प्रेम विवाह पछि पति फरार पत्नी अलपत्र

धनगढी,  भदौ  १४ – सँगै बस्दै आएका पति डेराबाट फरार भएपछि आफू अलपत्र परेको भन्दै एक महिलाले पतिको खोजी गरी न्याय दिलाइदिन याचना गरेकी छन् ।
प्रेम विवाह गरेर दुई वर्षदेखि सँगै बस्दै आएका भारत, उत्तर प्रदेश, खिरी जिल्ला, पलिया बजारका शिवम दीक्षित फरार भएपछि अलपत्र परेकी २५ वर्षीया गर्भवती महिला सुनिता चौधरीले शुक्रबार सहयोगको याचना गरेकी हुन् ।
सीमापारी गौरीफाँटा बजारमा व्यापार गर्दै आएका श्रीमान् दुई हप्ताअघि धनगढीस्थित डेराबाटै आफूलाई छाडेर फरार भएको पीडित चौधरीले बताइन् ।
दीक्षित डेरामा कमाएर राखिएको नगद रु ४० हजारका साथै खाना पकाउने एलपी ग्यास बेचेर फरार भएको बताइएको छ ।
कैलालीको साडेपानी गाविसमा माइती घर रहेकी चौधरीको बच्चा पाउने अवस्थामा पति फरार रहेपछि उनी थप समस्यामा परेकी छन् ।
घटनाका सम्बन्धमा त्रिनगर सीमा प्रहरी चौकी कैलालीलाई सीमा पारीको भारतीय प्रहरीसँग समन्वय गरी पीडित महिलाको समस्या समाधानको लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय महिला सेलकी प्रमुख प्रहरी सहायक निरीक्षक कमला भट्टले बताए ।

 भिडियो हेर्न तल क्लिक गर्नुहोस :

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.