तपाईंलाई अंग्रेजी भाषा खरर बोल्ने ईच्छा छ ? यी ७ अचुक सुत्रहरु, तपाई प्रयोग गर्नुहोस्

काठमाडौं । आजको समयमा इङलिस भाषा राम्रोसँग बोल्न नजान्ने मानिसहरुले जागिर पाउन मुस्किल छ । केहिलेकाँही तपाईले अंगे्रजी भाषा नजानेकै कारण पार्टी वा अन्य प्रोग्रामहरु रद्द समेत गर्नुभएको होला । र कसैको इन्सल्ट फेस गर्नुपनि पर्छ । तर अब अंग्रेजी भाषालाई लिएर यस्तो डराउनु पर्ने र भाग्नुपर्ने कुनै कारण छैन । अब यस्ता केही उपाय छन् जसले तपाईलाई अंग्रेजी भाषा सिक्नमा मद्धत गर्छ ।



१.इङलिसमा सोच्न सुरु गर्नुहोस्
तपाई जे सोच्नुहुन्छ त्यो तपाईको शब्द बन्छ यसले गर्दा अंग्रेजी बोल्नका लागि सबैभन्दा पहिला अंग्रेजीमा सोच्न सुरु गर्नुहोस् । सबैभन्दा पहिले आत्माविश्वासी भएर बोल्नुहोस् चाहे तपाईले बोलेको कुरा गल्ती नै किन नहोस् । विस्तारै विस्तारै गरिएको प्राक्टिसले नयाँ शब्द सिक्नसक्नुहुन्छ र आत्माविश्वासी बन्न सक्नुहुन्छ । यसका लागि तपाईले केही सिक्न जरुरी हुन्छ, जहिलेपनि अर्ध शिक्षाले नोक्सान पु¥याउँछ ।
२.शुद्ध उच्चारण गर्नुहोस्
जो अंग्रेजी बोल्न कोशिस गरिरहन्छ उसले ध्यानपूर्वक सम्झिन जरुरी छ । जुन शब्द तपाईले बोल्न सकिरहनुभएको छैन भने गुगलबाट शुद्ध उच्चारण चेक गरेर बोल्न कोशिस गर्नुहोस् । गुगलमा अडियोमा समेत सुन्ने प्रबन्ध छ ।
३.साह्रो साह्रो पढ्नुहोस्
इङलिस सिक्ने राम्रो तरिका दैनिक रुटिन मिलाएर न्युजपेपर पढ्ने पनि हो । तपाईले दैनिक एक घन्टा साह्रो साह्रो पत्रिका पढ्नुभयो भने अंग्रेजी सिक्न सक्नुहुन्छ ।
४.दैनिक एउटा नयाँ शब्द सिक्नुहोस्
एक शब्द दैनिक सिक्नुहोस् र यसलाई अलग अलग तरिकाले उच्चारण गर्नुहोस् । यो शब्द जबसम्म बोलिरहनुहोस् तबसम्म कण्ठ हुँदैन । सम्भब छ भने त्यसलाई डाइरीमा टिपेर राख्नुहोस् ।
५.इङलिस क्लास भर्ना हुनुहोस्
इङलिस सिक्ने सबैभन्दा राम्रो उपाय कुनै यस्तै क्लास भर्ना हुनु पनि हो जहाँ तपाई आफ्नो शौख पुरा गर्नका लागि इङलिस सिक्न सक्नुहुन्छ । तपाईलाई कुकिङको शौख छ भने कुकिङको र इङलिस सिक्नको लागि इङलिस क्लास भर्ना हुनसक्नुहुन्छ ।
६.डिक्सनरी प्रयोग गर्नुहोस्
तपाईले कुनै कुरा गर्नुभयो वा नयाँ शब्द सुन्नुभयो भयो त्यसलाई तुरुन्तै डिक्सनरीमा खोज्नुहोस् । कुनै नयाँ शब्द सुन्नु भयो भने त्यसलाई अनलाइनमा वा डिक्सनरीमा खोजेर बोल्ने कोशिस गर्नुहोस् ।
७.इङलिस बोल्ने साथी बनाउनुहोस्
साथीको आवश्यकता केवल मस्ती, घुम्न र सिनेमा हेर्नका लागि मात्रै होइन । कहिलेकाँही यस्ता साथीहरु बनाउनुहोस् जसले तपाईलाई सहयोग गर्न सकुन् । अब तपाई यस्ता साथीहरु बनाउनुहोस् कि जसले राम्रो अंग्रेजी जानेका हुन् र तपाईलाई सहयोग पुगोस् । अंग्रेजी सिक्नका लागि पर्ने साथीको आवश्यकता उसले पुरा गर्न सक्छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.