प्रेमको नाटक गरि नयाँदिल्ली पुर्याइ बिक्री गर्न खोज्ने युबक ..

प्रेमको नाटक गरी एक युवतीलाई भारतको राजधानी नयाँदिल्ली पुर्याए बिक्री गर्ने एक युवक पक्राउ परेका छन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ, नेपाल प्रहरी केन्द्रयि अनुसन्धान ब्युरो सिआइबीले नुवाकोटका राजु तामाङलाई पक्राउ गरेको हो । दिल्ली घुम्न जाने र उतै काम गरी बस्ने भन्दै तामाङले १५ वर्षीया युवतीलाई दिल्ली लगेका थिए । त्यहाँ केही दिन सँगै रहेपछि उनले ती युवतीलाई कोठीमा लगेर बिक्री गरेका थिए । प्रहरीले माइती नेपालको सहयोगमा गत चैत्रमा ती युवतीलाई उद्धार गरेको थियो ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.