भैंसीले अस्पतालमा पसेर बितण्डा मच्चायो

१४ मंसिर, काठमाडौं । काठमाडौं बुद्धनगरस्थित हृयाम्स अस्पतालमा भैंसी पसेर बितण्डा बच्चाएको छ । साढे २ घण्टामा पनि भैंसीलाई समाउन नसकेपछि प्रहरीले भैसीलाई गोली हानेर मारेको छ ।
अस्पतालका कर्मचारीका अनुसार बिहान करिव साढे १० बजे भंैसी दौडिएर ओपीडी कक्षमा प्रवेश गरेपछि बिरामी र कुरुवाहरुको भागाभाग भएको थियो ।
‘मासु खानेहरुले मार्न खोज्दा भैंसी भागेको जस्तो देखिन्छ’ घटनास्थलमा भेटिएका महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी रमेशकुमार तामाङले अनलाइनखबरसँग भने ।




तामाङका अनुसार मार्नका लागि टाउकोमा बञ्चराको पासाले हानेको अवस्थामा भैंसी भागेको जस्तो देखिन्छ ।  भैंसी अस्पतालको कोठा चहार्दै हिँडेपछि बिरामी, कुरुवासँगै आफन्तसमेत भागाभाग भए । त्यही क्रममा भैंसी जेनेरेटर राखिएको कोठामा पुग्यो ।
त्यही मौकामा हत्तपत्त ढोका लगाइदिएपछि भैंसी थुनियो । काठमाडौं महानगरपालिको गाडीसहित जनसेवा र जनपथ प्रहरी पुगे पनि भैंसीलाई समाउन सकिएन ।





दुई घण्टापछि प्रहरीले गोली हान्ने निर्णय गर्‍यो । प्रहरी जेनेरेटर कोठोको जस्तोमा चढ्यो र एउटा पाता हटाएर गोली हान्यो । दुई गोली लागेपछि भैंसी लड्यो ।
प्रहरीले भैंसीलाई गोली हान्दा अस्पतालका कर्मचारीहरुले छतबाट रमिता हेरेका थिए । मरेको भैंसी प्रहरीसहितको टोलीले गाडीमा हालेर लगेको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.