पुरुषले यस कारण खानु पर्छ वियर

त्यसअघि बजेट पारित गर्न दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । सरकारले पुनर्निर्माण कोषमा एक खर्ब ६ अर्ब रकम राखेर आठ खर्ब ४१ अर्बको हाराहारीमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।


ram sharan mahat budget

भूकम्पअघि राष्ट्रिय योजना आयोगले सात खर्ब ३५ अर्बमा नबढ्ने गरी बजेट तर्जुमा गर्न अर्थ मन्त्रालयलाई सीमा तोकेको थियो । अर्थमन्त्रालयका अनुसार बजेटमा सरकारको स्वामित्वमा रहेका संस्थान, समिति, विश्वविद्यालय, आयोग तथा निजामती सेवाका कर्मचारीले हाल भत्ता बापत प्राप्त गरेको एक हजार भत्ता तलबमा गाभ्ने तथा १० प्रतिशतले तलब वृद्धि गर्ने तयारी छ ।

साथै बजेटमा आगामी वर्षको आर्थिक बृद्धिको लक्ष्य ६ प्रतिशत, मुद्रा स्फ्रिति दर ८ प्रतिशत रहने अनुमान बजेटमा गरिएको छ । ४ खर्ब ८० अर्ब राजस्व संकलन, २ खर्ब २० अर्ब बैदेशीक सहयोग परिचालन, ८५ अर्ब आन्तरिक ऋण उठाउने, बाँकी चालु आर्थिक वर्षमा बचत बजेटलाई समाबेस गरिनेछ । चालु आर्थिक वर्षमा ५० अर्ब रुपैया बिकास बजेट बचत हुने अनुमान छ ।

भुकम्पले धनजनमा ठुलो क्षति पुर्याएकोले आगामी आर्थिक वर्षदेखि भुकम्प प्रतिरोधि घर निमार्णलाई अभियानकै रुपमा सन्चालन गर्ने पनि सरकारको लक्ष्य छ ।

बजेटमा बढ्दो उर्जा संकटलाई कम गर्न भारतबाट बिद्युत आयात गरी आगामी हिउँदमा लोडसेडिङलाई ८ घण्टामा सिमित राख्ने लक्ष्य पनि सरकारले बजेटमा समेटेको छ । साथै राष्ट्रिय गौवरको रुपमा सन्चालित बिगतका आयोजनालाई पनि सरकारले आगामी बजेटमा प्राथमिकतामा राखेको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.