अब बिलबुक र लाइसेन्स डिजिटलमा

digital-license२३ असोज, काठमाडौँ ।  सरकारले अब डिजिटल सवारी चालक अनुपतिपत्र लाइसेन्स र सवारीधनी परिचयपत्र बिलबुक वितरण गर्ने  भएको छ ।  मेसिनबाट पढ्न सक्ने लाइसेन्स र बिलबुक वितरण गर्न यातायत व्यवस्था विभागले अन्तिम तयारी थालेको छ ।   विदेशी अनुदान सहयोगमा सरकारले आगामी २८ मंसिरदेखि डिजिटल लाइसेन्स र विलबुक वितरण गर्न लागेको हो । यसका लागि अन्तर्राष्ट्रिय टेन्डरमार्फत गत वर्ष भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सलाई छानिएको छ ।   छनोट भएको कम्पनीले सफ्टवेयर बनाई आवश्यक सामान भन्सारमा ल्याइसकेको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले बताए । प्रोजेक्टको अवधि आगामी डिसेम्बर १४ सम्म छ, उनले भने त्यभित्रै हामीले डिजिटल लाइसेन्स वितरण गर्नेछौं । विभागले डिजिटल लाइसेन्स वितरण गर्न कर्मचारीलाई तालिम पनि दिइसकेको खबर आजको नयाँ पत्रिकाले छापेको छ । घाम पानीमा नबिग्रने कार्डमा मोबाईलको सिम जस्तै चिप्सको प्रयोग हुनेछ । जुन चिप्स ट्राफिक प्रहरी स्थानमा सानो कार्ड रिडर मेसिनको सहयोगले अध्यन गर्न सक्नेछ । कार्डमा फोटो सहितको व्यक्तिको आवश्यक  विवरण बाहिर (प्रष्ट देख्न सकिने गरी) नै लेखिएको हुनेछ भने चिप्समा अन्य विवरण राखिने छ । 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.