कोमल ओलीले 'आई लभ यु' भनेपछि...तन्नेरीहरू जुर्मुराए



अविवाहित लोकगायिका कोमल वलीले चन्द्रौटा महोत्सवको स्टेजमा उक्लिनसाथ भनिन्, 'हेलो ! तन्नेरी महादेवलाई आई लभ यु।' उनले यतिमात्रै के भनेकी थिइन्, तन्नेरीहरू जुर्मुराउन थाले। गायिका वलीले दर्शकदीर्घामा रहेका महादेव नाम गरेका एकजनालाई तानेर ल्याइन् र सँगै नचाइन्।

महोत्सवस्थलमा हाँसोको फोहोरा छुट्यो। 'गीत सुनौं, नाच हेरौं भनेको त कोमलले हँसाएको हँसाई पारिन्। दर्शकलाई हँसाउन हास्य कलाकार नचाहिँदो रहेछ बा', कोमलको प्रस्तुतिबाट दंग चन्द्रौटाका व्यापारी महादेव पोख्रेलले भने।

महादेवमात्रै होइन कोमलले ढुण्डीराज अधिकारीको हात पनि च्यापैं समातिन्। आयोजक समिति अध्यक्ष अधिकारी थरथरी कापे। कोमलले सोधिन्, 'किन कापेको?', अधिकारीले ठट्टा गर्दै छोटो प्रतिक्रिया दिए, 'डरले'।

आजको अन्नपूर्ण पोस्ट लेख्छ, चन्द्रौटा महोत्सवमा कोमलले लगभग एक घन्टा उपस्थित दर्शकलाई हाँस्दै गाउँदै नाच्न बाध्य पारिन्। पाँचवटा लोकभाका प्रस्तुतिका क्रममा उनको हावभाव पनि त्यतिकै दमदार थियो। दर्शकले पनि कम्मर मर्काइमर्काइ नाचेर उनलाई साथ दिए। सो अवसरमा उलने बाँझो खेतमा, माया बस्यो चन्द्रौटामा, मायाको मिठास छुट्टै, चुच्चे तन्नेरीलगायतमा गीत गाएकी थिइन्।

कोमलले छोटा पहिरन लगाएर ग्लामर नहुने तर्क गर्दै अहिलेका केटीलाई छोटा पहिरन लगाएर असुरक्षित ठाउँमा एक्लै नहिँड्न पनि सुझाइन्। महोत्सवमा आमन्त्रित कलाकार रूपक डोटेल, कपिलवस्तु आइडलका प्रतिभावान् कलाकारको पनि प्रस्तुति रहेको थियो।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.