नेपालको शानदार सुरुआत, कुवेतमाथि ९ विकेटको जित
, आश्विन ११ । दक्षिण कोरियाको इन्छनमा जारी एसियाडअन्र्तगत् पुरुष क्रिकेटमा नेपालले शानदार सुरुआत गरेको छ । कुवेतले दिएको २१ रनको झिनो लक्ष्य नेपालले १ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा सागर पुनले ९ रन र सुवास खकुरेल, विनोद भण्डारी दुबैले अविजित क्रमशः ७ र ५ रन बनाए ।
यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ
गरेको कुवेत १३ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २० रनमै समेटिएको थियो ।
नेपालका सोमपाल कामी र बसन्त रेग्मीले समान ३/३ विकेट लिए । सुरुआतदेखि नै धरमराएको कुवेती इनिङ ध्वस्त पार्नेक्रममा सागर पुनले २ विकेट झारे । कुवेतका २ खेलाडी एलबीडब्लुको धरापमा परे ।
कुवेतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । ५ खेलाडी शून्य रनमै पवेलियन फर्किएका थिए । ट्वेन्टी–२० खेलमा कुवेतले ७ रन अतिरिक्त रनका रुपमा पाएको थियो । नेपालको अर्को खेल मलेसियासँग हुनेछ ।
नेपालको जितमा सागर पुनले ९ रन र सुवास खकुरेल, विनोद भण्डारी दुबैले अविजित क्रमशः ७ र ५ रन बनाए ।
यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ

नेपालका सोमपाल कामी र बसन्त रेग्मीले समान ३/३ विकेट लिए । सुरुआतदेखि नै धरमराएको कुवेती इनिङ ध्वस्त पार्नेक्रममा सागर पुनले २ विकेट झारे । कुवेतका २ खेलाडी एलबीडब्लुको धरापमा परे ।
कुवेतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । ५ खेलाडी शून्य रनमै पवेलियन फर्किएका थिए । ट्वेन्टी–२० खेलमा कुवेतले ७ रन अतिरिक्त रनका रुपमा पाएको थियो । नेपालको अर्को खेल मलेसियासँग हुनेछ ।
ड्रागन एअरको विमान बिग्रिएर काठमाडौंमा थन्किँदा खेलाडीहरुले दुःख पाउँदै अर्को जहाजमा बल्ल आज बिहान इन्छन पुगेका थिए ।
नेपालस्थित खेल सम्बन्धित निकायले चासो नदिँदा खेलाडीहरु समयमै आउन नपाएका हुन् ।
बंगलादेशमा सम्पन्न विश्वकपको सहभागी टिम नेपाललाई पदकको दावेदार टिमका रुपमा हेरिएको छ ।

तस्वीरः एसीसी ।
- See more at: http://imagekhabar.com/samachar/detail/41799/31/.shtml#sthash.BAMUbvXJ.fUC9CsdF.dpuf
0 comments
Write Down Your Responses