रणवीर र कट्रिनाको लण्डनमा इंगेजमेन्ट !

२०७१ पुष २६
मुम्बई । बलिउड चर्चित जोडी रणबीर कपुर र कट्रिना कैफले अहिलेसम्म अफयेरको खुलासा गरेका छैनन् । थुप्रै ठाउँमा उनीहरु सँगै देखिए पनि उनीहरुको सार्वजनिकरुपमा आफ्नो सम्बन्धबारे बोलेका छैनन् ।
तर, यो जोडी गुपचुप रोमान्सलाई एक कदम अघि बढेर बैधानिकता दिने बाटोमा लागेको छ । यो जोडीले हालैमात्र लण्डनमा इंगेजमेन्ट गरेको छ ।
भारतीय संचारमाध्यमहरुले निकट पारिवारिक सूत्रको हवाला दिँदै गत डिसेम्बर ३० तारिखमा लण्डनमा उनीहरुवीच इंगेजमेन्ट सम्पन्न भएको दावी गरेका छन् ।
कैट क्रिसमस मनाउन लण्डन पुगेकी थिइन् । पछि रणबीर पनि न्यूयोर्क जाने क्रममा लण्डन पुगे र त्यहीँ उनीहरुवीच इंगेजमेन्ट भयो ।
हालै फराह खानको पार्टीमा सहभागी हुँदा कटि्रनाले यसरी आफ्नो औंठी लुकाएको भारतीय संचारमाध्यमको दावी छ


हालै फराह खानको पार्टीमा सहभागी हुँदा कटि्रनाले यसरी आफ्नो औंठी लुकाएको भारतीय संचारमाध्यमको दावी छ
रणवीर पुगेको केही दिनमै उनका बाबु ऋषि कपुर र आमा नितु कपुर पनि सुटुक्क लण्डन पुगेको समाचारमा दावी गरिएको छ ।
सिमित परिवारका सदस्य र आफन्तमाझ उनीहरुले औंठी साटेको बताइएको छ ।
टाइम्स अफ इन्डियाका अुनसार रणवीर र कैट यो बर्षको मे महिनापछि बिबाह गर्न चाहान्थे । त्यसअघि पाइपलाइनमा भएका आफ्ना सकाउने उनीहरुको योजना थियो ।
बलिउड मन्त्र डटकममा छापिएको समाचार अनुसार मगनी समारोह क्याटरिनाको परिवारले आयोजना गरेको थियो । अन्य केही पत्रिकाले रणबीर र कैट सँगै अयान मुजर्खी न्युर्योर्कको स्ट्याडण्र्ड हेडलमा नया वर्षको उत्सबमा सहभागी भएको तस्बिर पनि छापेका छन् ।
तर, अहिलेसम्म रणवीर, कट्रिना र उनीहरुका परिवारका सदस्यले यसबारे सार्वजनिकरुपमा केही बोलेका छैनन् ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.