सफलता पाएर पनि आत्महत्याको बाटो रोज्ने यी ‘सेलिब्रेटी’ हरु...

Shirsa karkiकाठमाडौं । चलचित्र निर्देशक आलोक नेम्वाङको आत्महत्यापछि नेपाली चलचित्र क्षेत्रमा विभिन्न खाले बहस सुरु भएको छ । चलचित्रकर्मीहरु आलोकको आत्महत्याको कारण फरक फरक अनुमान गरिरहेका छन् ।
धेरैले उनलाई एक्लोपनाको कारण आत्महत्याको बाटो रोजेको बताएका छन् । कतिपयले भने शारीरिक संरचनाको कमजोरीका कारण आत्महत्या गरेको अनुमान लगाएका छन् । ४३ वर्षको उमेरमा पनि विवाहको चाहना नहुनुले पनि उनी जीवनदेखि निराश थिए भन्ने केही सहकर्मीको विश्लेषण छ ।
कुकुर र विरालोलाई सन्तानका रुपमा पाल्दै आएका आलोकले केहि समय यता आफ्ना साथीहरुलाई अब धेरै बाँच्दिन भन्ने गर्थे । अन्ततः उनले आत्महत्याको बाटो रोजे ।
उनी मात्र आत्महत्याको बाटो रोज्ने सेलिब्रेटी होइनन् । केही अघि मात्रै निर्देशक ज्ञानेन्द्र देउजा पनि आत्महत्याकै बाटो रोज्न पुगेका थिए । देउजालाई समयमै अस्पताल लगिएकाले दुर्घटना भने हुन पाएन । नेपाली सिने तथा संगीत क्षेत्रमा यस्ता घटना पहिले पनि धेरै भैसकेका छन् । celत्यसो त बलिउड र हलिउडमा पनि धेरै चर्चित कलाकारले आत्महत्याको बाटो रोजेर यो धर्ती त्याग गरेका छन् ।
हलिउडमा चर्चित कलाकार रोबिन विलियम्स, मार्लिन मुनरो, पपगायक माइकल ज्याक्सनको मुत्युलाई पनि चिकित्सकहरुले आल्महत्या नै मानेका छन् ।
बलिउड अभिनेत्री दिब्या भारती, जिया खान, पार्विन बबी, दक्षिण भारतीय अभिनेत्री सिल्क स्मितालगायतले पनि यही मार्ग रोजेका छन् । अन्तर्राष्ट्रिय जगतमा लोकप्रियताको उच्च शिखरमा पुगेका बेला उनीहरुले लागुपदार्थको सेवन लगायत अन्य कारणले आत्महत्याको बाटोरोजेका थिए ।divya-divya-bharti
ती कलाकारहरुका निजी चिकित्सकहरुका अनुसार ती सबै मानसिक रोगका शिकार भएका थिए । करिब दुई दशक अघि अभिनेत्री गितान्जली सुनारले पनि आत्महत्या गरिन् । निर्माता छविराज ओझाकी दोस्री श्रीमती गीतान्जलीको मृत्यु अझैरहस्यमय नै बनेको छ । ओझाले नै निर्माण गरेको चलचित्र नाताबाट उनले अभिनय थालेकी थिइन् ।
१२ वर्ष अघि अभिनेत्री शिर्ष कार्कीले पनि आत्महत्या गरिन् । एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी कार्कीको आत्महत्याको कारण पत्रिकामा छापिएको उनको नग्न तस्वीर थियो ।
यस्तै, यौन भिडियो बाहिर आएपछि त्यसको शिकार भएकी अर्की कलाकार थिइन, जेसिका खड्का । तीन वर्षअघि उनले पनि विष सेवन गरी आत्महत्या नै रोजिन् । यौन भिडियोकै कारण मासनिक तनावमा रहेकी उनले आत्महत्या गरिन् ।
Yogita moktan
पप गायक कुल पोखरेल, आधुनिक गायक सुदेस खवार, लोक पप गायिका योगिता मोक्तानले पनि आत्महत्या कै बाटो रोजे । यसरी यौनको शिकार, एक्लोपन, लागुऔषध सेवन र उच्च महत्वकांक्षा पुरा नहुँदा कलाकारहरुले आत्महत्या गरेको देखिन्छ ।
-साभार राजधानी दैनिक

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.