दाँत पहेँलो भएर दिक्क हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार

के तपाईंको दाँत पहेँलो छ ? जति राम्रोसँग दाँत माझ्दा पनि सेतो नभएर हैरान हुनुभएको छ ? यदि हुनुभएको छ भने चिन्ता नगर्नुस्, घरेलु उपचार विधिबाटै तपाईंको समस्या समाधान हुन सक्छ ।
white-teeth-from-yellowदाँतमा जमेको फोहोर राम्रोसँग नपखालिँदा दाँत पहेँलो हुने गर्छ । साथै, दाँत पहेँलो गराउनेखालका खाना बढी खाँदा अथवा बढी औषधी सेवन गर्दा पनि दाँत पहेँलो हुने गर्छ ।

पहेँलो दाँतले तपाईंको मुहारको सुन्दरतामा ह्रास ल्याउने मात्र गर्दैन, तपाईंको आत्मविश्वासमै कमी ल्याइदिन्छ । तर नआत्तिनुस्, घरेलु उपचार विधिबाटै यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ :
तुलसीमा दाँतको पहेँलोपन हटाउने गुण हुन्छ  तुलसीको पातलाई घाममा राम्रोसँग सुकाएर यसको पाउडरलाई टुथपेस्टमा मिलाएर ब्रस गर्न थाले दाँत बिस्तारै चम्किन थाल्छ ।
नुनले दाँत सफा गर्ने विधि पुरानै हो । नुनमा सस्र्युंको तेल दुई–तीन थोपा हालेर ब्रस गर्ने हो भने दाँतको पहेँलोपन बिस्तारै हट्दै जान्छ ।
सुन्तलाको बोक्रा र तुलसीको पात सुकाएर यसलाई पाउडर बनाउने र ब्रस गरेपछि यस्तो पाउडरले नियमित दाँत मसाज गर्दा पनि दाँतको पहेँलोपन हट्न थाल्छ ।
भोजनपछि गाँजर नियमित खाने गर्दा पनि दाँतको पहलोँपन हट्छ । गाँजरमा भएको रेसाले राम्रोसँग दाँतको सफाइ गर्छ ।
- See more at: http://nepaliheadlines.com/2014-07-27-02-26-15.html#sthash.AKeSNH5r.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.