३० घन्टादेखि नख्खु जेल कैदीको नियन्त्रणमा

काठमाडौं,असोज २९ – ललितपुरस्थित नख्खु कारागारका कैदी बन्दीले ३० घन्टादेखि जेलको एउटा ब्लक आफ्नो नियन्त्रणमा राखेकमा छन् । जेलको आन्तरिक तथा बाह्य प्रशासनले भेदभाव गरेको भन्दै उनीहरुले सोमबार दिउँसो ३ बजे जेलको ‘सी’ ब्ल्कमा ताल्चा लगाएर कब्जामा लिएका हुन् । नख्खु जेलमा कैदी बन्दीलाई डी र सी नामक दुई ब्लकमा छुट्याएर राखिएको छ । कब्जामा लिइएको सी ब्लकमा झन्डै २ सय ६२ कैदीबन्दी छन् । जेलर चक्रपाणी गौतमका अनुसार कैदीबन्दीले सी ब्लकका १० ठाउँमा ताल्चा लगाएका छन् । ब्लक खुलाएर प्रशासनको नियन्त्रणमा ल्याउन जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय टोलीले पटकपटक वार्ता गरे पनि उनीहरु सहमत नभएको आजको नागरिक दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.