जापानमा हुने भनिएको प्रलयको भिडियो यस्तो छ

एजेन्सी ।
japan volcano

जापानी बैज्ञानिकहरुले आगामी केही वर्ष भित्र जापान पुरै ध्वस्त हुन सक्ने चेतावनी दिएका छन् । आगामी एक शताब्दी भित्र जापानको पुरै जनसंख्या ज्वालामुखीमा परेर सखाप हुन सक्ने चेतावनी बैज्ञानिकहरुले दिएका छन् ।


जापानको कोबे विश्वविद्यालयका बैज्ञानिकहरुले प्राकृतिक प्रकोपकै कारण जापान ध्वस्त हुन सक्ने निष्कर्ष निकालेका हुन् ।
japan volcano 1
प्राध्यापकद्वय योशियुकी तासुमी र केइको सुजुकीले गरेको एक अध्यनले प्राकृतिक प्रकोपका कारण नै जापान भन्ने देश नै नरहने कुरा अव अत्तियुक्ति नभएको बताएका छन् ।

यो अध्यन क्यशु टापुको ज्वालामुखीको खतरामा केन्द्रित रहेर गरिएको अध्यन हो । उक्त पहाडबाट निरन्तर ज्वालामुखी विष्फोट भैरहेको छ । यो पहाडमा गत १ लाख २० हजार वर्षको अवधीमा ७ पटक विष्फोट भैसकेको छ ।
त्यसैगरी विज्ञहरुले दक्षिणी टापुमा भैरहेको ज्वालामुखी विष्फोटबाट ७० लाख मानिस लाभा र कोइलाभित्र पर्न सक्ने भविष्यवाणी गरेका छन् ।japan volcano 2

यस्तो खतरा निरन्तर वृद्धी भैरहेको उनीहरुको भनाइ छ ।

हेर्नुस् भिडियोः
 
कोवे प्रान्तमा निरन्तर शक्तिशाली भूकम्प भैरहेका छन् । बैज्ञानिकहरुले यही दरमा भूकम्प जाने क्रम रहने हो भने ३० वर्षमै प्रलयकारी ज्वालामुखी विष्फोट हुने चेतावनी दिएका छन् ।
nepaliheadlines

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.