यस्तो छ एप्पलले ल्याएको आइफोन ६ र ६ प्लसको विश्वबजार आकर्षण



एप्पलले पछिल्लो समय बजारमा ल्याएको आइफोन ६ र आइफोन ६ प्लसले अहिले विश्वबजारलाई आकर्षित गरेको छ। ग्राहकको रोजाइमा परेका यी दुई फोनको विशेषता :

१. पातलो मोटाइ

सुरुसुरुको आइफोन गोलाकार किसिमको थियो। ५ एससम्म आउँदा फ्ल्याट डिजाइन भयो। ५ एस ७.६ एमएम मोटो थियो भने आइफोन ६ र ६ प्लस क्रमश: ६.९ र ७.१ एमएम मोटाइका छन्।

२. आकर्षक डिस्प्ले

आइफोन ६ र ६ प्लसमा ४.७ र ५.५ इन्चका डिस्प्ले छन्। आइफोन ६ ले १३३४&७५० पिक्सेल रिजोलुसन प्रदान गर्छ भने आइफोन ६ प्लसमा १९२०&१०८० पिक्सेल स्क्रिन रिजोलुसन दिन्छ। नयाँ डिस्प्ले फराकिलो गर्न मिल्छ।

३. ठूलो स्क्रिन

आइफोन ६ को लम्बाइ ५.४४ र चौडाइ २.६४ इन्च छ। यसको तौल ४.५५ आउन्समात्रै छ। आइफोन ६ प्लस ६.२२ इन्च लम्बाइ र ३.०६ इन्च चौडाइ छ। आइफोन ५ एस ४.८७ इन्च लम्बाइ र २.३१ इन्च चौडाइसहित ३.९५ आउन्स तौलको थियो।

४. ए८ प्रोसेसर

एप्पलका दुवै नयाँ फोनमा नयाँ डिजाइन गरिएको ६४ बिटको ए८ प्रोसेस चिप रहेको छ। ए८ ले दिगो प्रदर्शन, गेमहरू ठूला र चिल्लो फ्रेम रेटमा रन हुन दिन्छ। एप्पलले गरेको दाबीअनुसार यसको नयाँ चिपले २५ प्रतिशत छिटो स्पिड प्रदान गर्छ र ५० प्रतिशत तीव्र ग्राफिक्स प्रदान गर्छ।

५. राम्रो क्यामेरा

दुवै फोनमा ८ मेगा पिक्सेल क्यामेरा छ। त्यसमा १.५ माइक्रोन पिक्सेल छ। नयाँ क्यामेरामा नयाँ फोकस पिक्सेल सेन्सर रहेकाले अटो फोकसका लागि प्रकाश छिटो थाहा पाउँछ। नयाँ सेन्सरले एक्सपोजर कन्ट्रोल गर्न थप मद्दत गर्छ। तुलनात्मक रूपमा हल्लाएर खिच्दा पनि फोटो बढी स्टेबल हुन्छ।

६. वायरलेस क्षमता

आइफोन ६ ले छिटो काम गर्ने एलटीई फिचर गर्छ जसले ५ एसभन्दा तीव्र काम गर्छ। वाइफाई कल र भ्वाइस ओभर सहज रूपमा गर्न सकिन्छ। आइफोन ६ ले थप ८०२.११ एसी वाइफाई सपोर्ट गर्छ, जुन कनेक्सन आइफोन ५ एसको भन्दा तीन गुणा बढी गति मानिन्छ।

७. एनएफसी र एप्पल पे

आइफोन ६ ले एनएफसी (नियर फिल्ड कम्युनिकेसन) प्रदान गर्छ। यो क्षमता एप्पलको नयाँ मोबाइल पेमेन्ट सर्भिस एप्पलपेको लागि महत्त्वपूर्ण क्षेत्र हो। एनएफसी फिचरमार्फत रिटेल स्टोरमा क्रेडिट कार्डबिना सामान खरिद गर्न सकिन्छ।

८. शक्तिशाली ब्याट्री

नयाँ आइफोनमा शक्तिशाली ब्याट्री छन्। आइफोन ६ मा १० घन्टा टकटाइम र थप १ घन्टा वाइफाई ब्राउजिङ रहेको छ। ६ प्लसमा थ्रीजीमा २४ घन्टाको टकटाइम र १२ घन्टाको इन्टरनेट ब्राउजिङ छ।

९. नयाँ अपरेटिङ सिस्टम

आइफोन ६ र ६ प्लस आईओएस ८ मा आउँछ। यो एप्पलको सबैभन्दा नयाँ अपरेटिङ सिस्टम हो। नयाँ ओओएसको काम एप्पल डिभाइस (मोबाइल र एप्लिकेसन) जोड्नु हो। यसमा अन्तरक्रियात्मक नोटिफिकेसन, थर्ड पार्टी किबोर्ड, नोटिफिकेसन सेन्टरमा हुने विजेट, क्विक टाइप प्रेडिक्टिभ किबोर्डजस्ता फिचर छन्।

१०. मूल्य

आइफोन ६ को मूल्य १९९ डलर (१६ जीबी), २९९ डलर (६४ जीबी) र ३९९ डलर (१२८ जीबी) रहेको छ भने आइफोन ६ प्लसको मूल्य २९९ डलर (१६ जीबी), ३९९ डलर (६४ जीबी) र ४९९ डलर (१२८ जीबी) रहेको छ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.