प्रस्तोता प्रेम बानियाँको बारेमा एसपी थापा येसो भन्छन !!!

prem sirकाठमाडौं । टेलिभिजनका एक  प्रस्तोता प्रेम बानियाँलाई यति वेला बिवादमा तानिएको छ । सानै उमेरमा आफ्नो मेहनतले नेपाली टेलिभिजनको पर्दामा अब्बल देखिएका बानियाँ अहिले पत्रकारकै कोपभाजनमा परेका छन् । चितवनको एक होटलमा भएको घटनाको हवला दिदै प्रकाशित भएको समाचारप्रति  चितवनकै प्रहरी प्रमुख सहकुल थापलो खण्डन गरेका छन् । सामान्य प्रमाण समेत नभएको समाचारलाई अतिरञ्जनायुक्त बनाएर प्रकाशित गरेकामा बानियाँका प्रशंशक समेत दुखी बनेका छन् । फेसबुकका भित्तामा चार हजार बढी उनका प्रशंशकले सहभनुभूति प्रकट गर्नुले पनि उनी निर्दोष छन् भन्ने कुराको पुष्टि गरेको छ । झण्डै दश बर्ष अघि देखि परिचित रहेका बानियाँ र चितवनका प्रहरी प्रमुख सहकुल थापाप्रति लक्षित गरेर आएको यो समाचारमा सत्यता नभएको उक्त दिन सोही ठाउँमा रहेका एक प्रहरीले बताए । प्रेम बानियाँ चितवनमा रहेको थाहा पाएपछि काठमाण्डौबाट समाचार प्रकाशित भएको पत्रिकाका मान्छेले त्यसले के के गर्छ ? “रेखदेख गर्नु भनेका पनि थिए–ती प्रहरीले भने बानियाँ प्रति उनीहरु निकै रिस गर्ने रहेछन् । ” त्यसोत बानियाँले फुली ताने भनिएका चितवनका प्रहरी प्रमुखले समेत उक्त कार्य असत्य भएको बताएका छन् । “प्रेमजी र म भेट भएको हो । तर समाचारमा आए जस्तो भएको होईन । ” पहिले पहिले त्यो पत्रिकाका मान्छेहरु आएर खुव रक्सी खानु हुन्थ्यो तर अहिले प्रेम सर आउनु भयो । त्यही भएर त्यो पत्रिकाले लेखेको हुनसक्छ । चितवनका एक प्रहरीको भनाई यस्तो थियो ।  त्यसोत त्यति बेला चितवनका केही पत्रकार पनि सोही स्थानमा थिए । उनीहरुले पनि समाचारमा सत्यता नभएको बताए । पत्रिकामा आए जस्तो समाचार केही पनि भएको होईन । फुलीको कुरा त सरासर गलत हो । चितवनका पत्रकार शन्तकुमार चौधरी भन्छन–“सिभिलमा आएका थापाको फुली कसरी खोस्न सकिन्छ ?” त्यसोत बानियाँले पत्रकारिता सुरु गरेको सिन्धुपाल्चोकका सञ्चारकर्मीहरु पनि यो समाचारमा सत्यता देख्दैनन । सिन्धुपाल्चोकको प्रहरी प्रमुख हुँदा थापा संग पनि चिनजान भएका र बानियाँलाई पत्रकारितामा लाग्न उत्प्रेरण जगाउने सिन्धुपाल्चोकका पुरानो पत्रकार सुरेश कसजू पनि यो समाचारमा सत्यता देख्दैनन । “प्रेम भाई असल मान्छे हुन त्यसो काम गर्ने सक्दैनन” –कसजूले बताए ।www.digitalpatrika.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.