चरीको इन्काउन्टर गर्ने डिएसपी मिरा पुरस्कृत हुने

काठमाडौं । नेपाल प्रहरी यतीबेला आफ्नो स्थापना दिवस मनाउन व्यस्त छ । २०१२ सालमा नेपाल प्रहरीको ऐन आएको मितिलाई आधार बनाएर प्रहरीले आफ्नो स्थापना दिवस मनाउदै आएको छ । बुधबार बेलुका पुलिस क्लबमा पूर्वप्रहरी अधिकृतहरुलाई बोलाएर मदिरा पार्टी गरेको प्रहरी प्रधान कार्यालयले आज (शुक्रबार) औपचारीक रुपमा प्रहरी दिवस मनाउदै छ ।प्रहरी दिवसमा धेरै प्रहरीको चासो पुरस्कारमा हुन्छ । वर्षभरी उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रहरी दिवसमा पुरस्कृत गरिन्छ । यो वर्षपनि विभिन्न प्रहरी पुरस्कृत हुदैछन् । यसवर्षको प्रहरी ब्याटन पुरस्कार पश्चिमांचल प्रहरी क्षेत्रीय कार्यालयका डिआईजी बम बहादुर भण्डारीले पाएका छन् । सो ब्याचका नवराज सिलवाल, प्रकाश अर्याल, जय बहादुर चन्द पुरस्कारको प्रतिस्पर्धामा भएपनि ब्याचमा चौथो नम्बरमा डिआईजीमा बढुवा भएपछि अरु तिन डिआईजी हेरेको हेरै भएका छन् । एआईजी राजेन्द्रसिंह भण्डारीको सिफारीसमा डिआईजी भण्डारीलाई उक्त पुरस्कार दिने निर्णय भएको हो ।
त्यस्तै यो वर्षको उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार सिआईबीमा कार्यरत सई दीपेन्द्र अधिकारीले पाएका छन् । महानगरीय प्रहरी  अपराध महाशाखा र सिआईबीमा बसेर हाइप्रोफाइल अपराधको अनुसन्धान गरेका उनलाई यस्तो पुरस्कार दिन लागिएको छ । राम्रो कामस“गै आईजीपी उपेन्द्रकान्त अर्यालस“ग राम्रो सम्बन्ध भएकाले उनले उक्त पुरस्कार पाएका हुन् । सई अधिकारी काम गर्न र पैसा कमाउन दुवैमा माहिर मानिन्छन् ।
त्यस्तै डन दिनेश अधिकारी चरीको इन्काउन्टर गर्ने प्रहरी अधिकारीहरु समेत पुरस्कृत हुने भएका छन् । चरी इन्काउन्टरमा प्रमुख भूमिका खेल्न अपराध महाशाखाकी डिएसपी मिरा चौधरीलाई प्रहरी दिवसमा पुरस्कृत गर्न लागिएको छ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.