नेताहरु बैठकस्थल पुगेर कथा भन्दै र जोक सुनाउँदै समय कटाइरहे

Rajnitik Sambad Samiti Profile१६ कात्तिक, काठमाडौं । ४ घण्टा ढिलो शुरु भएको  संवैधानिक संवाद तथा राजनीतिक सहमति समितिको बैठक बस्ने वित्तिकै स्थगित भएको छ । समितिको बैठक बस्ने वित्तिकै स्थगित गरेर सत्तारुढ कांग्रेस र एमालेबीच छलफल शुरु भएको छ ।   समितिको बैठक भने भोलि विहान ९ बजे बस्ने बताइएको छ । यस अघि मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका नेता विजय गच्छेदारको नेतृत्वमा आएका साना दलका नेताले र्‍याख् र्‍याख्ती पारेपछि दिउसो २ बजे शुरु हुने भनिएको साँझ ६ बजेपछि मात्र शुरु भएको थियो ।  ३ दलका नेताहरु बैठक बसेर समितिको बैठक बस्न नसकेपछि आफूहरुलाई पेण्डुलम बनाइएको भन्दै साना दलका नेताहरु तीन दलका नेताहरुसँग कड्किएका थिए ।  विजयकुमार गच्छेदारको नेतृत्वमा गएको टोलीले ठूला दलका नेताहरुलाई थर्काएपछि नेताहरु जर्‍याक जुरुक उठेर सिमितिको बैठकमा जान तयार भएका थिए । यस अघि तीन दलीय बैठक पनि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली नआएका कारण अलमलमा परेको थियो । तीन दलका नेताहरु एकातिर बसेपछि २ बजे समितिको बैठकमा बोलाइएका ३ दल बाहेक ३१ दलका नेता भने बाहिर कथा भन्दै र जोक सुनाउँदै समय कटाइरहेका देखिन्थे ।   आफूहरुलाई कुराएर तीन दलमात्र बसेको झों‌कमा साना दलका नेताहरु बैठकस्थलमै पुगेर हो हल्ला गरेका थिए । त्यसपछि मात्र राजनीतिक समितिको बैठक शुरु भएको थियो ।    राजनीतिक समितिले तोकिएको समयमा सहमति जुटाउन नसकेपछि अव प्रक्रियामा जाने कि के गर्ने भन्ने विषयमा दलहरुबीच विवाद रहँदै आएको छ । - See more at: http://nepaliheadlines.com/2014-11-02-12-51-10.html#sthash.7brOenQb.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.