संविधान निर्माणमा लचकता अपनाएर विश्वलाई चकित पार्छौं , प्रचण्ड

Prachanda-CAभदौ १३ गते मैले सहमति कार्यान्वयन नभए सदन चल्दैन भनेको थिएँ । ४० दिनसम्म जाला भन्ने मैले सोचेको सम्मपनि थिइन । तर दुखको कुरा लामो समयमसम्म सदन अवराध भयो । सशस्त्र द्वन्दको समयमा पनि लगातार वार्ता गर्न सक्ने हाम्रो संस्कार बसेको छ । दुनियको लागि यो नौलो प्रयोग पनि हो । सशस्त्र द्वन्द र सबै प्रकारका आन्दलोलनमा भएको सहमति कार्यान्वयन होस् । सहज ढंगबाट वार्ता र संवादको प्रक्रिया जारी राख्ने र अन्तिममा सहमतिमा पुग्ने हाम्रो सकारात्मक संस्कार हो । पुरै दुनियनलेपनि कहिलेकाँही जिब्रो टोकेर नेपाल अब द्वन्द्मा जान्छ कि भन्ने सोच्छन् । फेरि सहमति भएपछि हामीबाट सिक्नुपर्ने रहेछ भनेर प्रसंसा गर्छन् । मै युरोप जाँदा धेरैले यो कुरा सुनाए । विदेसी नेताहरुबीच झगडा भएपनि ८ महिना बोल्दैनन् । तर हामी मनमुटाव भएपनि वार्ता गर्दै समस्याको समाधान गछौं । हाम्रो मुद्धा सरकारले ढिलै भएपनि सहमति गर्यो । यो राम्रो कुरा हो । संविधान निर्माणका लागि संविधानसभा छ । विवाद समाधान गर्न संवाद समिति छ । शान्ति प्रक्रिया पूरा गर्न बाँकी छ। २ वर्षमा टिआरसी गठन गर्ने भनेका छौं त्यो पूरा गर्न चुनौतीको पहाड छ । हिजो समझदारीको यात्रा शुरु भएको थियो । त्यसले शान्ति प्रक्रिया अघि बढ्दै छ। हामी सत्ता पक्ष र प्रतिपक्ष मात्र होइन एउटै डुंगामा छौ । हामी सहयात्रामै छौं । हामी सबैले बढी धैर्य र विवेक राख्नुनै छ । सत्ता पक्ष र प्रतिपक्षीले लचकता अपनाएर सहमति गरेका छौं । अब संविधान निर्माणमा पनि यस्तै लचकता अपनाएर विश्वदलाई चकित पार्नेछौ । अब सदन अघि बढोस् हामी अवरोध गर्दैनौ । (संसद खुलेपछि प्रचण्डले संसदमा गरेको संवोधनको मुख्य अंश) - See more at: http://www.ratopati.com/2014/10/08/172646.html#sthash.Z2O69lvw.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.