१९ छात्रासँग यौनसम्पर्क गर्ने शिक्षकको जागिर चट्

एजेन्सी । चीनमा एक शिक्षक विद्यार्थीलाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका छन् । ६० वर्षीया शिक्षकले १९ छात्रालाई यौनकार्यको शिकार बनाएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्राथमिक विद्यालयमा विज्ञान पढाउने ती शिक्षकले ३ र ४ कक्षामा पढ्ने बालिका छात्रामाथि बारम्बार यौनदुव्र्यहार गरेको समाचारमा जनाइएको छ । विद्यालयका प्रध्यानाध्यापक चेंग शिन्युले आरोपी शिक्षकलाई निलम्बन गरेको बताएका छन् । विद्यालयले पीडित छात्राहरुलाई परेको मनोवैज्ञानिक क्षती वापत सहयोग गरेको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.