काठमाडौं, आश्विन ८ । सभामुख सुवास नेम्वाङले संवाद समिति र मस्यौदा समितिमा रहेका सभासदहरुलाई दसैंमा समेत गाउँमा नजान आग्रह गरेका छन् । अहिलेको प्राथमिकता संविधान निर्माण भएकाले यसतर्फ सभासदहरुले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
अन्य सभासदहरु समेत फूलपातीको दिनमा गएर आश्विन २१ गते नै काठमाडौं फर्किने उनको विश्वास छ ।
नेपाल दृष्टिविहीनसंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नयाँ संविधानमा दृष्टिविहीनलगायतका शारीरिक अपांगहरुको अधिकार पनि सुनिश्चित गरिने बताए ।
व्यवस्थापिका संसदको अवरोधले आर्थिक संकट समेत निम्त्याउने भन्दै नेम्वाङले यो अवस्थालाई धेरै लम्ब्याउन नहुने बताए ।
कार्यक्रममा एकीकृत माओवादीका नेता गिरीराजमणि पोखरेलले पार्टीभित्रको आन्तरिक विवादले संविधान निर्माणमा असर नपार्ने बताए ।
यस्तै, कांग्रेस नेता गगन थापाले एकीृकत माओवादीले नचाहेपनि संघीयतासहितको संविधान आउने दाबी गरे ।
कांग्रेसकै अर्का नेता रामहरी खतिवडाले ढिलो/चाँडो संविधानसभा प्रक्रियामै जानुपर्ने भएकाले प्रक्रियामा जान ढिला गर्न नहुने बताए ।
त्यस्तै, एमाले नेता शेरधन राईले संविधानसभाभन्दा बाहिर कुनै पनि समिति बनाउन नहुने बताए ।
सदभावनाका नेता लक्ष्मणलाल कर्णले सहमतिको प्रयास नगरी प्रक्रियामा मात्रै जाऊ भन्नु गलत भएको बताए ।
नेपाल दृष्टिविहीन संघका अध्यक्ष रमेश पोखरेलले २६ जनामा अपांगता भएका व्यक्तिहरुलाई समेट्ने भनेर सरकार र पार्टीहरुले झुक्याएको आरोप लगाए । - See more at: http://imagekhabar.com/samachar/detail/41726/61/.shtml#sthash.5ldIRUbF.79uLa8UH.dpuf
सभासदलाई दसैंमा गाउँ नजान सभामुखको आग्रह
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses