साइकल यात्री पुस्कर शाहले गर्दै नगरेको यौन सम्पर्कलाई १०० डलर तिरे !!

लाइबेरियाको राजधानी मोन्रोभियाको ‘क्ले’ भन्ने ठाउँमा रहेछ इमिग्रेसन कार्यालय । “चपचप ।” इमिग्रेसन अफिसरले मेरो पासपोर्ट चेक गरेपछि भन्यो । मैले चप भनेको थाहा नभएको बताएँ र सरासर अघि बढेँ । केही पर पुगेपछि त्यो हाकिम फेरि करायो, मानौँ, मैले उसको चपचप खोसेर लगेको थिएँ, “गिभ मी चपचप ।” “मलाई थाहा छैन चपचप के हो रु” मैले भनेँ । “आई एम हङ्ग्री, गिभ मी चपचप, मनी !” अनि बल्ल मैले थाहा पाएँ चपचपको अर्थ । जसोतसो पिण्ड छुटाएँ । बाटैभरि केटाकेटीको चपचप त कति हो कति १ इमिग्रेसन कार्यालयका हाकिमले पर्यटकको पासपोर्ट चेक गर्दा घँस माग्ने देशका अरु जनताको हालत के होला रु घुस र भ्रष्टाचार देख्दा मलाई लाइबेरियामा फेरि अर्को गृहयुद्ध होला जस्तो लाग्यो ।Puskar saha book लाइबेरियाको गृह–नरसंहारमा मान्छेहरुको मात्रै होइन, धेरै मोटरको पनि ‘मृत्यु’ भएको थियो । राजधानी मोनरोभियाका सडकवरिपरि हजारौँ गाडीका अस्थिपञ्जर सजिलै देख्न सकिन्छ । पचास प्रतिशत जनसङ्ख्या गरीबीको रेखामुनि छ । युद्धबाट तङ्ग्रिन लागेको देशमा जताततै मगन्तेहरु देखिनु नौलो कुरा भएन । नेपालबाट शान्ति स्थापनार्थ लाइबेरिया आएका सशस्त्र पुलिसको क्याम्पमा मेरो बास थियो । साँझपख घुम्न निस्केको थिएँ, ‘झिकीझिकी’ भन्दै एउटी काली युवती नजिकै आई । “के ?” मेरो प्रश्नले अलिकति झस्किएजसरी उसले जवाफ दिई, “झिकीझिकी, सेक्स ।” अर्को नौलो शब्द सुनेँ मैले । मैले उसको झिकीझिकीलाई बाईबाई गरिदिएँ । अनौठो के छ भने, लाइबेरियाका केटाकेटीको मुखमा चपचप र ठिटीहरुको मुखबाट झिकीझिकी बाहेक केही सुनिँदैन । आफ्नै परिवारसँग भए पनि केटीहरु झिकीझिकी भन्न लाज मान्दैनन् । सेक्स स्वतन्त्रताले सीमा नाघिसकेको छ । अझै साँझपख त झिकीझिकीको भाउसहित पुलिस हेडक्वार्टरवरिपरि नै तरूनीहरु घुमिरहेका हुन्छन् । कतिपयलाई झिकीझिकी गरेर पेट पाल्नुपर्ने बाध्यता पनि होला, तर धेरैको लागि सजिलैसँग पैसा आउने माध्यम पनि भएको रहेछ । त्यसैले यो पेशामा अल्छी तरूनीहरुको संलग्नता बढी छ । झिकीझिकीको कारणले राम्राभन्दा नराम्रा घटना धेरै भएको सुनेँ मैले । कतिपय झिकीझिकी गर्ने केटीहरुले केटाहरु खोजेर झिकीझिकी सकिएपछि केटाहरुको साथमा भएको सबै पैसा, औँठी, घडी सबै लगिदिँदा रहेछन् । झिकीझिकीलाई निरन्तर पेशाको रुपमा होइन कि उनीहरुले यसलाई सुनको अन्डा पार्ने कुखुरी सोच्दा रहेछन् । शान्ति स्थापनार्थ आएका एक जना नेपाली पुलिस पनि झिकीझिकीको फन्दामा परेछन् । यो कुरा मलाई अर्का झिकीझिकीपीडित पुलिसले बताएका । उनले भने, “उनीहरुसँग झिकीझिकी गरिसकेपछि भनेजति पैसा नदिए वीर्य झरेको कन्डम नै बोकेर हाकिमको अफिसमा पुग्छन्, अनि परेन फसाद !” झिकीझिकी गर्नको लागि जात, धर्म, रङ्ग र परिवेशले बाधा नपुर्‍याउने भएकैले होला, पुलिस क्याम्पका सामान्य दर्जाका पुलिसदेखि हाकिमहरुसम्म यस काममा लिप्त रहेछन् । एक जना नेपाली पुलिसको त झिकीझिकीपछि छोरोसमेत जन्मिसकेको रहेछ । त्यो नेपाली पुलिसले झिकीझिकी गरी जन्माएको छोरो काली युवतीहरुको बीचमा प्यारो र हिट भएछ अनि कालीहरुलाई गोरो सन्तान जन्माउने धोको झनै बढेको रहेछ । त्यसैले नेपाली पुलिस क्याम्पवरिपरि पुलिसलाई झिकीझिकी गर्न झनै सजिलो रहेछ । अब कति गोरा सन्तान जन्माउने हुन्, नेपाली पुलिसले लाइबेरियामा ? जय होस्, नेपाली पुलिसको झिकीझिकी ! पचास डलरको चुम्वन सल्लाघारीको बीचमा दौडिँदा कुनै हिँडिरहेको ठाउँमा छुजस्तै लाग्छ । अझ सल्लाघारीमा हावा चलेर सल्लाको पिररो बजेको सुन्दा त निकैबेर त्यहीँ बसिरहुँझैँ लाग्छ । यहाँ सबैभन्दा चल्तीको व्यापार काठको कोइलाको छ । सडकको किनारमा जताततै कोइलाका बोराहरू बेच्न राखिएका छन् । जङ्गलको बीच–बीचमा रित्तो जर्किन देखाएर राखिएको छ । त्यसको अर्थ, यहाँ पेट्रोल, डिजेल पाइन्छ । जसलाई ड्राइभर भाषामा बुस फिलिङ्ग स्टेशन भनिन्छ अर्थात् झाडी पम्प । अर्को उत्सकुलाग्दो कुरा के भेटिन्छ भने यहाँको लोकल वियर भनेर ट्रेटा प्याकमा मकैको जाँड । पहिला त मैले यो कागजको प्याकमा दुध बेचिन्छ होला भन्ठानेको थिएँ, हैन रहेछ । जाम्वियाको स्थानीय वियर पनि चाखी हेरेँ । जाँड मेरो लागि त्यति नौलो त हैन तर अफ्रिकन जाँड भनेर चाखेँ मात्र । साइकलमा चढ्दा जाँड खानु पनि भएन । फेरि अफ्रिकामा त साइकललाई पनि लाइसेन्स माग्छन् पुलिस मामाहरू । चिङ्गोला पुगेपछि बाटोको छेवैमा एउटा ट्रकको ड्राइभरले रोक्यो मलाई । उसले एउटा सस्तो होटल देखाइदियो । घाम निकै अगाडि डुबिसकेको थियो । मान्छेहरू साँझको सदुपयोग गर्न बारमा जम्मा भइसकेका थिए । थकाइले यतिखेर चाहिँ मलाई दिउँसोको मकैको जाँड याद दिलाउँछ । अघिको ड्राइभर कता ट्रक थन्काएर फेरि देखा पर्‍यो । उसले मलाई एउटा चीसो वियर खानको लागि अनुरोध गर्‍यो । मेरो शरीरले पनि केही चिसो तरल मागिरहेको थियो । हामी एउटा बारमा गयौँ । त्यही केटा र केटीहरू सराबरी थिए । उनीहरू जोडीभन्दा पनि जोडीको खोजीमा थिए । उनीहरू बेला–बेलामा सिक्का खसालेर स्टेरियामा मन परेको गीत बजाउँथे । पाँच सय क्वाचाको एउटा सिक्का किन्यो त्यो सिक्काले एउटा गीत बज्थ्यो । एउटा वियर पिएपछि म पनि बारमा आधी परिचित हुन्छु । एउटी मोटी केटीले मलाई तानेर गीतको तालमा नाच्न लगी । म एकैछिन उसको कम्मरमा हात राखेर नाची दिएँ । ड्राइभरले फेरि मलाई एउटा वियर किनिदियो र स्वास्नीले बोलाई भनेर गयो । त्यतिन्जेलसम्म म बारमा पँरा परिचित भइसकेको थिएँ । अब त्यो मोटी केटीमात्र हैन अर्की पातली केटी पनि टाँसिन आई मेरो अर्कोपट्टि । उनीहरू बेला–बेलामा पाँच सय क्वाचा खर्च गर्थे र गीत बजाउँथे । अनि मलाई तानेर उनीहरूको जिउमै टाँसेर नचाउँथे । म चुपचाप सिकारू नृत्य गर्थे । उनीहरूको अङ्ग–प्रत्यङ्ग छेउछाउ मेरा हात समाएर पुर्‍याउँदा मलाई असहज महसुस हुन्थ्यो । तर हाम्रो नृत्यलाई मान्छेहरू असहज मानिरहेका थिएनन् । सङ्गीत नृत्यपछि ओछ्यान नृत्यको प्रस्ताव आयो मलाई । दिनभरि साइकल नृत्य, साँझ वियर अनि सङ्गीत नृत्य । अनि फेरि ओछ्यान नृत्य ! ओ हो ! यो त अति नै हुन्छ । यो दिनभरिको थकाइले ओछ्यान नृत्य मेरो रुचिको विषय थिएन । तैपनि ममा अलिकति उत्सुकता जाग्यो । यो ओछ्यान नृत्यका लागि कति क्वाचा खसाल्नुपर्छ, मैले जान्न चाहेँ । मैले मँल्य सोधेपछि त मोटी र पातली दुवैले कान तीखो पारे । “मसँग पैसा छैन ।”, मैले उनीहरुसँग फुत्किने सजिलो उपाय त्यही पाएँ । उनीहरु भाउ घटाउन थाले । अरे बाबा, मसँग अहिले एउटा वियर किनेर खाने पैसा पनि छैन । उनीहरुलाई विश्वास दिलाउन त्यहाँको स्थानीय ड्राइभरजस्तै हुँ भनी उदाहरण पनि दिएँ । “ड्राइभरले मलाई वियर किनिदिएको थियो ।”, कुरा गर्दागर्दै मोटी र पातली त उधारो सम्भोगमा पुगे । “अरे यस्तो पनि हुन्छ जाम्वियामा रु”, मैले सोधेँ । “म तिमीलाई विश्वास गर्छु ।”, मोटी चाहिँले मेरो गालामा उसको बाक्लो ओंठले चुम्वन गरी र भनी । पातलीले आँखा तरी हामी दुवैलाई । “ सरी, म उधारो सम्भोग गर्दिनँ ।” मलाई यतिखेर व्यर्थमा ओछ्यान नृत्यको मँल्य सोधेछुझैँ भयो । ढक्, ढक्, ढक् गरेको आवाजले व्युझिएँ म । भर्खर बिहानको सात बज्न लागेको रहेछ । एक जना लोग्ने मान्छे र हिजो राति बारमा भेटिएकी मोटी केटी रहेछन् । उनीहरुले मलाई एकछिन बाहिर आउन भने । म लुगा लगाएर बाहिर निस्किएँ । त्यो लोग्ने मान्छे पुलिस रहेछ । उसले आफ्नो परिचयपत्र देखायो । अनि मलाई सोध्यो, “तिमी यो केटीसँग राति सँगै थियौं ?” “अँ, म बारमा थिएँ ।”, मैले भनेँ । “हैन, उसको ओछ्यानमा ?”, उसले अचम्मको प्रश्न गर्‍यो । “अरे म भर्खर आफ्नो कोठाबाट बाहिर निस्किरहेछु , जुन तपाईँ देखिरहनुभएको छ । म कसरी उनको ओछ्यानमा हुन सक्छु ?” “नभए यो के हो त ?” उसको भनाइले म अझै निद्रामा छु कि जस्तो बनायो । उसले गोजीबाट उउटा कण्डम निकालेर मलाई देखायो, जुन कण्डम सम्भोगमा प्रयोग गरिएको थियो । गाँठो पारिएको त्यो कण्डमभित्र स्खलित विर्य थियो । मेरा शरीरका सबै अङ्गहरु लल्याक लुलुक भएर आए । म निकैबेर केही बोल्न सकिनँ । त्यो पुलिस भनाउँदो आफैं बोल्यो, “तिमीले ऊसङ्ग बिताएको रातको पैसा दिनुपर्छ ।” मैले उसको भनाइको प्रतिकार गर्ने कुनै शव्द र उपाय झट्ट पाउन सकिन अनि सोधेँ, “कति पैसा ?” त्यतिखेरसम्म मेरो स्वर निकैबेर रोएर थाकेजस्तै भइसकेको थियो । “सय डलर ?” उसको बोलीले झन् म बसेको मेचबाट चलमलाउन सक्दिनँ झैं लाग्यो । तरक्क आँसु झर्‍यो । मुख पनि धोएको छैन मैले । आँसुले मुख धोएँ । “मैले गर्दै नगरेको कुरालाई किन यत्रो पैसा तिर्ने ?” त्यो मेरो आक्रोशको आवाज थियो । तर मेरो स्वर आँसुजस्तै पिलन्धरे थियो । उनीहरु्र मेरो स्वर र आँसुलाई सहानुभँति दिने पक्षमा थिएनन् । त्यो केटीको अनुहारमा पनि मेरा आँसुलाई शान्त्वना दिने रत्तिभर छनक थिएन । “अहँ, म त्यो पैसा दिन सक्दिनँ । त्यो कण्डम हाम्रो सम्भोगमा प्रयोग भएको हो भन्ने कुनै प्रमाण छैन । म ऊसङ्ग राति सुतेकै छैन । मलाई यसरी नफसाउनुस् ।”, मैले दुवै हात जोडेर बिन्ति गरेँ । उनीहरुले मेरो बिन्तिको मर्म बुझ्न सकेनन् । “ अब के गर्ने रु डाक्टरकहाँ जाने रु”, म मनमनै सोच्छुँ । उनीहरुले पक्कै पनि त्यो कण्डम लिएर डाक्टरकहाँ जाने झन्झट गर्न दिने छैन । त्यो मेरो सोच मात्र हो । पैसाका लागि मानिस कतिसम्म निर्दयी बन्न सक्दो रहेछ । त्यो केटीले आफ्नो पर्सबाट एउटा क्याप निकालेर पुलिस भनाउँदोलाई दिई । पुलिसले त्यो हातमा लियो र हल्लाउँदै मलाई सोध्यो, “यो क्याप चिन्छौं ?” मेरो मुख बन्द गरेजस्तै भयो । वाक्य रोकियो । त्यो मेरै क्याप थियो । हिजो राति बारमा कतिखेर मेरो क्याप लुकाएर बोकिछ, पत्तै पाइनँ । म फेरि पनि निकैबेर केही बोलिनँ । सोचेँ, “आखिर उनीहरुले मलाई यातना दिएका छैनन्, कुट्छु भनेका छैनन्, मार्छु भनेका छैनन्, उनीहरु कति बुद्धिमान् छन् । केबल चतुर तरिकाले पैसा मागिरहेछन् नि । केवल सय डलर त हो नि ! त्यसले उनीहरुलाइ निक्कै राहत पुग्नेछ । सय डलरले के म कङ्गाल बन्छु रु के मेरो यात्रा यहीँ टुङ्गिन्छ ? म बेबकुफ ! सय डलरले मलाई केही असर पार्दैन, जति उनीहरुलाई पार्छ । भगवान्ले एक दिन पक्कै पनि न्याय गर्लान्, मलाई परेको अन्यायमा ।” “मसँग तपाइँले मागे जति पैसा छैन ।” “कति छ ?” “५० डलर छ ।” “तिमी त हामी पुलिसभन्दा चलाख रहेछौं । भैगो, यी विचरीलाई त्यही भए पनि देऊ ।” उसले मलाई किन ऊभन्दा चलाख भन्यो, मैले बुझिनँ । कोठाबाट मैले पचास डलरको नोट ल्याएर त्यो केटीको हातमा राखिदिएँ । “तिमीलाई यही चाहिएको हैन ? हिजो राति मैले तिमीसँग वाइल्ड सेक्स गर्नु थियो, गरिनँ, मेरो भुल भयो । अहिले म घाटामा परेँ ।” उसको छुट्न खोजेको मुस्कानले मलाई हाँसो उठ्यो । “साँच्चै हो, म घाटामा परेँ । हिजो बेलुकी तिम्रो मँल्य यसको एक चौथाइ पनि थिएन । म कति लोभी छु हगी ?” उसको घुम्रिएको पछाडिको कपालमा मैले विस्तारै समातेँ र उसको बाक्लो ओंठमा चुम्वन गरे । त्यो पुलिस भनाउँदो हेरेको हेर्‍यै भयो । कति महङ्गो, पचास डलरको चुम्वन ! (भुपेन्द्र खड्काको सहलेखन रहेको विश्व साईकल यात्री पुस्कर शाहको भदौ २१ गते सार्वजनिक हुन लागेको पुस्तक ‘संसारलाई साढे पाँच फन्को’को एक अंश उज्यालोबाट ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.