अब भारतीय प्रधानमन्त्रीले पनि हिरोको रुपमा फिल्म खेल्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि फिल्म खेल्नेतपाईलाई यो समाचार गलत जस्तो लाग्न सक्छ । वा रमाइलोको लागि भन्ने लाग्ला । समाचार सत्य यो हो की भारतीय प्रधानमन्त्री रहेको नरेन्द्र मोदीले हिरोको रुपमा चलचित्रमा अभिनय गर्ने भएका छन् ।
हालै एक फिल्म निर्माता एवं राजनीतिज्ञसँगको भेटमा आफु पनि फिल्म खेल्न इच्छुक रहेको बताएर प्रधानमन्त्री मोदीले बलिउडमा नयाँ तरङ्ग ल्याइदिएका छन् । यदि यस्तो भएमा बहालवाला प्रधानमन्त्री फिल्मको हिरो बनको अनौठो संयोग अब भारतमा देख्न पाइने छ 
मोदीलाई भेट्न पुगेका भोजुपुरी फिल्मका सुपरस्टार एवं राजनीतिज्ञ मनोज तिवारीसँग मोदीले सामाजिक सन्देश बोकेको फिल्ममा आफु अभिनय गर्न तयार रहेको बताएका छन् ।
ब्यबसायिक र साना बजेटका फिल्मवाट टाढा रहन आग्रह गर्दै तिवारीलाई मोदीले भने ‘सामाजिक सन्देश बोकेका फिल्म बनाउनोस्, त्यस्ता फिल्ममा म पनि अभिनय गर्न तयार छु ।’
तिवारीले उत्तर पूर्व दिल्ली लोकसभावाट चुनाब जितेर सांसद भएका थिए । उनी अहिले पनि भोजपुरी सुपरस्टारका रुपमा चिनिन्छन् ।
तिवारीले राजनीतिक यात्रा सन् २००९ मा सुरु गरेका हु्न भने उनले सन् २०१० मा चर्चित रियालिटी शो ‘बिग बोस ४’ मा सहभागी भएका थिए ।
मोदील फिलिममा भुमिका खेल्न तयार रहेको बताएपनि तत्काल खेल्ने नखेल्ने केही बताइएको छैन । भारतीय समाचार संस्थाहरुले भने तिवारीले निर्माण गर्ने सामाजिक सन्देशको चलचित्रमा मोदीले अभिनय गर्ने भएको बताएका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.