कप्तान पारस खड्कालाई प्रधानमन्त्रीले फोन गरी बधाई :- 'जय नेपाल' 'जय क्रिकेट टीम'



काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मलेशियामा सम्पन्न आईसीसी वल्र्ड कप क्रिकेट लिग डिभिजन थ्री २०१४ को प्रतियोगितामा नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् ।
नेपाली टोली समूह विजेता बनेको परिणाम आए लगत्तैै प्रधानमन्त्री कोइरालाले विजय दिलाउने टीमका कप्तान पारस खड्कालाई टेलिफोन गरी बधाई दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट नेपाली क्रिकेट टिमका कप्तान, समस्त खेलाडी र प्रशिक्षकलाई बधाई दिएका हुन् । उनले यस सफलताले नेपाली क्रिकेट टीमलाई आउँदा दिनमा अझ उत्कृष्ट खेल प्रदर्शन गरी क्रिकेटमा सर्वोपरी स्थान हासिल गर्ने सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
प्रधानमन्त्री कोइरालाले यस क्रिकेट प्रतियोगितामा विजेता बनी नेपाललाई डिभिजन थ्रीबाट डिभिजन टु मा पु¥याएर नेपाली क्रिकेट टीमले राष्ट्रिय गौरव बढाएको बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


www.nepalsandesh.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.