एमाले बैठकमा चर्काचर्की, एकलौटी गरेको भन्दै नेतृत्वप्रति नेपाल पक्षको आक्रोश

काठमाडौं, भाद्र ३० । नेकपा एमालेको सोमबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष केपी ओली र माधव नेपाल पक्षबीच चर्काचर्की परेको छ । बिहान सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको बैठकमा पार्टीलाई एकलौटी रुपमा चलाउन खोजेको भन्दै नेपाल पक्षले आक्रोश पोखेको हो ।

उपाध्यक्ष भीम रावल, सचिव योगेश भट्टराइ र नेता माधव नेपालले नवौं महाधिवेशनपछिपार्टी कसले कहाँबाट चलाएको छ भन्ने विवरण मागेका थिए । उनीहरुले सभासदहरुको मनोनयन, संसदीय दलको प्रमुख सचेतकको छनोट र पछिल्लोपटक दुई मन्त्रीको फेरबदलका विषयमा नेतृत्वको चर्को आलोचना गरेपछि बैठक स्थगित भएको थियो ।

दिउँसो २ बजेपछि पुनः बसेको बैठकमा नेपाल पक्षले उठाएका विषयमा अर्को बैठकमा छलफल गर्ने अध्यक्ष ओलीले बताएको सचिव भट्टराइले जानकारी दिए ।

उपाध्यक्ष विद्या भण्डारीले भने त्यस विषयले बैठकमा प्रवेशै नपाएको दाबी गरिन् ।

यस्तै, अर्का उपाध्यक्ष भीम रावलले माथिल्लो कर्णालीको आयोजना विकास सम्झौताका विषयमा छलफल भएको बताए । सम्झौता देशका लागि जरुरी भएपनि हतारमा हस्ताक्षर गर्न नहुनेमा पदाधिकारी एक भएको उनले बताए ।

भोलि हुने राजनीतिक सम्मेलनबारे समेत बैठकमा छलफल भएको र शीर्ष नेता तथा कार्यदलमा छलफल गरेर मात्रै बैठकमा सहभागी हुने तयारी एमालेले गरेको रावलले जानकारी दिए । - See more at: http://imagekhabar.com/samachar/detail/41461/61/.shtml#sthash.GRnVRGqP.YMcYfaBj.dpuf

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.