काठमाडौं –गायक स्वरुपराज आचार्यले आफुले क्रिएसन गरेको ट्युनकै कारण श्रीमतीसँग झन्डै डिभोर्स गरेको खुलासा गरेका छन् । दुई वर्षअगाडि आफ्नो एल्वमको शीर्ष गीत मनमोहिनीका लागि एउटा ट्युन आफ्नो श्रीमतीको मोवाइलमा रेकर्ड गरेको र श्रीमतीले उक्त मोवाइल नै चेन्ज गरेर ट्युन हराइदिएपछि श्रीमतीसँग बढेको कटुता डिभोर्स गर्नेसम्मको स्थितीमा पुगेको बताएका छन् । उनले पछि त्यो ट्युन ससुराको मोवाइलमा भेटिएपछि सम्बन्ध सहज बनेको बताए । आफ्नो क्रिएसनलाई आफुले निकै माया गर्ने र त्यसका लागि कसैसँग आफुले सम्झौता नगर्ने बानी आफुमा भएकाले जस्तोसुकै कठोर निर्णय लिन पनि आफु तयार हुने उनले बताए । ‘मेरो लागि यो ट्युन निकै नै महत्वपुर्ण थियो,यही ट्युनका कारण झन्डै डिभोर्स भएको थियो । यस्तो हुनु स्वभाविक पनि हुने थियो । किनकी म क्रिएसनका लागि कसैसँग सम्झौता गर्दिन’ नयाँ पत्रिका दैनिकसँग कुराकानी गर्दै गायक आचार्यले भनेका छन् । ‘मेरो मोवाइलमा स्टोरेज नभएकाले मैले दुई वर्षअगाडि श्रीमतीको फोनमा एल्बमको शीर्ष गीत मनमोहिनीको ट्युन रेकर्ड गरेको थिएँ । त्यो दिन बिहान मेरो मनमा नयाँ–नयाँ ट्युन उत्पन्न गरेको थियो । तर मोवाइलमा भरेको यो ट्युनबारे केही समयपछि विर्सिए । केही समयपछि झल्यास्स त्यो विहानको सम्झना ताजा भएर आयो । श्रीमतीलाई भनँे,‘खै, त्यो ट्युन कहाँ छ ?’ तर यसबीचमा उनले मोवाइल चेन्ज गरिसकेकी थिइन्’ त्यसपछि श्रीमतीसँग आफ्नो सम्बन्ध विग्रिएको उल्लेख गर्दै उनले भनेका छन् । - See more at: http://www.ratopati.com/2014/09/27/170377.html#sthash.pOg59jak.HAOzZBO6.dpuf
2 comments
Write Down Your Responses
September 26, 2014 at 10:26 PM
Nonsence. Euta tune bhanda wife dherai mathi hunchha. Pheri jaslai important huna parne ho usle po save garna paryo ta. Tapai jasta singer ko socha yesto ghatiya chha bhanera janda dukha lagyo.
September 26, 2014 at 11:08 PM
Publicity stunt............
Attempted..........
................ Failed.. :D