मोदीले ट्रमा सेन्टर हस्तान्तरण गर्दै नेपाल भारतको प्रगति बिवरण एक एक गर्दै पढेर सुनाए ? (भिडियोसहित)

काठमाडौं, मंसिर ९ । भारतको सहयोगमा निर्मित राष्ट्रिय ट्रमा सेन्टर भारत सरकारबाट नेपाललाई हस्तान्तरण गरिएको छ । भवन निर्माण भएर पनि आवश्यक उपकरणको अभावमा ६ वर्षदेखि सञ्चालनमा आउन नसकेको ट्रमा सेन्टर सार्क सिखर सम्मेलनका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।

उद्घाटनलगत्तैबिरामीको सेवा पनि सुरु भएको छ । २ सय सैया क्षमताका भवनमा पूरा बेड भएपनि तत्कालका लागि ५० बेडमा मात्र सेवा सञ्चालन गरिएको हो । ट्रमाको भवन निर्माण, उपकरण जडान, फर्निचर लगायत सम्पूर्ण खर्च भारतले ब्यहोरेको छ । ३ अर्व २० करोड लागतमा बनेको ट्रमा सेन्टरमा ७० प्रतिशत हार्डजोर्निका बिरामी, २० प्रतिशत न्यूरो ट्रमाका बिरामी र १० प्रतिशत अन्य बिरामीको उपचार गरिने छ । 
imagekhabar.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.