मध्यरातमा महिलाको ओछ्यानमा गाडी घुसेपछि

सायद उनी मध्यरातमा सपनाको संसारमा थिइन् होली र कुनै सपनाको राजकुमार आफुसँगै शयन गरी प्रेमालाप गरिरहेको कल्पना गरिरहेकी थिइन् होली । तर त्यहाँ उनको बेडमा उनीसँग रात बिताउन कुनै सपनाको राजकुमार आइरहेको थिएन, एउटा कार अचानक उनी सुतिरहेको ओछ्यानमा पार्टनर जस्तै गरी अकस्मात आइलाग्यो ।


सुन्दै कुनै फिल्मी दृश्य वा कल्पना जस्तो लाग्ने यो घटना अमेरिकाकी एक महिलाको लागि भने यथार्थ बन्यो । मध्यरातमा एउटा त्रि्र गतिको कार उनको कोठाको भित्ता फोड्दै भित्र छिर्यो र ओछ्यानमा आएर रोकियो ।

अमेरिकाको टेक्सास स्थित ह्यारिस काउन्टीमा यस्तो घटना भएको हो । स्थानीय टेलिभिजनका अनुसार झण्डै मध्यरातको समयमा यस्तो घटना भयो । रातको समयमा एक कार चालकले त्रि्र गतिमा कार चलाइरहेको थियो । तर अकस्मात त्रि्र गतिको उक्त कार अनियन्त्रित भयो । अनियन्त्रित कार सुरुमा एक टेलिफोन तारको खम्बासँग ठोक्कियो, त्यसपछि पिकअप ट्रकसँग । ट्रकसँग ठोक्किएर झनै अनियन्त्रित भएको कारण सडक किनारामा रहेको एक घुम्ती घर अर्थात् मोबाइल हाउसमा गएर बज्रियो र भित्तो फोड्दै भित्र छिर्यो । त्यस घुम्ति घरभित्र एक महिला सुतिरहेकी थिइन् ।

कार अनियन्त्रित भएर ठोक्किन थालेपछि कार चालक फुत्त बाहिर निस्किएर भाग्न थालेको थियो । तर स्थानीय मानिसहरुले उसलाई नियन्त्रणमा लिएर पुलिसलाई बुझाए । समाचार अनुसार घरभित्र छिरेको कारमा आगो लागेका कारण ती महिलाको सरीका विभिन्न भागमा डढेको छ । नाम नखुलाइएकी ती महिलाको उपचार भैरहेको र उक्त कार चालकमाथि अनुसन्धान भैरहेको बताइएको छ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.