आफ्नो घरमा यौन धन्दा चलाउनेमाथि प्रियंकाको मुद्धा

एजेन्सी । आफ्नो घरमै यौन धन्दा चलेपछि चर्चामा आएकी बलिउड अभिनेत्री प्रियंका चोपडाले घर भाडामा लिएर यौन धन्दा चलाउने ब्यक्तिमाथि मुद्धा दायर गरेकी छिन् । आफ्नो फ्ल्याटमा रहेको करिश्मा ब्यूटी स्पाका मालिकलाई लिगल नोटिस पठाएकी हुन् ।




स्पाका मालिक दिनेश चन्द्रकान्त यस अघि नै पक्राउ परेका छन् ।   प्रियंकाले आफ्नो सम्पतिको दुरुपयोग भएको भन्दै यस्तो नोटिस पठाएकी हुन् ।   उनको मुम्बइस्थित एक कमर्शिय विल्डिङमा रहेको फ्ल्याटमा यौन धन्दा चलिरहेको खुलासा भएपछि उनको नाम पनि विवादमा तानिएको थियो । पुलिसले उक्त फ्ल्याटबाट आपत्ति जनक अवस्थामा केही युवती र केही युवालाई गिरफ्तार गरेको थियो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.