पारसको गिरफ्तारी खबरले ज्ञानेन्द्र गद्गद् ,सुध्रने आसा

काठमाडौं,असोज २९ – हुने कुरा भएरै छाड्दोरहेछ । प्रेमिका कनिका चाइसानको सुराकीका आधारमा पूर्वयुवराज पारस लागुऔषधसहित थाई प्रहरीको फन्दामा छन् । जुन कारणले उनलाई परिवारले नेपाल नआओस् भनेको थियो र जुन जिद्धी नछोड्दा पारस देश र परिवारसँग टाढिएका थिए,अन्ततः नरहे बाँस,नबजे बाँसुरी जस्तो हुन पुगेको छ । अर्थात् पछिल्लो गिरफ्तारीपछि थाई प्रेमिका चाइसानको ब्लाकमेलिङमा परेको र उनको माग पूरा गर्न नसक्दा उनकै सुराकका कारण आफू समातिएको खबर पारसले निर्मल निवासमा पठाएका छन् । बैंककस्थित पारसका निकटहरुले यो खबर टेलिफोनमा पारस पत्नी हिमानीको कानमा पारेका छन् । र,खबरसँगै छोरो सुध्रने आशामा छन् बाबु तथा पूर्वराजा ज्ञानेन्द्र पनि । हृदयघातपछि आराम गर्नुपर्ने ज्ञानेन्द्र पारस पक्राउको खबरले निराश मात्र भएका थिएनन् यस्तो बेइज्जतीपूर्ण जीवन बाँच्नुको सार नहुने भन्दै परिवारसँग असन्तुष्टी पोख्दै थिए । तर,प्रेमिकाप्रति पारसको मोह भंग भएको र उनीविना पनि बाँच्न सक्ने खबर सुनेपछि ज्ञानेन्द्र केही तंग्रिएका छन् ।जनआस्था साप्ताहिकमा खबर छ । 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.