मोदी भ्रमणले बढ्यो बलिउड सेलिब्रेटीको आगमन : शाहरुख खान देखि लिएर रविना टण्डन पनि नेपाल आउने



भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीको नेपाल भ्रमणले बलिउड सेलिब्रेटीको आगमनमा तिब्रता छाएको छ ।
यो तिब्रताका बीच शाहरुख खान देखि लिएर ऐश्वर्या राय सम्मका सेलिब्रेटी नेपाल आउने खबरसंगै अर्की अभिनेत्री रविना टण्डनको नाम पनि थपिएको छ । शाहरुख र ऐश आउने मिति सार्वजनिक गरिएको छैन् भने रविना आउने मिति सार्वजनिक भएको छ ।

नेपाल जेम एण्ड ज्वलरी एसोसिएशनले आयोजना गर्न लागेको फेशन शोमा सहभागी हुन रविना नेपाल आउन लागेकी हुन । फेशन शो आउँदो  कार्तिक  १९गते हुने बताईएको छ ।
रविना नेपाल आउने सम्बन्धमा आयोजकले एउटा भिडियो म्यासेज समेत सार्वजनिक गरेको छ । ग्ल्यामरस हिरोइनले परिचिति रविना ईन्टरन्याश्नल शो टपरका रुपमा उस्थित हुदैछिन् ।
प्रधानमन्त्री मोदीको सफलता पूर्वक भ्रमण समापन संगै आमिर खान, जीतेन्द्र  कपूर र जरिन खान नेपाल आएका थिए ।

हेर्नुस् रविनाको भिडियो म्यासेज 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.