६ वर्षकै उमेरमा सन्तानलाई जन्म दिएपछी...

 बेलाबेलामा यस्ता समाचार सुन्नमा आउँछन्,जसलाई पत्याउन गाह्रो पर्छ । यस्तै समाचार सन् १९३३ मा पेरुको तिक्रापो इलाकाबाट आएको थियो ।


पेरुकी ६ वर्षकी बालिकाले एउटा स्वस्थ बच्चालाई जन्म दिएको समाचारले सबैलाई चकित बनाएको थियो । लिना मदिनाले ६ वर्ष सात महिनाको उमेरमा एक स्वस्थ बच्चालाई जन्म दिएकी थिइन् । यसलाई चिकित्सा विज्ञानको इतिहासमा आजसम्मकै विचित्र घटनाका रुपमा लिइन्छ । सबैभन्दा कम उमेरकी आमाका रुपमा लिनाले बनाएको रेकर्ड आजका मितिसम्म कसैले तोड्न सकेको छैन । पाँच वर्षको उमेरमा लिनाको पेटको आकार बढ्न थालेपछि बाबुआमा चिन्तित भएका थिए । त्यसपछि उनीहरुले अस्पताल लगेर छोरीलाई जँचाएका थिए । सुरुमा उनको पेटमा ट्युमर रहेको आशंका

गरिएको थियो । चेकजाँचपछि डाक्टरहरुले उनको पेटमा सात महिनाको बच्चा रहेको बताउँदा लिनाका बाबुआमा मात्र होइन,पुरै संसार चकित भएको थियो । १४ मे १९३९ मा लिनाले छोरो जन्माइन् । शल्यक्रिया गरेर उनको पेटबाट बच्चा निकालिएको थियो । डाक्टरहरुले आठ महिनामै उनलाई पहिलोपटक रजस्वला भएको पुष्टि गरेको थिए । लिनाले आफ्नो छोराको बाबु को हुन् भन्ने कहिल्यै बताइनन् ।उनका बाबुलाई यसका लागि जिम्मेवार भएको आशंकामा पक्राउ गरिए पनि प्रमाण नजुटेपछि छाडिएको थियो,आजको नयाँ पत्रिकामा यो अनौठो खबर छापिएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.