डाक्टरका सामु महिलाले लुगा फुकाल्छन्, किन ?

मंसिर, काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितको नजरमा डाक्टरी पेशाजस्तो सम्वेदनशील अरु कुनै पेशा छैन । तर, यतिबेला नेपालका डाक्टरहरु समाज र राष्ट्रले दिएको इज्जतको गुन तिर्नुको साटो जनताको गोजीमा प्वाल पार्नेतिर लागेको डा. दीक्षितको आरोप छ ।sundar mani dixit
डाक्टरी पेशाको सम्वेदनशीलता र यस क्षेत्रमा बढ्दो विकृतिबारे डा. दीक्षितको खरो टिप्पणी उनकै शब्दमा :
डाक्टरहरु पैसाका पछाडि लागे
अहिले सबैलाई पैसा चाहिएको छ । कति डाक्टरले लगानी गरेर आफ्नै हस्पिटल बनाए । ऋण लिएका छन् । पैसा त तिर्नुपर्ने हुन्छ । डाक्टरहरु पाइँदैनन् । नर्स पाइँदैनन् । दिनभरि टेन्सन । उपकरण ल्याउनुपर्‍यो, एक-एक उपकरणको ७० लाख, २ करोड, ३ करोडसम्म पर्छ ।
मैले त्यहाँ गएर तपाई लुगा खोलेर सुत्नुहोस् भन्यो भने उनी सुत्छिन् । किन ? किनभने उसले डाक्टरलाई दिएको इज्जत हो यो ।
उपकरण ल्याउँछन् । ग्राण्ड हस्पिटल भनेर विज्ञापन गर्छन् । तर, बिरामीको चाप त आउँदैन । नआएपछि अब के हुन्छ ? त्यो डाक्टर, जसको दिमाग बिरामीमा जानुपर्ने, स्वच्छ मनिस्थिति हुनुपर्नेमा उसको दिमाग जुनबेला पनि पैसा कसरी उठाऔं, कसरी तिरौंमात्रै होइन, पैसा कसरी कमाऔं भन्नेतिर जान्छ । मेरो घरमा स्विमिङ पुल छ कि छैन, कतिवटा पजेरो मोटर छ, छिमेकीभन्दा धनी छु कि छैन, मेरी श्रीमतीको कति गहना छ, म विदेशको टि्रप कति लगाउँछु यो सबैतिर हाम्रो सिको भयो ।
डाक्टरहरुले अस्पतालमा असाध्यै बढ्ता लगानी गरे, त्यो उठाउनुपर्‍यो । अर्कातिर सेवाको भावना धेरै-धेरै घट्यो र पैसै कमाउनेतिर लागे । सोसाइटी जस्तो, डाक्टरहरु उस्तै । र, डाक्टरजस्तो, सोसाइटी उस्तै । यो त परस्पर कुरो हो ।
मैले डाक्टर भएर राम्रोसँग बिरामीलाई उपचार गरें, व्यवहार राम्रो गरें, उसलाई सन्तुलित हिसाबले हेरें, उसको मैले घाँटी रेटिँन र उसलाई मैले धेरै खर्च गराइँन भनेदेखि यो सोसाइटी पनि त एक कान, दुई कान गर्दै राम्रो हुन्छ नि ।
डाक्टरहरु पढे लेखेका हुन्छन् । कोही पनि डाक्टर खान नपाउने हुँदैनन् । डाक्टर भएका मध्ये बाबुआमाले राम्रोसँग खान लाउन दिएकै मान्छेहरु पुगेका छन् । गरीबको त यहाँ ठाउँ नै छैन ।
डाक्टर खाए लाएको परिवारबाट आएको छ । उ झन खाए लाएको भएको छ । ऊ सबैभन्दा सम्वेदनशील हुनुपर्ने हो । सभ्य पनि हुनुपर्ने हो । मलाई खान पुगेको छ, मेरो सम्पत्ति छ भनेपछि मैले अब समाजलाई के दिऔं भनेर सोच्नुपर्छ । राष्ट्रलाई के दिऔं भनेर सोच्नुपर्छ । फुत्त बेलायत भागौं, फुत्त अमेरिका भागौं भनेर आफ्नोमात्रै स्वार्थ डाक्टरले हेर्न भएन ।
डाक्टरमा अलिकति समाजसेवा, राष्ट्र सेवा, जनताको सेवाको भावना आएन भने डाक्टरी पेशामा सम्वेदनशीलता रहँदैन ।
Sundar-mani-2
नेताले सुत् भन्दा कुनै केटी सुत्छे ?
डाक्टरी पेशा भनेको सबभन्दा सम्वेदनशील हो । शिक्षक केही मात्रामा सम्वेदनशील हुनुपर्छ । वकिलले त सम्वेदनशील हुने कुरै छैन । तर, डाक्टर भनेको वर्ग कस्तो हो भनेदेखि जनताले अति रेस्पेक्ट गर्ने पेशा हो ।
उदाहरणका लागि मेरो क्लिनिकमा कुनै स्वास्नीमान्छे आउँछिन् । मैले त्यहाँ गएर तपाई लुगा खोलेर सुत्नुहोस् भन्यो भने उनी सुत्छिन् । जस्ती केटी भए पनि, वयोवृद्धा भए पनि, अधबैंसे भए पनि लुगा खोलेर सुत्न तयार हुन्छिन् । किन ? किनभने उसले डाक्टरलाई दिएको इज्जत हो यो ।
डाक्टरको विश्वासमा उसलाई थाहा छ कि म त्यहाँ उसलाई केही गर्दिँन । मेरो मनमा उसलाई उपचार गर्ने मात्रै हुन्छ । हुन त म साथमा अर्को मान्छे पनि राख्छु । तर, मैले उनलाई लुगा खोल्न लगाएँ वा छामें भने उनले एकचोटि चाइँचुइँ गर्दिनन् । किन त ?
हामी डाक्टरहरुलाई जनताले यत्रो भरोसा गरेका छन् । यो विश्वास कम हो ? आज कुनै पोलिटिसियनले कुनै केटीलाई सुत् भन्दा सुत्छे ? सुत्छे त्यो केटी ? आज कुनै अरु पेशाको मान्छेलाई तपाई मेरो कोठामा आएर सुत्नोस् भन्दा कोही सुत्छ ?
यसबाट बुझ्नोस् कि डाक्टरहरुलाई जनताले के विचार गरेका छन् ? कुन विचारमा हिँडाएका छन् ? डाक्टरमाथिको कस्तो विश्वास हो बिरामीहरुको ? डाक्टरले यसको गुन अलिकति पनि नफर्काउने बिरामीलाई ? अलिकति पनि नफर्काउने ? यत्ति पनि नफर्काउने ?
डाक्टरहरुले समाजलाई यही इज्जतले, यही नजरले हेर्नुपर्छ । विरामीलाई बढ्ता पैसा खर्च गराउने, उसलाई ठगी गर्ने, ऊसँग पैसा चुस्ने गर्नुहुँदैन
कहिलेकाँहि डाक्टरहरुले नचाहिने काम पनि गरेका छन् । कहिलेकाँहि बिरामीले पनि त्यस्तो काम गरेका छन् । इण्डियामा बस्दाखेरि मलाई थाहा छ, जवान केटीहरु डाक्टर कहाँ आउने, भित्र गएर डाक्टरले जाँच्न, छाम्न थालेपछि चिच्याइदिने । मलाई डाक्टरले हातपात गर्‍यो भनिदिने । यस्तोमा डाक्टरविरुद्ध कयौं मुद्दासमेत चलेको छ । भारतमा कतिचोटि यस्ता केसहरु भएका छन् । मलाई डाक्टरले बलात्कार गर्न खोज्यो भनेर मुद्दा चल्ने गरेका छन् । तर, त्यो थोरै मात्रामा छ ।
हामी डाक्टरहरुले के बुझौं भने हामीलाई समाजले कत्रो कत्रो इज्जत दियो, जुन कुराले गर्दा आज हामीले कुनै महिलामाथि जे गर्दा पनि उसले केही बोल्दिन । यत्रो इज्जत कुनचाँहि पेशाले पाउँछ ?
त्यसैले हामी डाक्टरहरुले समाजलाई यही इज्जतले, यही नजरले हेर्नुपर्छ । विरामीलाई बढ्ता पैसा खर्च गराउने, उसलाई ठगी गर्ने, ऊसँग पैसा चुस्ने गर्नुहुँदैन ।
डाक्टरको शुल्क
अहिले सरकारले भर्खरै डाक्टरको फी वर्गअनुसार ३ सय देखि ४५० सम्म लिन पाउने तोकेको छ । त्यो हिसाबदले मैले ४ सय ९० लिन पाउँछु । तर, मैले २ सय रुपैयाँ मात्रै लिने गरेको छु । अरुले ५ सयको हाराहारीमा लिइरहेका छन् । अहिले मैले एमबीबीएस डाक्टरको भन्दा पनि मा पैसामा बिरामीलाई हेरिरहेको छु । बिरामीले मलाई डाक्टरसा’प तपाईँले किन यति थोरै पैसा लिएको भनेर सोध्छन् ।
मेरो १५ रुपैयाँ थियो, ठूलाको २५ थियो । वीरेन्द्रले १५ बाट घटाएर ७ रुपैयाँ पुर्‍याइदिए
हाम्रो डाक्टरी पेशामा त उहिले चार्जको कुरै थिएन । औषधि उपचार गर्ने, उसले खुशीले जे दिन्छ, त्यही लिने । तर, समाज पनि यस्तो भइदियो कि डाक्टरलाई केही पनि नदिने । यसले गर्दा हामीले चार्ज लिनुपर्‍यो । तर, मैले बिरामीसँग ५ सय लिने क्राइटेरिया के हो ? कोही दिन नसक्ने अवस्थामा छ । अर्को करोडपति छ । उसँग ५ सय मात्रै किन ? यसले त ज्यान बचाए वापत पाँच लाख पनि दिन सक्छ । यसबाट बुझ्नोस्, हामी डाक्टरको क्राइटेरिया छैन ।
हामीले आफ्नो विवेकले पैसा लिनुपर्ने हो । तर, हाम्रो के भइरहेको छ भने सकेसम्म छिटो पैसा बनाऔं । दिनको ५० जना बिरामी हेर, हरेकसँग पाँच/पाँच सय लेऊ, कति पैसा हुन्छ ? यो हिसाबले डाक्टरले कति कर तिर्छ ? यो मलाई बताउनोस् त । यो पनि हेर्नुपर्‍यो नि ।
राजा वीरेन्द्रले शुल्क घटाए
एउटा इन्टे्रस्टिङ्ग कुरा छ । राजा वीरेन्द्र भर्खरै राजगद्दीमा बसेका थिए । उनी भर्खरका नौजवान थिए । पहिलो क्याबिनेटबाट उनले लोकपिय निर्णय गर्नुपर्ने थियो । उनले पहिलो निर्णय के गरे, तपाईलाई थाहा छ ? अब उप्रान्त डाक्टरहरुले आफ्नो क्लिनिकमा सात रुपैयाँ भन्दा बढी लिन पाइँदैन । त्यो आजसम्म राजपत्रमा छ ।
त्यसबेला डाक्टरको फी २५ रुपैयाँ थियो । मेरो १५ रुपैयाँ थियो, ठूलाको २५ थियो । वीरेन्द्रले १५ बाट घटाएर ७ रुपैयाँ पुर्‍याइदिए । त्यो बेला एक दुई जना सिनियर डाक्टरले हामी यति पैसामा काम गर्न सक्दैनौं भनेर क्लिनिक बन्द गरिदिए । पछि फेरि चलाए ।
परिवर्तन न समाजमा आयो, न डाक्टरमा
आज हामी डाक्टरले जनताको पकेटमा कतिवटा प्वाल पार्ने ? यो महंगो, त्यो महंगो । डाक्टरले भन्न पाउँदैन कि यति नगरे मैले खान पाउँदिन । किनभने डाक्टरले खान पाएको छ । ऊ खान पाउने परिवारबाटै आएको छ । उसले वालबच्चालाई पनि बढाउन सकेको छ ।
मेरो भनाइ के हो भने हामी डाक्टरहरुमा अलि बढ्ता समाज सेवाप्रति ध्यान पुर्‍याउनुपर्‍यो । राष्ट्रप्रति ध्यान दिनैपर्‍यो । फुत्त फुत्त बेलायत अमेरिकातिर भाग्न भएन । नेपालमा डाक्टरहरुको जरुरी छ । र, हामीले बिरामीसँग जुन पैसा लिन्छौं, त्यसमा हामीले अलिकति विचार गर्नुपर्‍यो ।
तर, यो काम कसले गर्ने ? सरकारमा जसले तोक्छन्, तिनले उनै डाक्टरसँग सल्लाह लिन्छन् । जनतासँग सोधेर पो गर्ने हो कि ? जनताले अहँ, १० रुपैयाँ दिन्छौं भन्लान् । भनेपछि समाज जसरी विकृतितिर गयो, लुट्नेतिर गयो, त्यो हामी डाक्टरहरुमा पनि आयो । समाजले हामीलाई लुट्छ, हामी समाजलाई लुट्छौं भन्नेतिर गइराखेको छ ।
समाजमा परिवर्तन आउनुपर्‍यो । अलिकति दायित्ववोध हुनुपर्‍यो । हक सबैलाई थाहा छ । अधिकार सबैलाई थाहा छ । तर, मेरो कर्तव्य के भन्नेकुरा न समाजमा आइदियो, न राजनीतिक पार्टीमा आइदियो, न डाक्टरमा आइदियो ।
.onlinekhabar.com

,

3 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com

वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ

हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ

Absolon Casimir ऋण दृढ, उद्यमीहरू सजिलै ऋण पारदर्शी र कुशलतापूर्वक, चाँडै वातावरण मा पहुँच गर्न मौका प्रदान गर्दछ। हाम्रो विशेषज्ञता र अन्तर्राष्ट्रिय स्तर ग्राहकहरु हाम्रो सेवा गुणस्तर सुनिश्चित गर्न र वितरण सेवा अवकाश, पर्यटन, मनोरञ्जन र निर्माण उद्योग मा भूमि को महत्वपूर्ण विकास परियोजनाका लागि अन्तर्राष्ट्रिय वित्त परियोजना कम्पनीहरु, व्यवसाय र संगठन को हाम्रो मुख्य आपूर्ति छ हामी पनि, व्यक्तिगत ऋण, निजी ऋण, ऋण ऋण परिशोधन; सम्पर्क इमेल: absoloncasimir200@gmail.com

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.