कपाल झर्ने समस्या छ ? चिन्तै नगर्नोस


पछिल्लो समयमा अधिकाँश मानिस कपाल झर्ने समस्याबाट पीडित छन् । मौषमको बदलीसँगै कपाल झर्ने समस्या बढ्छ ।
जाडो मौषममा कपाल झर्ने समस्या विकराल नै हुन्छ । यहाँ कपाल झर्नबाट रोक्ने उपायको चर्चा गरिएको छ ।


तातो पानीले नधुनुस्
कपाल नुहाँउँदा तातो पानी प्रयोग नगर्नुस् । तातो पानीले कपाललाई रुखो तुल्याउँछ र झर्ने समस्या बढाउँछ । चिसो मौषममा तातो पानी प्रयोग गर्नै परेपनि मनतातो मात्र प्रयोग गर्नुस् कपालका लागि राम्रो हुन्छ ।

तेल लगाउनुस्
कपाल झर्छ भने नियमित तेल लगाउने बानी गर्नुस् । तेल लगाइसकेपछि कपाल नुहाउने समयमा राम्रो कण्डिसनर पनि प्रयोग गर्नु राम्रो मानिन्छ । यसले कपालको नमीलाई कायमै राख्छ ।

कपाल कोर्दा पनि तेल प्रयोग गर्नुस्
तपाइँले कपाल कोर्दा विभिन्न तेलहरुको प्रयोग गर्नु भो भने यसले कपाल झर्न दिँदैन ।

भिटामिन खानुस्
कपालका लागि भिटामिन डी महत्वपूर्ण हुन्छ । यसका लागि विभिन्न ओमेगा 3-6, केराटिन, बायोटिन युक्त खाना खानु पर्छ । दूध, अण्डा, माछा सिमी, ब्रोकलीस रेड मीट आदिको सेवन राम्रो मानिन्छ ।

केरा सेवन गर्नुस्
स्वस्थ कपालका लागि केराको सेवन राम्रो मानिन्छ । केरामा मह, नीम वा जैतुनको तेल मिलाएर कपालमा लगाउने र ३० मिनेटपछि सफा गर्ने गर्दा फाइदा हुन्छ । यसले चायाँ पनि हटाउन मद्दत गर्छ ।


http://dainik-online-khabar.blogspot

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.