बलात्कारपछि बालिका गर्भवती

रुकुम, भदाै १४ - रुकुमको गराइला गाबिसकी एक १३ बर्षिया बालिका जबर्जस्ती करणीपछि गर्भवती भएकी छिन् । त्यही गाउँका ४५ बर्षिय भिमबहादुर ओलीले बलात्कार गरेपछि ती बालिकामा चार महिनाको गर्भ रहेको खुलेको हो ।
बालिकाले दिएको जानकारी अनुसार एकदिन साँझ घर फर्कंदै गर्दा बाटोमा मुख थुनेर ओलीले बलात्कार गरेका हुन । डरका कारण आफूले यो कुरा कसैलाई नभनेको ती बालिकाले बताईन् । पेटमा गर्भ रहेको थाहा भएपछि ती बालिका स्कूल जान छाडेकी छिन् ।
घटनाबारे थाहा हुने बित्तिकै भदौ १३  गते प्रहरी चौकी पुर्तिमकाँडामा जानकारी गराए पनि प्रहरीले वास्ता नगरेको पीडित पक्षले बताएका छन् । बालिका गर्भवती भएको खुलेपछि आरोपितलाई समातेर सोधखोज गर्दा नीजले स्वीकार गरेको गाउँलेले बताएका छन ।
एक हप्ताअघि यो कुरा थाहा भएपछि आरोपित ओली गाउँ छाडेर भागेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी गौतमराज कट्टेलले यो घटनाबारे प्रहरीलाई आधिकारीक रुपमा जानकारी नभएको बताउनुभयो । जानकारी आउने बित्तिकै दोषीलाई कारवाही हुने उहाँले बताउनुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.