इस्लामिक लडाकुले बेलायती नागरिकको घाँटी रेटे (भिडियो सहित)

२९ भदौ, एजेन्सी । इराक र सिरियामा सक्रिय इस्लामिक स्टेट आएसका लडाकुले सहयोग नियोगमा काम गर्ने बेलायती नागरिक डेविड हेन्सको घाँटी रेटेको भिडियो सार्वजनिक गरेका छन् । लडाकुले गरेको १ महिनाभित्रको यो तेश्रो यस प्रकारको हत्या हो । बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले बेलायती नागरिकका हत्यारालाई नछोड्ने चेतावनी दिएका छन् । डेविड हेन्सको घाँटी रेटेको भिडियोमा शुरुमा डेविड क्यामरुनलाई देखाइएको छ भने त्यसपछि उनलाई रेटिएको दृष्य छ । अमेरिकी राष्ट्रपतिले बराक ओबामाले बेलायती नागरिक मारिएकोमा शोक ब्यक्त गर्दै बेलायतलाई शोकमा सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन् । बेलायतमा इस्लामिक लडाकुमाथि कारवाही गर्ने विषयमा सुरक्षाको आपतकालीन कोब्रा बैठक प्रधानमन्त्री डेविड क्यामरुनको अध्यक्षतामा बस्दैछ । क्यामरुनले निर्दोष र निहत्था सहयोगी नागरिको हत्यालाई घृणित कार्यको सज्ञा दिएका छन् । हत्याराहरुलाई न्यायको कठघरामा ल्याएर बेलायती नागरिकलाई न्याय दिने कुरामा सरकारले कुनै कसर नछोड्ने पनि उनले बताएका छन् । केही दिन अघि मात्र इस्लामिक लडाकुहरुले २ अमेरिकी पत्रकारहरुको पनि केही दिनको फरकमा घाँटी रेटेर हत्या गरेका थिए । अमेरिकाले आएसका लडाकुमाथि हवाइ आक्रमण गर्दै आएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.