कोरिया हिँडेका क्रिकेटसहितका खेलाडी विमानस्थलमै अलपत्र, क्रिकेट खेल भोलि
काठमाडौं, आश्विन १० । एसियाडमा सहभागिता जनाउन दक्षिण कोरियाको लागि हिँडेका नेपाली खेलाडी तथा प्रशिक्षकहरु काठमाडौंस्थित विमानस्थलमै अलपत्र परेका छन् । ड्र्यागन एअरको उडानबाट कोरिया जाने तयारीमा रहेका एथ्लेटिक्स, क्रिकेट, कुस्ती र टेबल टेनिसका खेलाडीहरु फ्लाइट स्थगित भएपछि विमानस्थलमै अलपत्र परेका हुन् ।
एथ्लेटिक्स टिम बुधबार तथा अन्य टिम
विहीबार (हिजो) कोरिया जाने तयारीमा थिए । तर, ड्र्यागन एअरको विमान बिग्रिएर काठमाडौंमै थन्किएपछि खेलाडीहरु दुई दिनदेखि अलपत्र परेका हुन् । उडान रद्द भएपछि आज बिहान ३ बजे खेलाडीहरु अन्नपूर्ण होटलमा आएर सुतेका थिए ।
अहिलेसम्म उडानबारे केही जानकारी नआएकोले एसियाडमा सहभागिता नै समस्यामा पर्न लागेको एथ्लेटिक्स टोलीको मुख्य प्रशिक्षक सुशील नरसिंह राणाले बताए । अहिलेसम्म काठमाडौमै अड्किएका सबै खेलमा नेपालले शनिबार (भोलि) प्रतिस्पर्धा गर्नुपर्नेछ ।
क्रिकेट टिमले भोलि २ बजे माल्दिभ्ससँग खेल्नुपर्नेछ भने एथ्लेटिक्सका कुल ९ मध्ये ६ खेलाडीको पहिलो इभेन्ट भोलि नै छ । यसैगरी कुस्तीले आजै प्रारम्भिक सहभागिता जनाउनुपर्ने थियो भने टेबल टेनिसका खेलहरु पनि भोलि नै हुनेछन् ।

0 comments
Write Down Your Responses