पुलिसलाई केरा देखाउँदै तर्साउन खोज्दा खोरमा

पुलिसलाई केरा देखाउने एक युवकले ३ वर्षसम्म जेलको हावा खानुपरेको छ । अमेरिकाको कोलोराडोस्थित प|mुटबेलका २७ वर्षीय नाथन चानिङले आफ्नो हातमा रहेको केरा देखाउँदै प्रहरीलाई तर्साउन खोज्दा पक्राउ परेका हुन् । आफ्नो हातमा रहेको केरालाई बन्दुक भनेर पुलिसलाई ताकेर उनी भाग्न खोज्दै थिए ।
पुलिसले पनि उनको हातको त्यो चिज केरा नभै पहेँलो टुप्पो सहितको ह्याण्डगन रहेको विश्वास गर्यो । वास्तवमा उनी युट्युबका कमेडी भिडियो बनाएर पोष्ट गर्ने कलाकार थिए । उनले त्यस्तै हँसिमजाक गरेका थिए पुलिससँग । तर पुलिसले त्यो कुरा बुझेनन् र आत्मरक्षाका लागि भन्दै उनलाई चेतावनी दिँदै पक्राउ गरे । प्रहरी आफुनेर नै आएर समाउन थालेपछि उनले यो केरा हो भन्दै चिच्याएका थिए । तर प्रहरीले उनलाई पक्राउ गरिछाड्यो र केरा बन्दुक बरामद गरिछाड्यो । ती युवालाई मेसा काउन्टी जेलमा राखिएको छ । उनीसँग स्थानीय अदालतले १० हजार डलर धरौटी माग गरेको छ । उनीमाथि लगाइएको अभियोग अनुसार उनलाई ३ वर्षसम्मको जेल सजाय र १ लाख डलरसम्म जरिवाना हुनसक्छ ।
एजेन्सी
 www.onlinekhabar.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.