शाहरुखको ‘ह्याप्पी न्यू ईयर’लाई आयो कानुनी पत्र
फिल्मको सफलताको खुशी मनाउन नपाउँदै यसै फिल्मलाई लिएर एक कानुनी सूचना जारी भएको छ । सोही फिल्ममा रहेकामे गीत ‘शराबी’का गायक सूरजले शाहरुख खानको प्रोडक्सन कम्पनी रेड चिलिजलाई कानुनी सूचना पठाएको हो ।
सूरजले आफ्नो सहमतिविना सो गीत फिल्ममा प्रयोग गरिएको आरोप लगाएका छन् । उनका अनुसारसो गीत २०१२ मै्र आरडीबी ग्रुपले रिलिज गरेको थियो । सो गीतको पूर्ण अधिकार सूरजसँगै रहेको पनि बताइएको छ ।
फिल्म रिलिज हुने केही अघिमात्र सो गीतमा फिल्मका मुख्य कलाकारहरुको सुट गराइएको थियो ।
- See more at: http://www.nepalsandesh.com/2014/10/29/108166#sthash.bSUWAzbt.ZPYp1dhw.dpuf
0 comments
Write Down Your Responses