केहो हेपाटाइटिस ? जन्डिसका बेला यौन सम्पर्क गर्न हुन्छ कि हुन्न जानी राखौ !!!


हेपाटाइटिस रोग एक किसिमको कलेजो सुन्निने रोग हे यो रोग भाइरसद्वारा कलेजोमा सक्रमण हुने सरुवा रोगको रुपमा पनि पहिचान गरिएको छ । हेपाटाइटिस रोग भाइरसको कारणले मात्र नभएर विषाक्त पदार्थको प्रयोग जस्तै मदिरासेवनले गर्दा पनि हुने हुन्छ । त्यस्तै यो रोग खाना, पानी तथा यो रोगबाट सङ्क्रमित व्यक्तिसँगको सीधा सम्पर्कबाट अर्को व्यक्तिमा सर्दछ । हजारौं मानिसहरू यो रोगबाट सङ्क्रमित भएको पाइएको छ । सङ्क्रमणपछि लक्षण देखा पर्न लाग्ने प्रारम्भिक अवस्था खासगरी २ देखि ६ हप्ताको हुन्छ भने औसत प्रारम्भिक अवस्था धेरैजसो २८ दिनको हुन्छ । यो रोग विशेष गरिकन बच्चाहरूमा बढी लाग्ने गरेको पाइन्छ ।

      पेट दुख्ने, थकान, ज्वरो आउने, खाना नरुच्ने, वाकवाकी लाग्ने, कमलपित्त, गाढा पहेंलो रङको पिसाब, माटो रङको बिष्टा आदि यो रोगको लक्षण हो । यो रोगबाट सङ्क्रमित व्यक्तिहरूले भरसक बोसोयुक्त खाना र मदिरासेवन गर्नुहुँदैन भने सन्तुलित खाना खाने र प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्दछ रोग एड्सभन्दा पनि खतरनाक हुन्छ भन्दा फरक नपर्ला । नेपालमा यो रोगबाट हजारौं मानिसहरू सङ्क्रमित हुन पुगेका छन् । सङ्क्रमित व्यक्तिबाट रगत, शरीरको तरल पदार्थ जस्तैस् वीर्य, यौन सम्पर्क आदिबाट अरू व्यक्तिमा सर्दछ । यसबाहेक स्तनपान, डायलिसिस, एक्युपञ्चर, टाटु, समुद्री यात्रा गर्नेहरूबाट पनि सरेको पाइन्छ । यसको सङ्क्रमणलाई कम गर्न सकिएन भने यसले विकराल रूप लिन सक्छ । यो रोग लागे तापनि यस रोगबाट सङ्क्रमित मानिसले अरू साधारण मानिसहरूको जस्तै जीवन व्यतित गर्न सक्दछ तर कति हेपाटाइटिस सी सङ्क्रमित मानिसहरूमा यो रोग बढेर कलेजो नै नष्ट हुने गरेको पनि पाइएको छ ।

          रक्तदान गर्ने मानिसहरूमा पनि यसको सम्भावना बढी भएको पाइन्छ । कडाखालको हेपाटाइटिस सीको सङ्क्रमण हुँदा खासै लक्षणहरू नदेखिने पनि हुन्छ तर कोही कोही व्यक्तिहरूमा भने थकान, पेट दुख्ने, वाकवाकी लाग्ने, खाना नरुच्ने, शरीर पहेंलो हुने, गाढा खैरो र अयबि र·को पिसाब हुने पाइएको छ । कडा हेपाटाइटिस सी हुँदा पेट खुट्टा र कति व्यक्तिहरूमा त पूरै शरीर नै सुनिने, थकान हुने, सुत्न गार्‍हो हुने, वाकवाकी लाग्दा मुखबाट रगत निस्कने, मानसिक तनाव आदि लक्षणहरू देखा पर्दछन् । यो रोग निरुपणको लागि कलेजो विशेषज्ञसँग परामर्श लिई उपचार गराउन जरुरी छ । कलेजो विशेषज्ञहरूको परामर्शबिना कुनै पनि औषधि खान हुँदैन अन्यथा रोग झन् झन् बिग्रेर जान सक्दछ । अन्तिम अवस्थाका कलेजो रोगीहरूले भने कलेजो प्रत्यारोपण नै गराउने मात्र उपाय हुन सक्दछ । भने कलेजोको सङ्क्रमण हुँदा कलेजोको क्यान्सरको सम्भावना पनि बढी हुन्छ । २० देखि ३० वर्ष उमेरको व्यक्तिहरूमा यो रोग बढी लाग्ने गरेको पाइन्छ । घरपालुवा जनावर जस्तै घरमा पालेको सुङगुर र त्योबाहेक राम्ररी नपाकेको जङगली बँदेल र हरिणको मासुबाट यो रोग लागेको तथ्याङ्क पाइएको छ । हेपाटाइटिस रोग साँच्नै नै डरलाग्दो रोग हो । त्यसैले यसको बारेमा थाहा भए जति जानकारी सबैलाई गराइ रोगबाट सचेत रहन आवश्यक छ ।

सामान्य भाषामा हेपाटाइटिस अर्थात् जन्डिस

नेपालमा जन्डिसको प्रकोप वर्षभरि नै रहे पनि वर्षायामको सुरुवातसँगै एक प्रकारको जन्डिस देखा पर्छ ।
जन्डिसको शंका लाग्नेबित्तिकै खाना बार्ने काम सुरु हुन्छ र यो प्रक्रिया ६ महिनादेखि वर्ष दिनसम्म जारीरहन्छ । समाजमा जन्डिसबारे सयजनामानिसले पाँच सयथरीका कुरा सुनाउने गर्छन् । अत्तालिएर अनेककिसिमका उपचार पद्धति अपनाउँदा गलत उपचार गरेर बिरामीको अवस्था झन् बिग्रन पनि सक्छ । तसर्थ, यससम्बन्धी सही र गलत धारणा बारे जानकारी राख्नु सबैका लागि अत्यन्त जरुरी देखिन्छ । जन्डिसका लक्षण जन्डिस कुनै रोग नभई विभिन्न रोगमा देख्न सकिने लक्षण मात्र हो ।

जन्डिस कलेजोको रोग भन्ने अवधारणाजनमानसमा पाइएको छ । रगतमा विलिरुविनको मात्रा बढेर आँखा पहेँलो हुनु, शरीर पहेँलो हुनुलाई जन्डिस भनिन्छ । वयस्कमा विलिरुविन “एक” हुनु र “पाँच” हुनुमा कुनै फरक पर्दैन । विलिरुविन बढ्दै गएमा विलिरुविन बढाउने रोग बढ्दै गइरहेको हुन सक्छ । जन्डिस र कलेजो जन्डिस कलेजोको मात्र रोग होइन । कलेजोका विभिन्न रोगहरूमा जन्डिस लक्षणको रूपमा देखिन्छ । कलेजोको रोग बाहेक केही रगतको रोगमा, पित्तको नलीमा पत्थरी भएमा, पित्त–नलीको क्यान्सर भएमा, प्यान्क्रियाज ग्रन्थीको क्यान्सरमा, अरू अंगको क्यान्सर कलेजोमा फैलिएमा हुन सक्छ ।

जन्डिस र आयुर्वेद

धेरै मानिसमा के भ्रम छ भने, जन्डिस आयुर्वेदले ठीक पार्ने रोग हो । अरू सबै रोगमा एलोप्याथीलाई विश्वासगरे पनि आँखा पहेँलो देख्नेबित्तिकै त्यो विश्वास डग्मगाउँछ र आयुर्वेद शरणमा जाने गर्छन् । जन्डिसको कुनै उपचार गर्नु पर्दैन । उपचार त जन्डिस गराउने रोगको गर्नुपर्छ । रोग निको भएमा जन्डिस आफैं निको हुँदै जान्छ । त्यसैले विलिरुवीन एकभन्दा माथि देखिने बित्तिकै उपचारका लागि दौडिनु र उपचार गरिदिनु दुवै गलत कुरा हो । जन्मजात रोग गिलबर्ट सिन्ड्रोम, क्रिगलर नाजार सिन्ड्रोम, डुबिन जोनसन सिन्ड्रोम, आदिमा विलिरुवीन बढी भए पनि कुनै उपचार गर्नुपर्दैन । अन्यथा जन्डिस गराउने सबै किसिमका रोगको उपचारएलोप्याथिक उपचारमा छ ।

जन्डिस र खानपिन

हाम्रो समाजमा जन्डिस भन्ने बित्तिकै गाजर, मुला, काँक्रो, उखुको रस र मेवा पर्यायवाची नै भइसके । उसिनेको खाना, नुन नहालेको वा कम हालेको र बेसार नहालेको खाना प्रायः जन्डिस भएका व्यक्तिको खाना भइसकेको छ । जुनसुकै कारणले जन्डिस भए पनि यो क्रम प्रायः ६ महिना वा त्यसभन्दा बढी चलेको पाइन्छ ।खाना बार्नाले हानी हुन सक्छ । क्यान्सरको कारणले जन्डिस भएमा त्यसमा खाना बारेर ठीक होला त ? जुनसुकै कारणले जन्डिस भए पनि बार्नुपर्ने एउटै कुरा हुन्छ– रक्सी र रक्सीजन्य पदार्थ । अनि, कम गर्नुपर्ने कुरा चिल्लो पदार्थ हो । किनभने चिल्लो पदार्थ पचाउन पित्तले मद्दत गर्छ र जन्डिस भएको अवस्थामा चिल्लो पदार्थको पाचन समस्या केही हदसम्म देखिन्छ । जन्मजात जन्डिस र रगतको रोगको कारणले भएको जन्डिस (हेमोलाइटिक जन्डिस) मा कुनै किसिमको खाना बार्न जरुरी हुँदैन । पिरो र अमिलो खानेकुराको जन्डिस सँग कुनै सम्बन्ध छैन ।

जन्डिस र हेपाटाइटिस

जन्डिस लामो भयो भने हेपाटाइटिस, त्यसमा पनि हेपाटाइटिस ‘बी’ हुन्छ भन्ने अवधारणा जनमानसमा पाइन्छ । हेपाटाइटिस भनेको कलेजोको रोग हो । यस अवस्थामा जन्डिस देखिन सक्छ । तर, जन्डिसको कारणले हेपाटाइटिस भने हुँदैन । क्यान्सर अथवा पत्थरीको कारणले पित्तको नली लामो समयसम्म बन्दभएमा त्यसले कलेजोको रोग निम्त्याउन सक्छ ।

जन्डिस र पानी

सामान्य अवस्थामा भन्दा जन्डिस भएको वेलामा बढी पानी अथवा झोल पदार्थको जरुरत पर्न सक्छ । तर, योसबै रोगमा लागू हुँदैन । जस्तै– कलोजोको सिरोसिस भएको वेलामा देखिने जन्डिसमा पानी धेरै पिउनाले पेटमापानी जम्ने, खुट्टा सुनिने हुन सक्छ । मुटुको रोगको कारणले कलेजो सुन्निएर जन्डिस देखापरेको अवस्थामापनि धेरै पानी हानिकारक हुन सक्छ । यदि पानीबाट सर्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ को कारणले गर्दा जन्डिसभएमा दिनको २–३ लिटरसम्म पानी अथवा झोल पदार्थ पिउँदा राम्रो हुन्छ । थप १० लिटर पिएर अधिक फाइदापक्का हुँदैन ।

जन्डिस र यौनसम्पर्क

जन्डिस र यौनसम्पर्कको कुनै सम्बन्ध छैन । यदि हेपाटाइटिस ‘बी’ र ‘सी’ को कारणले जन्डिस भएको छ भने पुरुषले कन्डोम प्रयोग गर्दा सर्ने समस्या न्यूनीकरण हुन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.