अलकायदाले ध्वस्त पारेको वल्र्ड ट्रेड सेन्टर खुल्यो

काठमाडौं, कार्तिक १८ । आतंकवादी समूह अलकायदाले ध्वस्त पारेको अमेरिकाको न्यूयोर्कस्थित ‘वल्र्ड ट्रेड सेन्टर’को नवनिर्मित भवन व्यापारिक प्रयोजनका लागि खुला गरिएको छ । ११ सेप्टेम्बर सन् २००१ मा अलकायदा आतंकवादीहरुले विमान ठोकाएर ध्वस्त पारेको वल्र्ड ट्रेड सेन्टरका दुईओटा गगनचुम्बी भवनको ठाउँमा निर्माण गरिएको नयाँ भवन हिजोबाट व्यापारिक प्रयोजनकालागि खुल्ला गरिएको हो ।

यसलाई अमेरिकाले आतंकवादविरुद्धको लडाइँमा हात पारेको पछिल्लो सफलताको प्रतीकका रुपमा लिइएको छ ।

ध्वस्त ‘ट्वीन टावर’को ठाँउमा निर्माण गरिएको एउटा मात्र भवन १ सय ४ तले रहेको छ । ३ अर्ब ८० करोड अमेरिकी डलरको लागतमा निर्माण गरिएको नयाँ टावर अमेरिकाको हालको सबैभन्दा अग्लो भवन हो ।

यसको उचाई ५ सय ४१ मिटर रहेको छ । (एजेन्सी)
- See more at: http://imagekhabar.com/samachar/detail/42713/28/.shtml#sthash.8hLvxdNm.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.