पाँचवटी तरुनी, मन्त्रीज्यू ! कसो गरुँ नि !



सञ्चारमन्त्री मीनेन्द्र रिजालले विनापुर्वाधार र बिना तयारी समाचार च्यानल सञ्चालन गरी अन्तरंगलाई जागिर दिन खोज्दा सरकारले करोडौँ रुपैयाँ गुमाएको छ । यसका साथै सरकारी प्रसारण संस्थाका रुपमा रहेको नेपाल टेलिभिजनमा थप भाँडभैलो मच्चिएको छ । दुई सातादेखि नेपाल टेलिभिजनमा थप भाँडभैलो मच्चिएको छ । दुई सातादेखि नेपाल टेलिभिजनले वर्षौदेखि प्रसारण गर्दै आएको पत्रपत्रिका कार्यक्रममा साप्ताहिक पाक्षिक र मासिक पत्रिकाका समाचार टिप्पणी तथा सम्पादकीय पढ्न छाडिएको छ । दैनिक वाहेकका पत्रिकामा रिजाल र टेलिभिजनका उच्चाधिकारीको नकारात्मक गतिविधि र अक्षताबारे समाचार आउन थालेपछि प्रसारणमा प्रतिबन्ध लगाईएको हो ।

विना भौतिक पुर्वाधार, विनाजनशक्ति र उपकरण रिजालको दबावले  समाचार च्यानलका नाममा जर्बजस्ती सञ्चालन गरिएको तेस्रो प्रसारण धराशयी हुँदै गएको छ । यसको सञ्चालनका लागि दबाब दिदाँ खरो जवाफ दिने समाचार महाशाखा प्रमुख प्रकाजंग कार्कीलाई रिजालले हटाएका थिए । उनको ठाउँमा राजेन्द्रदेव आचार्यलाई ल्याइयो । उनले मन्त्रीको इच्छाअनुसार जसरीपनि च्यानल चलाउन खोजे । फेरि विरोध भएपछि जसले विपक्षमा मत जाहेर गरो थिए सबै १४ जनालाई सञ्चालक समिति बनाइयो । नेपाल टेलिभिजनको हालको जनशक्तिले समाचार च्यानलमा कार्यक्रम सञ्चालन गरेबापतदैनिक १ देखि ५ हजारसम्म बाँड्ने प्रलोभन दिइयो । यसपछि केहि कार्यक्रम प्रस्तुताको रुपमा आउन तयार भए ।

 सुरमा एक स्त्री र एक पुरष बसेर बार, तरकारी, सक्रान्ती एकादशी आदीका विषेशता बताइ बस्ने प्रस्तोता घटेर हाल अधिकांश समय एकजनामा टुंगिएको छ । मीनेन्द्रले पठाएका ५ जना कम्मर छिनेका युवतीलाई रोजेन्द्रले केहि अघि समाचार स्टुडियो मै लगी समाचार बढ्ने प्रस्तुती गर्ने, तथा कार्यक्रम प्रस्तुत गर्ने तरिका सिकाएको आज प्रकाशित जनआस्था साप्ताहिकमा खबर छ । तर, कर्मचारी संघले बक्तब्य निकालेर बाहिरका मानिसलाई बिना परीक्षा र प्रतिश्पर्धा स्टुडियोमा लगेर प्रशिक्षित गरिएकोमा असहमति जनायो । भोलिपल्टदेखि ति युवती नझुल्किएको नेटीभीकै एक संवाददाताले जनाए । उनीहरु त्यहाँ नदेखिएपनि सञ्चार मन्त्रालयमा बेलाबेला झुल्किने गरेका छन् ।

 केहि समयअघि गुणस्तर विभागका कार्यकारी निर्देशक रामाधर शाहले जागिर लगाइदिने , स्कुटी किनिदिने भनि एक १९ वर्षे युवतीसँग बलपूर्वक अन्तरंग सम्बन्ध राखेको समाचार सार्वजनिक भएको थियो । भर्खरै बीस कटेका युवतीलाई जागिरको पूर्व तयारीस्वरप सरकारी टेलिभिजनमा लुकीलुकी तालिम दिन लगाउने मिनेन्द्रले तिनलाई जागिर दिन सकेनन् भने उनीहरुको असन्तुष्टि सार्वजनिक नहोस् भनि त्यहीको एक वरिष्ठले कामना गरेका छन् । एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.