पर्यटकिय क्षेत्र ठमेलमा चोरी डकैती, गुन्डागर्दी, लागूऔषध कारोबार र यौन व्यवसाय

thamel-kathmandu
राजधानीको मुख्य पर्यटकिय क्षेत्र ठमेल आपराधिक घटनाका लागि हब बन्दै गएको छ ।

चोरी डकैती, गुन्डागर्दी, लागूऔषध कारोबार र यौन व्यवसाय जस्ता गतिविधि ठमेल क्षेत्रमा बढ्दैछन् ।

पछिल्ला ३ वर्ष सुधारिएको ठमेल फेरी पुरानै स्थितिमा फर्कन थालेको छ । पछिल्ला केही दिनमा ठमेलभित्र बीस मिटर आसपासमा दुइ रातमा ४ घटना भए ।

चोरले सटरको ताल्चा काटेर लकरमा राखेको पैसादेखि बियर, वाइन, चुरोट जस्ता सामान पनि लगे । त्यस्तै ठमेलमा चरेस र युवती मिलाइदिने दलाल चोक चोकमा भेटिन्छन् । व्यवसायीहरुलाई  पनि त्यहाँ धम्क्यायँदै रकम असुल्ने प्रबृत्ति पनि बढिरहेको छ

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.