दश बुलेटप्रुफ कार काठमाडौं ल्याइने

काठमाडौ, आश्विन २९ - दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औ शिखर सम्मेलनका लागि चाहिने आरमदायी र अति सुरक्षीत 'बुलेटप्रुफ' दश कार सहित ५५ फरक फरक गाडी भारतबाट ल्याउने निर्णय शिखर सम्मेलन तयारी समितिले गरेको छ ।

सम्मेलनमा सहभागि हुन आउने राष्ट्र एवं सरकार प्रमुखको लागि चाहिने उक्त गाडीहरु नेपालसंग नभएपछि विभिन्न विकल्पमा छलफल भएपछि अन्तमा सरकारले यस्तो निर्णय लिएको हो । भारतीय विदेश मन्त्रालयलाई आवश्यक पर्दा उपयोगमा लिने पर्यटन विभाग अन्तरगतको 'टुरिजम ब्यूरो'बाट त्यस्तो गाडी ल्याउने निर्णय भएको परराष्ट्र मन्त्रालय बरिष्ठ अधिकारीले बताए ।

भारत सरकारले शिखर सम्मेलन प्रयोजनका लागि नेपाललाई उक्त गाडी उपलब्ध गराउन लागेको हो । भारतले आफ्नो मुलुकको भ्रमणमा आउने विशिष्ट अधिकारीलाई भाडामा लिने कम्पनीबाट नै भाडामा लिएर नेपाललाई उपलब्ध गराउन लागेको हो । गाडीको भाडा भारतले तिर्ने भए पनि ल्याउने भाडा भने नेपालले तिर्नुपर्ने हुन्छ ।

बुलेटप्रुफ गाडी कार्गो बिमानमा काठमार्डौ ल्याउने तयारी रहेको परराष्ट्र अधिकारीले बताए । अन्य गाडी भने केहीलाई गुडाएर र केही टेलरमा ल्याउने तयारी भएको पनि ति अधिकारीले बताए ।

यसको सबै ब्यवस्थापन भारत सरकारले नै गर्नेछ तर ल्याउन लाग्ने भाडा भने नेपाल सरकारले नै तिर्ने हुनाले भाडा भन्दा ल्याउने खर्च महंंगो पर्नेछ तर अर्को विकल्प नुहदा स्विकार गरेका हौ , एक अधिकारीले बताए । ल्याउने र पुर्याउने भाडा पनि भारतलाई नै तिरिदिन आग्रह गर्न असहज भएकोले न्यूनतम शुल्क लिन आगं्रह गर्ने भएको छ । अध्ययन टोलीले दशै अगावै भारतबाट गाडी ल्याउन उचीत हुने सुझाव सरकारलाई दिएको थियो । त्यही आधारमा सरकारले निर्णय लिएर भारत सरकारलाई आग्रह गरेको र भारतले पनि सहयोग उपलब्ध गराउन सहमत भएको हो । केही गाडी मंसिर एक गते काठमाडौं आउने छ भने बुलेटप्रुफ कार मंसिर पाचसम्म आइपुग्ने बताइएको छ ।

दुवै मुलुकको सरकारी स्तरमा नै छलफल गरेर उक्त कार भाडामा ल्याउने निर्णय भएको हो । अगामी मंसिर १० र ११मा काठमाडौंमा हुने शिखर सम्मेलनको तयारीको क्रममा सबै विषय टुंगो लगाउदै जानेक्रममा यसको पनि टुंगो लागेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले शिखर सम्मेलन तयारीको काम द्रुत गतिमा अघि बढेको दावी गरे । लोजेष्टिक वा अन्य कुनै सब्स्ट्यान्सीयलको तयारीमा नेपालको कमी छैन, उनले भने । आयोजक मुलुकको कमजोरीको कारण शिखर सम्मेलन सर्दैन भन्दै उनले थपे - 'शिखर सम्मेलन समयमा हुन्छ । गाडी, भवन, सडक, सबै टुंगो लाग्दै अघि बढेको छ । कामहरु भइरहेका छन् ।'

आफ्नो मुलुकको नेतृत्व गरेर आउने राष्ट्र एवं सरकार प्रमुखहरुलाई आवश्यक पर्ने सुविधा सम्पन्न कार सरकारसँग नभएको र भएका केही पनि संरक्षीत नभएकोले अहिले भाडामा लिन पर्ने अवस्था आएको अधिकारीहरुले बताए । राष्ट्रपति रामवरण यादब र प्रधानमन्त्री सुशील कोइरालाले अहिले उपयोग नै गरिहरको बाहेका बुलेटप्रुफ तीनकार आवश्यक मर्मत विना सिंहदरबार र नारायणहिटीमा थन्किएका छन त्यसलाई पनि स्पेर्यसमा राखिने तयारी परराष्ट्रको छ ।

नयाँ गाडी पनि विग्रन सक्ने हुनाले त्यसको स्थानमा अर्को उपयोग गर्न आठ गाडी प्रयोग भइरहेको अवस्थामा कम्तीमा तीन-चार  गाडी स्पयेर्स रहन्छ । विएमडब्लु वा मर्सिडीज कुन गाडी खरिद गर्ने विवाद समेत चलेकोले भारतबाट ल्याइने उक्त गाडीहरु जर्मनी कम्पनीका दुवै पाच - पाच रहने स्रोतले बतायो । सार्कको लागि एक सय ३० गाडी आवश्यक रहेको परराष्ट्रले जनाएको छ ।

अर्थमन्त्रालयले २४ गाडीको मात्र स्विकृत दिएकोले त्यसको टेण्डर भएर खरिद प्रक्रियामा गएको परराष्ट्र अधिकारीले बताए । विभिन्न मन्त्रालयको पनि केही गाडी उपायोगमा ल्याउने तयारी रहे पनि कतिपय मन्त्रालयले आफूसंग गाडी नभएको जानकारी दिइसकेको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.