेख गरेको छ । मात्र १५ वर्ष ८ महिना ८ दिनको उमेरमा ऐतिहासिक अन्तराष्ट्रिय गोल गर्दै विमल नेपालको कम उमेरमा अन्तराष्ट्रिय गोल गर्ने खेलाडी बने ।
विमलले फिफासँगको अन्तरवार्तामा गोल गरेपछिको अनुभव बारेमा भनेका छन् ‘स्टेडियममा रहेका सबै दर्शकहरुले मेरो नाम लिएर हुटिङ गरिरहेका थिए । त्यसमा पनि भोली पल्टको दिन झन सम्झन लायक थियो । हरेक संचार माध्यम र पत्रपत्रिकाहरु मेरो नाम र तस्विरले भरिएका थिए जुन मेरा लागि ठूलो उपलब्धि थियो ।’
महादेशका उदाउँदो उज्ज्वल तारा
पिफाले विमललाई उनको खेल कौशलका आधारमा महादेशीय स्तरमा उज्ज्वल भविष्य भएको खेलाडीका रुपमा चित्रित गरेको छ । १६ वर्ष मुनिको एएफसी छनोट खेलमा विमलले आफ्नो कप्तानीमा गरेको प्रदर्शलाई पनि फिफाले उल्लेख गरेको छ ।
विमलले फिफासँग भनेका छन् ‘काठमाडौंमा भएको छनोट चरणको बहराइनसँगको पहिलो खेलमा म केही नर्भस थिँए, तर दोस्रो खेलसम्ममा मैले आत्मविश्वास बटुलेको थिएँ ।’ छनोट खेलमा नेपाल बहराइनसँग २–० ले पराजित भएको थियो भने इराक लाई २–२ मा रोकेको थियो र तुकिमेनिस्तानलाई ४–० ले पराजित गरेको थियो । विमल प्रतियोगिताका सर्वाधिक गोलकर्ता पनि हुन् । फिफाले हालै भएको १६ वर्षमुनिको एएफसी च्याम्पियनसिपमा नेपालको प्रदर्शन प्रभावशाली भन्दै नेपाली टिमलाई ब्ल्याक हर्सको रुपमा चित्रित गरेको छ । नेपाल समूह चरणबाट माथि जना नसके पनि प्रतियोगितामा प्रभाकारी प्रदर्शनको श्रृंखला भने जारी राखेको फिफाले उल्लेख गरेको छ ।
फिफाले विमाल बारे लेखमा भनेको छ ‘प्रतियोगितमा सहभागि भएका एसियाली राष्ट्रका खेलाडीहरुमा विमल सबैभन्दा खेल कौशलमा माथिल्लो स्तरको खेलाडी हुन् । उम्दा खेलाडी भएकाले उनले अन्तराष्ट्रिय स्तरमा स्थापित हुन खोज्नु स्वाभाविक हो ।’
फिफासँगको अन्तरवार्तामा विमलले आफु व्यवसायीक खेलाडी बन्न चाहेको बताएका छन् । उनले भनेका छन् ‘मेरो लक्ष्य भनेको व्यवसायीक खेलाडीक बनेर युरोपामा खेल्ने हो । म आफुलाई युरोपमा एउटा राम्रो खेलाडीका रुपमा स्थापित गर्न चाहन्छु , यसले अरु नेपाली खेलाडीलाई पनि अवसर प्रदान गर्न सहयोगी बन्ने आश लिएको छु ।’
–फिफा डटकममा प्रकाशित समाचारको आधारमा तयार पारिएको
सन् २०२२ को विश्वकप फुटबल कतारमा नहुने भएको छ। फिफाका सदस्य थियो ज्वान्जिगरका अनुसार कतारमा हुने विश्वकप अन्यत्रै सार्ने निर्णय भएको हो। रोयटर्सले ती फिफा सदस्यलाई उद्धृत गर्दै भीषण गर्मीका कारण कतारको विश्वकप रद्द गरिएको उल्लेख गरेको छ।
यसअघि कतारमा विश्वकप आयोजना दिने निर्णय गर्ने क्रममा ठूलो घोटाला भएको सार्वजनिक भएको थियो। कतारले विश्वकपको तयारीमा करोडौँ डलर खर्च गरिसकेको छ।
४ असोज, इन्चोन । दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाली खेलकुदमा भारतले पहिलो स्वर्ण जितेको छ । तर, भारतलाई स्वर्ण दिलाउने व्यक्ति भने नेपाली हुन् ।
जितु रायले ५० मिटर पेस्तोलको प्रतिपर्धामा भारतलाई स्वर्ण दिलाएका हन् । भियतनामका न्यूयेन होङ्गले दोस्रो भए ।
तर, उनले एक समय रायलाई कडा टक्कर दिए र एक समय दुबैको स्कोरको बीचमा ०.२ को अन्तर थियो । तर, अन्तिम दुई प्रयासमा जितुले होङ्गलाई ५.८ का विरुद्ध ८.४ को स्कोर बनाएर स्वर्ण जिते ।
भारतीय सेनामा जितुले राष्ट्रमण्डलमा पनि भारतलाई स्वर्ण दिलाएका थिए । संखुवासभामा जन्मिएका जित ८ वर्षअघि भारतीय सेनामा भर्ना भएका थिए ।
उनलाई अहिले भारतको पेप्तोल किङको नामले चिनिन्छ ।
काठमाडौं, २६ भदौ । उत्तर कोरियाले नेपाली पोष्टमा गोलको वर्षा नै गरेपछि नेपाल एएफसी यु–१६ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ । यससँगै यु–१७ विश्वकपमा सहभागिताको सपनासमेत टुटेको छ ।
कम्तिमा १ अंकको खोजीमा मैदान छिरेको नेपालको रक्षापंक्तिले निकै कमजोर प्रदर्शन गरेपछि उत्तर कोरियासँग ४-१ गोल अन्तरले पराजित हुनपुग्यो ।
आजै भएको उज्वेकिस्तान र कुवेतबीचको खेलको नतिजापनि आफ्नो पक्षमा नआएपछि नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो । उज्वेकिस्तानले कुवेतलाई ४-२ ले पराजित गरेसँगै उत्तरकोरिया र उज्वेकिस्तान क्वार्टरफाइनलमा प्रवेश गरेका छन् भने नेपाल र कुवेत बाहिरिएको छ ।
कमजोर नेपाली डिफेन्स लाईनको फाइदा उठाउँदै उत्तर कोरियाले पहिलो हाफमै ४ गोल गर्न सफल भयो । जवाफमा नेपालले मात्रै १ गोल फर्कायो ।
नेपालका लागि २७ औं मिनेटमा अनन्त तामाङले गोल गरेका हुन् । उत्तरकोरियाले भने ४, २३, २७ र पहिलो हाफको इन्जुरी समयमा गोल ग-यो ।
यसअघि पहिलो खेलमा उज्वेकिस्तानसँग १–१ को बराबरी खेलेको नेपालले कुवेतलाई २–१ ले पराजित गरेको थियो । नेपाली टोली विश्वकप खेल्ने सपनासहित थाइल्याण्ड पुगेको थियो । आजको खेलमा कम्तिमा बराबरी खेलेको भए नेपाल यसपछिको एकमात्रै जीतले पनि विश्वकपमा पुग्न सक्थ्यो ।
काठमाडौं, भाद्र २४ । थाइल्यान्डमा जारी एएफसी यु–१६ च्याम्पियनसीप फुटबलमा नेपालले शानदार प्रदर्शन गरेको छ । नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार कुवेतमाथि २–१ को जित हासिल गरेको हो ।
सुरुआतदेखि नै सशक्त प्रदर्शन गरेको नेपालले तेस्रो मिनेटमा कुवेती डिफेन्डर सबैबको आत्मघाती गोलबाट उपहार पाएको थियो । ७४औं मिनेटमा कुवेतले पाएको पेनाल्टीलाईगोलमा परिणत गर्दै बराबरी गरेको थियो ।
८०औं मिनेटमा पाएको पेनाल्टीलाई कप्तान विमल घर्तीमगरले गोलमा परिणत गरेसँगै नेपालले २–१ को अग्रता बनायो । त्यसपछि दुवैतर्फ थप गोल नहुँदा नेपाल २–१ ले विजयी भयो ।
यसअघि खेलको ४५औं मिनेटमा विकास थापाले हिर्काएको बल क्रस बारमा ठोक्किएर फर्किएको थियो । जितसँगै नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ । लगातार दुई खेल हारेको कुवेत भने प्रतियोगिताबाट बाहिरिएको छ ।
यसअघि पहिलो खेलमा नेपालले साविक विजेता उज्वेकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो । जारी प्रतियोगिताका लागि छनोट हुने नेपाल एकमात्र दक्षिण एसियाली टिम हो । यो टिमलाई नेपालकै अहिलेसम्मको उत्कृष्ट टिमका रुपमा पनि हेरिएको छ ।
१६ टिम सहभागी प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोली अर्को वर्ष हुने यु–१७ विश्वकप फुटबलका लागि छानिने छन् । अब समूह ‘सी’को अन्तिम खेलमा नेपालले बिहीबार उत्तर कोरियाको सामना गर्नेछ ।

काठमाडौं, भाद्र २२ । एएफसी यु–१६ एसिया कप फुटबल च्याम्पियनसीपमा नेपालले साविक विजेता उज्वेकिस्तानलाई बराबरीमा रोकेको छ । थाइल्याण्डको बैंककमा आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई १–१ गोलको बराबरीमा रोकेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा उज्वेकिस्तानले एक गोल ग¥यो । ५३औं मिनेटमा प्राप्त पेनाल्टीअवसरलाई उज्वेकिस्तानका कुचिनोभले गोलमा बदलेका हुन् ।
यसपछि आक्रामक खेल खेलेको नेपालले अतिरिक्त समयमा बराबरी गोल गरेको हो । अतिरिक्त समयको तेस्रो मिनेटमा नेपालका किरण सुनारले उक्त गोल गरेका हुन् ।
नेपालका भरपर्दा खेलाडी विमल घर्तीमगरले आजको खेल खेलेका थिएनन् । काठमाडौंमै भएको छनोट चरणका दुई खेलमा पहेंलो कार्ड खाएका विमलले मुख्य प्रतियोगिताको पहिलो खेल गुमाएका हुन् ।
प्रतियोगिताको साविक विजेता उज्वेकिस्तान एसियाको जुनसुकै उमेर समूहको दावेदार टोली हो । उज्वेकिस्तानलाई बराबरीमा रोकेसँगै नेपाल हौसिएको छ ।
नेपालले अब दोस्रो खेलमा आगामी मंगलबार कुवेतसँग खेल्नेछ भने अन्तिम खेलमा विहीबार उत्तर कोरियासँग खेल्नेछ । १६ टोली सहभागी एएफसी यु–१६ फुटबल च्याम्पियनसीपबाट ४ टोली अर्को वर्ष हुने यु–१७ विश्वकप फुटबलका लागि छानिनेछन् ।

म चाहन्छु मेरो खेल जीवनको समाप्ति म्यानचेस्टर युनाइटेडबाटै होस्,’ रोनाल्डोले स्पेनिस पत्रिका मार्कासँग कुराकानी गर्दै भने, ‘मेरो र म्यानचेस्टरबीच भावनात्मक सम्बन्ध छ, यो कहिले पनि टुट्दैन ।’ सन् २००९ मा रोनाल्डो तत्कालीन कीर्तिमानी सम्झौताका रुपमा म्यानचेस्टरबाट रियलमा अनुबन्ध भएका थिए ।त्यसबेला उनी ९ करोड पाउन्डमा रियल छिरेका थिए । उनले भने, ‘मेरो समर्थन सधैँ म्यानचेस्टरलाई रहनेछ ।’ आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
१३ भदौं, काठमाडौं ।
एसियाडका लागि अभ्यासका क्रममा नेपाल र बंगलादेशवीच खेल्न लागिएको मैत्रीपूर्ण म्याच हजारौं दर्शकको अवरोधका कारण ढिलाइ भएको छ । १० हजार भन्दा बढी दर्शक ढाकाको सेल्हेल्त मैदानमा छिरेपछि दुवै टोलीले खेल्न अस्वीकार गरेका थिए । उनीहरु तोडफोड गर्दै मैदानमा छिरेका थिए ।
म्याच अझै शुरु हुन सकेको छैन । पहिलो म्याचमा नेपाल १–० ले हारेको थियो ।
विस्ततृ अहिले केहीबेरमा
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

१२ भदौ, काठमाडौं । रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युरोपका सर्वोत्कृष्ट खेलाडी बनेका छन् । बिहीबार राति फ्रान्सको मोनाकोमा सम्पन्न च्याम्पियन्स लिग समूह चरणको ड्र र्सार्वजनिक कार्यक्रममा रोनाल्डोलाई युरोपका सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको हो ।
युरोपियन देशका खेल पत्रकारहरूले गरेको मतदानका आधारमा रोनाल्डोलार्इ सन् २०१३/१४ का लागि सो अवार्ड प्रदान गरिएको हो । रोनाल्डोलार्इ युइएफएका अध्यक्ष मिचेल प्लाटिनीले अवार्ड प्रदान गरे ।
सन् २०१३/१४ को च्याम्पियन्स लिग रियल मड्रिडलाई जिताउन निर्णायक भूमिका खेलेका रोनाल्डोले अन्तिमा तीनमा रहेका बायर्न म्यूनिखका जर्मन गोल रक्षक म्यानुयल नुयेर र बार्यनकै मिडफिल्डर आर्जेन रोविनलाई पछि पारे ।
२९ वर्षीय रोनाल्डोले गत सिजनको च्याम्पियन्स लिगका ११ खेलमा १७ गोल गर्दै रियललाई उपाधि दिलाएका थिए । गत सिजन स्पेनिस ला लिगामा तेस्रो स्थानमा चित्त बुझाएको रियलका लागि रोनाल्डोले ३० खेलमा ३१ गोल गर्न सफल भएका थिए

१७ वर्षमुनिको विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली युवा टोली सोमबार थाइल्यान्ड जाने भएको छ।
भदौं २१ देखी थाइल्यान्डमा हुने एएफसी यु–१६ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने टोलीले अर्को वर्ष हुने यु–१७ विश्वकपमा एसियाको प्रतिनिधित्व गर्नेछन्।
अन्तराष्ट्रिय प्रतियोगिताका लागि अहिलेसम्मकै राम्रो तयारी गरेको युवा टोलीले च्याम्पियनसिपको समूह चरणमा उत्तर कोरिया, कुवेत र उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपाली युवा टोलीले च्याम्पियनसिपको अर्कै समूहमा परेको आयोजक थाइल्यान्डको यु–१६ टोलीसँग एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ।
थाइल्यान्ड जान लागेको २२ सदस्यीय युवा टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदाई गर्ने टिम व्यवस्थापक दीनेश व्यन्जनकारले जानकारी गराए। नेपाली टोली सोमबार नै थाइल्यान्ड जाने तयारीमा रहेको एन्फा उपाध्यक्ष एवम प्रवक्ता ललितकृष्ण श्रेष्ठले बताए।
युवा टोलीका प्रशिक्षक बालगोपाल महर्जनले अहिले सम्मको तयारी उत्साहजनक रहेको बताए। ‘च्याम्पियनसिपको लागि तयारी करिब पूरा भइसकेको छ', प्रशिक्षक महर्जनले भने, ‘हामी त्यहाँको मौसमसँग घुलमिल हुन चाढै जान लागेका हौं। त्यहाँ गएर आयोजकसँग मैत्रीपूर्ण खेल्न पाउँदा टिमलाई तिखार्ने थप मौका मिल्नेछ।'
विश्वकपलाई छनोट हुने लक्ष्यमा त्यहीअनुसारको तयारी गरेको बताउँदै प्रशिक्षक महर्जनले थपे, ‘युवा टोलीले अहिले सम्मकै उत्कृष्ट तयारी गर्ने मौका पाएको छ। पर्याप्त मैत्रीपुर्ण खेल खेलेका छौं। तयारीबाट उत्साही छौं। हाम्रो लक्ष्य थाइल्यान्डबाट यु–१७ विश्व कपको लागि छनोट भएर फर्कने हो।'
समुह ‘सी' मा रहेको नेपालले मुआङथाङ युनाइटेड रंगशालामा भदौं २२ गते उज्वेकिस्तान र भदौं २४ गते कुवेतसँग खेल्नेछ। नेपालले भदौं २६ मा उत्तर कोरियासँग राजमानगाला रंगशालामा समुह चरणको अन्तिम खेल खेल्नेछ।
युवा टोलीले दक्षिण कोरियामा दुई हप्ता र वेल्जियममा १ हप्ता विशेष अभ्यास गरेर फर्किएको थियो। त्यसक्रममा कोरियामा ३ र बेल्जियममा २ मैत्रीपूर्ण खेल खेलेको थियो।
युवा टोलीलाई पछिल्लो ३ वर्ष देखी प्रशिक्षण गराउँदै आएका प्रशिक्षक महर्जन खेलाडीको मनोबल, फिटनेस र स्किलमा धेरै सुधार आएको बताउँछन। ‘हामीसँग अहिले ज्यादै प्रतिभावान र उच्च मनोबल भएका खेलाडी छन्। कप्तान विमल घर्तीमगरसँग बेल्जियमको एन्डरलेकजस्तो क्लबबाट खेलेको अनुभव छ। अन्य खेलाडी पनि धेरै राम्रो क्षमता भएका छन,' उनले भने, ‘थाइल्यान्डमा हामीले बलियो टोलीसँग खेल्नुपर्ने भएकाले त्यहीअनुसार रणनीति तयार गरेका छौं।'
विमललाई बेल्जियमको एन्डरलेक क्लबले युवा टोलीमा प्रशिक्षण गर्न पाउने गरि एक वर्षको लागि अनुबन्धन गरेको छ। चार दिन अघि विमल बेल्जियमबाट फर्केर युवा टोलीको प्रशिक्षणमा सहभागि भएका थिए।
युवा टोलीको प्रशिक्षणमा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ज्याक स्टोफानोस्की र राष्ट्रिय टोलीको सहायक प्रशिक्षक भएर काम गरिसकेका उपेन्द्रमान सिंहले सहयोग गरिरहेका छन्।
अर्को वर्ष चिलीमा २४ देशको सहभागितामा हुने यु–१७ विश्वकपमा एसियाबाट एएफसी यु–१६ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने चार टोलीले खेल्नेछन।
nagariknews.com

किर्तिमानका लागि मानिसले विभिन्न काम गर्छन् । इटालीमा भने २ किलोमिटर लामो टेबुल बनाएर विश्व किर्तिमान कायम गरिएको छ ।
इटालीको लुका सहरमा टेबुलहरु एक आपसमा जोडेर २ किलोमिटरको टेबुल तयार पारेर किर्तिमान कायम गरियो ।
२ किलोमिटरको लाइन तयार पार्न २.२ मिटरका ९ सय ९ वटा टेबुल एक आपसमा जोडिएको थियो ।
ज्ाुन २७ मा लुकाको पर्खाल निर्माणको ५ सयौँ वर्षगाँठ मनाउन यस्तो किर्तिमानी कार्यक्रमको आयोजना गरिएकोथियो ।
पन्ध्र घण्टाको समय लगाएर ९ सय ९ वटा टेबुल एक आपसमा जोडिएको थियो । २ किलोमिटरको टेबुल बनाएसँगै त्यहाँ भव्य पार्टी समेत भयो ।
भिडियो हेर्नुस्
पूर्वि नेपालको संखुवासभा जिल्ला शित्तलपाटी गा.वि.स. वार्ड नं. ८ मा २७ वर्ष अगाडी जन्मीएका जितू राई आज भन्दा सात वर्ष अगाडी पूर्वेली पल्टन ११ गोरखा राईफल्स अन्तर्गत भारतीय सेनामा भर्ना भएका हुन् ।
जन्मभूमी नेपाल भए तापनि कर्मभूमी भारतलाई बनाई रहेका जितू राई सेनामा भर्ती भएको केही महिना पछि नै पिस्तोल सुटिंग खेलमा जोडिएका थिए । २००९ देखि भारतको राष्ट्रिय स्तरका खेलहरुमा देखापरेका राईले २०१० मा भारतको राजधानी दिल्लीमा भएको राष्ट्रिय सुटिंग प्रतियोगितामा काँस्य पदक हात पारेका थिए । कर्नल ए के पुनियाको असल कमान साथै सुबेदार सचिन लिम्बू, सुबेदार गर्बराज राई जस्ता कुशल प्रशिक्षकहरुको मार्गदर्शन साथै हवल्दार भिम लिम्बू, हवल्दार मीलन तामाङ् जस्ता सहकर्मीहरुको सहयोगमा उनको खेल दिनानु दिन प्रगतितर्फ बढ्न थाल्यो । २०११ मा उनी भारतीय सेनाका उत्कृष्ट खेलाडीहरुमा छनौट भई उच्च कोटिको प्रशिक्षणका लागि अमेरिका गए ।
२०१२ मा दिल्लीमै भएको राष्ट्रिय सुटिंग प्रतियोगितामा उनले समूह वर्गमा २ स्वर्ण र एकल वर्गमा १ रजत गरी जम्मा ३ पदक प्राप्त गरे । यो सफलताका कारण भारतीय सेनाले उनलाई हवल्दारमा पदोन्नती गर्यो । त्यस पछि २०१३ मा उनी एसियन सुटिंग च्याम्पियनशीपमा भाग लिन इरान पुगे । इरानमा पनि उनी रजत पदक जित्न सफल भए जसको कारण भारतीय सेनाले उनलाई नायव सुबेदारमा पदोन्नती गरी दियो । २०१३ मै दिल्लीमा भएको राष्ट्रिय सुटिंग प्रतियोगितामा उनले नया कीर्तिमान सहित पचास मीटर पिस्तोल सुटिंगमा स्वर्ण र दश मीटरमा रजत पदक प्राप्त गरे । त्यसैगरी २०१४ मा उनी वल्र्डकप खेल्न जर्मनी पुगे जहाँ उनी एक्लैले तीन अलग अलग वर्गमा भाग लिई नया विश्व कीर्तिमान कायम गर्दै १ स्वर्ण र २ रजत पदक विजय गरी भारतको नया इतिहास लेखे भने विश्व रेङ्कीङ्मा पनि १० मीटर पिस्तोलतर्फ आफुलाई विश्वको नं. १ खेलाडीका रुपमा स्थापित गरे ।
अहिले उनको समाचार हेरेर, पढेर, सुनेर विश्वभरी छरिएर रहेका सम्पूर्ण नेपाली जातिको छाती गर्वले फुलेको छ भने मनमा अझ सफलताको शुभकामना गन्जिरहेको छ ।
चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै एल्थेटिको मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।
पहिलो लेगमा १–१ को बराबरी खेलेको एल्थेटिको मड्रिडले शुक्रबार राति भएको खेलमा १–० को जित हात पा¥यो ।
घरेलु मैदानमा भएको खेलमा एल्थेटिको मड्रिडले दोस्रो मिनेटमा नै मारियो मान्जुकिजको गोलबाट अग्रता लिएको थियो । एल्थेटिको मड्रिडका राहुल गार्सियाले राम्रो मौका खेल फाले ।
जेम्स रोड्रिग्वेजले गोल गर्ने दुई सुन्दर मौका खेल फालेका थिए । ४६ औं मिनेटमा टोनी क्रुजको स्थानमा क्रिष्टियानो रोनाल्डो मैदान प्रवेश गरे ।
५५ औं मिनेटमा रोड्रिग्वेजलाई इस्कोले रिप्लेस गरे । करिम बेन्जिमा र ग्यारेथ बेलले ९० मिनेट नै खेले तर, रियल मड्रिड गोल गर्न असफल भयो ।

मलेसियामा एसीसी यु-१६ प्रिमियर लिग क्रिकेटको उपाधि जितेको नेपाली युवा क्रिकेट टोली स्वदेश फर्किएको छ। बिहीबार विहान साढे १२:१५ बजे त्रिभुवन विमानस्थलमा उत्रिएका हुन। नेपाली युवा क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले भव्य स्वागत गरेको छ।
बुधबार मलेसियामा भएको फाइलन खेलमा घरेलु टोली मलेसियालाई ३२ रनले हराउदै एसीसी यु-१६ प्रिमियर लिको उपाधिमाथि कब्जा जमाएको थियो।
लगातार अपराजित रहि पाँचौ पटकको खेलमा नेपाली युवा टोलीले घरेलुटोली मलेसियालाई मात्रै हराएनन्। यसअघिका खेलमा नेपाली युवाटोलीले पहिलो खेलमा थाइल्यान्डलाई १० विकेट, दोस्रो खेलमा सिंगापुरलाई ४९ रन र तेस्रो खेलमा ओमानलाई १ सय २ रनले पाराजित गरेको थियो भने सोमबार भएको चौथो खेलमा बहराइनलाई ४७ रनमै समेटेको थियो।
विजेता खेलाडीलाई जनही २० हजार रुपैयाँ
नेपाल क्रिकेट संघ (क्यान)ले विजेता नेपाली युवा खेलाडी जनही २० हजार रुपैयाँ २० हजार रुपैयाँ दिने घोषणा गरेको छ।नेपालले बुधबार उपाधि जितेलगत्तै विज्ञप्ति जारी गरी १४ खेलाडी, दुई प्रशिक्षक र एक व्यवस्थापकलाई जनही २० हजार रुपैयाँ दिने भएको हो।

एसीसी यू-१६ प्रिमियर लिगमा आज बुधबार भएको अन्तिम खेलमा नेपालले १६२ रनको लक्ष्य मलेशियालाई दिएको छ ।
किनरारा ओभल मैदानमा भइरहेको घरेलु टीमलाई टस जितेर ब्याटिक थालेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६२ रन जोडेको छ ।
घरेलु टीमलाई नेपालले पराजित गरे नेपालले उपाधि जित्ने छ । यसअघिको खेलमा नेपालले चार खेलमा जित दर्ता गरिसकेको छ ।
यू-१६ खेलाडि यसअघिका खेलहरुमा उपविजेतामै चित्त बुझाउँदै आएका थिए । यो टोलीको बिजेता हुने छिनोफाने केहीबेरमै हुँदैछ । छोटो समयको तयारीमा पनि नेपाली टोलीले मलेशियामा जारी खेलमा उत्साहजनक प्रर्दशन गर्दै आएको छ ।

एसीसी यू-१६ पि्रमियर क्रिकेटको उपाधिका लागि नेपालले बुधबार मलेसियाको समना गर्दैछ । खेल किनरारा ओभलमा नेपाली समय अनुसार विहान सवा ८ बजेपछि हुनेछ ।
लगातार चार खेल जितेको नेपाल उपाधिको प्रमुख दावेदार हो । नेपाल एलिट कपका नाममा भएको अघिल्लो संस्करणमा व्यहोरेको हारको बदला लिँदै यू-१६ मा पहिलेा उपाधि जित्न चाहन्छ । ‘नेपालले हरेक खेलमा सुधार गर्दै आएको छ’ सहायक प्रशिक्षक राजु बस्न्यातले अनलाइनखबरसँग भने-’नेपालले आफ्नो खेल ६० प्रतिशतमा खेल्यो भने पनि उपाधि जित्छ ।’
तर, घरेलु टोलीले पनि तीन खेल जितेको छ भने एक खेल वषर्ाका कारण स्थगित भएकाले नेपालको भन्दा १ अंक कम छ ।
छाटो तयारकिा विच मलेसिया पुगेको नेपालको व्याटिङ र बलिङ दुबै चलेको छ । जितेन्द्र सिंह ठकुरी र अनिल खरेलको बलिङ चलेको छ भने बहराइनलाई १८६ रनले हराउने क्रममा प्रनित थापाले अविजित ७० रन हाने ।
मलेसियाको मुख्य हतियार भनेको अलराउण्डर कप्तान वीरनदिप सिंह हुन् । उनले प्रतियोगिताको सर्वाधिक रन बनाएका छन् भने विकेटमा उनी तेस्रो स्थानमा छन् । शैनविन्दर सिंह, इखवान फैज, सिल्वा र एजत मलेसियाली टोलीका महत्वपूर्ण सदस्य हुन् ।
अघिल्लो संस्करण सन् २०१२ मा भएको यु-१६ क्रिकेटमा मलेसियाले नेपाललाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यस्तै नेपाल सन् २०१० मा भएको प्रतियोगितामा पनि नेपाल उपविजेता बन्दै घर फकिएको थियो । उक्त उमेर समूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
तर यो पटक नेपालले चार बटै खेलमा उत्कृष्ट प्रदर्शन गर्यो । नेपालले पहिलो खेल थाइल्यान्डलाई १० विकेट, दोस्रो खेल सिङ्गापुरलाई ४९ रन, तेस्रो खेल ओमनलाई १०२ रन र चौथो खेल बहराइनलाई १८६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
जब कुनै अन्तर्राष्ट्रिय ठूला खाले प्रतियोगिता हुन थाल्छन् तब नेपाली खेलकुदमा हलचल मच्चिन्छ । यो हलचल नौलो होइन । हुँदाहुँदा यसपटक त राजनीतिक रङ्गले मज्जैले पोतिएको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपमा पदाधिकारीले खुवै होली खेले बेमौसममै । मुलुकमा समयमा वर्षा नहुँदा सुख्खाले किसानले हिलो छ्याप्न नपाए पनि त्यसको विपरित खेलकुदमा पदाधिकारीले हिलो छ्यापे ।
आखिर फेरि एउटा नाटकको अन्त्य भयो । मन्त्रालय र परिषदका पदाधिकारी मिले । यो मेलले दक्षिण कोरियाको इन्चेनमा हुन गइरहेको सत्रौं एसियाली खेलकुद एसियाडको बाटो खुलेको छ । खेलाडीले ढुक्कसंग तयारी गर्ने वातावरण बनेको छ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले खेलकुद परिषदका सदस्यसचिव युवराज लामालाई एसियाडको तयारीमा लाग्न लिखित निर्देशन दिएपछि चार महिना लामो विवाद क्षणभरमै साम्य भएको हो ।
योसंगै मन्त्री पौडेलले यसअघि परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाको संयोजकत्वमा गठन गरिदिएको एसियाड तयारी समितिको अस्तित्व पनि सकिएको छ । तर शेर्पा भने आफूलाई कुनै औपचारिक जानकारी नभएको भन्दै मन्त्रीलाई आएको प्रश्नको जवाफ मन्त्रीले नै दिने भन्दै तयारी समितिलाई निरन्तरता दिने बताएका छन् । मन्त्रालयबाट निर्देशन पाए लगत्तै राष्ट्रिय खेलकुद परिषदका विभिन्न विभागका प्रमुखहरुको बैठकले यही मंगलबारदेखि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको छ ।
मन्त्रालय र खेलकुद परिषदबीचको यो खिचातानीले नेपाली खेलकुद अस्तब्यस्त भएको थियो । यति सम्मकि एसियाडमा सहभागीता अन्योल थियो । खेलाडीहरु निराश थिए । एसियाडका लागि वर्षौं मेहनत गर्ने खेलाडीमा आशा पलाएको छ । तयारी राम्रो गर्न नपाए पनि कम्तीमा सहभागी हुने अवसर पाउने भए ।
एमाओबादी र नेकपा एमालेबीचको प्रत्यक्ष खिचातानी खेलकुदमा छ । पुरुषोत्तम पौडेल एमालेबाट मन्त्री बनेका । युवराज लामा एमाओबादीबाट सदस्यसचिव भएका । लामाले त खुलेआम संसदमै हैसियत जनाउने बताए । प्रचण्ड बाबुरामलाई गुहार्ने बताए । सर्वोच्चमै गए आफूलाई हटाइएको भन्दै । मुद्दा जिते पनि । कसरी जिते, किन जिते भन्नेतर्फ नलागौं । अदालतको आदेश सिरोपर । बस् यत्ति हो राजनीतिक जुँगाको लडाईमा खेलाडी पिल्सिएका थिए । खेलपे्रमी हेपिएका थिए ।
परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाको अध्यक्षतामा गठित सत्रौं एसियाली खेलकुद प्रतियोगिता तयारी समिति युवा तथा खेलकुद मन्त्रालयले सर्वाधिकार राखेप सदस्यसचिवलाई दिएसंगै तुहियो । तर सो समिति गठन सम्बन्धमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सदस्य सचिव युवराज लामाले उपाध्यक्षको अध्यक्षतामा गठित तयारी समिति अवैधानिक भएको भन्दै मुद्दा दायर गरेपछि सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।
जब शेर्पा समिति भङ्ग भएर कुरो मिलिसक्यो भने अब के उनले त्यसबारे जवाफ पठाउनु पर्ला र ? तर शेर्पाले समिति भङ्ग भएको न जानकारी छ न त सर्वोच्चको आदेश आफूलाई आएको छ भनेसंगै फेरि सानोतिनो किचलो शेर्पाले गर्ने निष्चित छ । किनकि शेर्पा राखेपका उपाध्यक्षमात्र छैनन् नेपाल ओलम्पिक कमिटिका उपमहासचिवका साथै नेपाल बास्केटबल संघका अध्यक्ष पनि हुन् । क्षणमै समिति गठन गरेर जिम्मा दिने अनि क्षणमै भङ्ग गर्ने मन्त्री पौडेलको काँचोपनाप्रतिको रीस पनि हुनसक्छ उपाध्यक्ष शेर्पामा ।
मन्त्रालय र खेलकुद परिषदबीच विवाद त साम्य भयो । तर नेपाल ओलम्पिक कमिटिको विवाद भने फेरि बल्झिएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले यसअघि आफूले गरेको फैसला कार्यान्वयन गर्न गराउन राष्ट्रिय खेलकुद परिषदलाई ताकेता गर्दै पत्र पठाएपछि ओलम्पिक कमिटिको विवाद फेरि बल्झिएको हो ।
सर्वोच्च अदालतले ०६७ साल असोज १८ गते रुक्मशम्शेर राणा अध्यक्ष रहेका बेलाकै ओलम्पिक कमिटिको टिमलाई मान्यता दिंदै ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटिलाई अवैध घोषणा गरेको थियो । ०५४ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको ओलम्पिक कमिटिको निरन्तरता ०६२ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको ओलम्पिक कमिटि नभएको सर्वोच्चको ठहर थियो । जबकि प्रधान राणा कार्यकालका महासचिव थिए । अनि राणाले छाडेसंगै प्रधान निर्वाचित अध्यक्ष भएका थिए ।
प्रधानले आफ्नो नेतृत्वमा दोस्रो कार्यकाल खाइरहेका छन् । खेलकुद परिषदले पनि चार वर्षसम्म त्यही प्रधानको ओलम्पिकसंग सहकार्य गर्दै आएको छ । किनकि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन ओलम्पिक कमिटिकै सहारा लिने गरिन्छ । सरकारले चाहँदैमा मात्र केही हुँदैन । ओलम्पिक सरकारको मातहतमा चल्दैन । यो स्वतन्त्र हुन्छ । तर देशको कानुन भने पार गर्न पाउँदैन । त्यसभित्रै रहेर ओलम्पिकले काम गर्दै आएको छ ।
चार वर्षदेखि सर्वोच्चको आदेश विपरीत राष्ट्रिय खेलकुद परिषदले प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटिसँगै सहकार्य गर्दै आएको छ । अहिले प्रतियोगिताको मुखमा सर्वोच्चले निर्णय कार्यान्वयन गराउन खेलकुद परिषदलाई ताकेता गर्नुलाई खेलकदवृत्तमा अर्थपूर्ण रुपले हेरिएको छ । सर्वोच्चको पत्र पाएसंगै सर्वोच्चकै आशिर्वादले टिकेका सदस्यसचिव लामाले आदेशको सम्मान गर्दै आसन्न बोर्ड बैठकबाट सो निर्णय कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने बचन दिएका छन् ।
तर, प्रधान अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीका नेपालका लागि आधिकारिक अध्यक्ष हुन् । उनलाई हटाएर राणाको नेतृत्वलाई आइओसीले कदापि स्वीकार्ने छैन । यो अवस्थामा सर्वोच्चले परिषदलाई दिएको आदेशले बखेडा निक्लने निश्चित छ । बुजु्रकहरु भन्छन् – आदेशको पालना जब चार वर्षसम्म नगरेर केही फरक परेन भने अब केही महिना नगर्दैमा के फरक पर्ला र । तर सर्वोच्चको आदेश पालना नगर्नु अदालतकै अपहेलना हो । तर अदालतले चार-चार वर्षसम्म के हेरेर बस्यो भन्ने चर्चा पनि खेलकुदवृत्तमा उठ्न थालेको छ ।
यता, धु्रबबहादुर प्रधानले पनि इन्चेन एसियाडको तयारी तीव्र पारेका छन् । आफू मातहतका खेल संघसंग कसरी अगाडि बढ्ने भन्ने विषयमा गहन छलफल गरेका छन् । समयमै सहभागीता जनाउने खेल र खेलाडीको नाम दिन सकिएन भने आन्तरिक तयारीले केही गर्नेवाला छैन । त्यसका लागि पनि प्रधान एण्ड कम्पनी तातेको हो । यो विषयमा गम्भीर भएर राखेपले खेल संख्या र खेलाडीको नाम दिनु उपयुक्त हुनेछ ।
चाहे जे होस् एसियाड हरेक नेपाली खेलाडीको चाहना हो । ओलम्पिकपछिको ठूलो प्रतियोगिता एसियाड हो । ओलम्पिकमा पुग्न कठिन छ । एसियाडमा धेरै खेलाडीले सहभागीता जनाउन पाउँछन् । तसर्थ यो खेलकुद महाकुम्भमा नेपाली खेलाडीलाई सहभागीता जनाउनबाट बञ्चित नगरियोस् । जब खेलकुद परिषदको अहिलेसम्मको सहकार्य धु्रबबहादुर प्रधान नेतृत्वकै ओलम्पिक कमिटिसंग भइरहेको छ भने खेलकुदको महाकुम्भका बेलामा रुक्मशमशेरलाई अगाडि ल्याउने काम गर्नुको तुक छैन । होला, विवाद आफ्नो ठाउँमा छ । तर यहाँ सवाल युवा समय खेलमै बिताएको एक खेलाडीको इच्छा र आकांक्षामाथि उठेको छ ।
मानिसभन्दा ठूलो कानुन हुन सक्दैन । परिस्थितिले पाठ सिकाउँछ । तसर्थ विवादलाई कुनै कुनामा राखेर कम्तीमा एसियाडमा धेरैभन्दा धेरै खेलाडीको सहभागीता हुन दिऔं । अनि फर्किएपछि बहस चर्काउँला । रुक्मशमशेर अहिले अगाडि आए पनि उनको नेपाल बाहिर काम गर्ने हैसियत रहने छैन । जेसुकै होस् अहिलेका ओलम्पिकका आधिकारिक अध्यक्ष प्रधानलाई नै ठान्नु उपयुक्त हुनेछ ।