दशैमा दुर्घटना नै दुर्घटना काहा कस्तो भयो बृस्तित जानकारी ..
२१ असोज, काठमाडौं । प्राकृतिक विपतिलाई कसैले पनि रोक्न सक्दैन । विपतलाई रोक्न नसकेपनि सम्भावित दुर्घटनालाई भने रोक्न सकिन्छ ।
केहीदिन यता सवारी दुर्घटनाका श्रङ्खला बढ्दै गएको छ । सोमवार र मंगलवार मात्र सात वटा र्दुघटना भएका छन् । आठ वटा दुर्घटनामा ३५ जना यात्रुहरुले ज्यान गुमाएका छन् भने सयौ व्यक्तहरु घाइते भएर अस्पतालमा उपचार गराई रहेका छन् । दशैमा दुर्घटना कम गर्नको. लागि ट्राफिक प्रहरी,यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले विशेष कार्यक्रम लागू गरेको बताएपनि व्यवहारमा लागू हुन सकेको देखिदैन । उल्टै दिनप्रतिदिन सडक दुर्घटना बढ्दै गएकोप्रति सर्वसाधारणमा चिन्ता थपिएको छ । क्षमता भन्दा बढी यात्रु, तीब्र गतिको कारणले गर्दा दुर्घटना भएपछि दशै मानेर राजधानी भित्र्ने यात्रुहरु बसको छतमा झुण्डिएर आउँदा पनि ट्राफिक प्रहरीले कारवाही गर्न सकेको छैन । सर्वसाधारणले सवारी दुर्घटना बढ्न सक्ने आंशका व्यक्त गरेका छन् ।
डोटीमा क्षमता भन्दा बढी यात्रु बोकेर जोरायलबाट धनगढीतर्फ जाँदै गरेको ना.३ ख ५७०७ नम्वरको बस छतिवन गाविस–५ बाजलेक स्थित कठपतेमा दुर्घटना हुँदा ३० जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी आज सिन्धुलीकोभुवनेश्वर–८ स्थित घुर्मीबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ३७८९ नम्वरको बलेरो जीप र बा.५८ प १८०३ नम्वरको मोटरसाइकल एक आपसमा ठक्कर खादा जीप सडकबाट तल सुनकोशी नदीमा खस्दा जीपमा सवार ११ जना मध्ये दुई जनाको मृत्यु भएको छ भने, सात जना घाईत भएका छन् ।
गुल्मी दिगाम–२ धरमपोखरी स्थित बुटवल तम्घास सडक खण्डमा लु.१२ प ७६०१ नम्वरको मोटरसाइकलाई लु.१ ख ४७९४ नम्वरको ट्रकले ठक्कर दिदा मोटरसाइकल चालक बलेटक्सार–४ बस्ने २० बर्षीय कृष्ण भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । सर्लाही नेत्रगंज–१ स्थित पुर्व पश्चिम लोकमार्गमा ढुङग्रेखोला–४ बस्ने २७ बर्षीय पुष्पराज बरालले हाँकेको बा.२८प ४२९१ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल पछाडी बसी यात्रा गर्ने निज बरालको ५५ बर्षीया आमा ईश्वरी बरालको उपचारको क्रममा निधन भएको छ ।
त्यसैगरी झापाको टाघनडुव्बा–१ स्थित भित्री सडक खण्डमा मे.१ ख १८६७ नम्वरको बसको पछाडी मे.१ प ४६६३ नम्वरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक टाघनडुव्बा–७ बस्ने ३८ बर्षीय सुबेद अलीको घटनास्थलमै मृत्यु भएको छ ।
त्यसैगरी आज नै गोरखाबाट काठमाडौं तर्फ आउँदै गरेको बाा ३ ख २००७ नम्बरको बस पृथ्वी राजमार्गस्थिति वैरेनी–८ मच्छेडी खोलामा अनियन्त्रित भय पल्टिदा १५ जना घाइते भएका छन भने घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses