श्रीमतीलाई मोटी भन्ने लोग्ने विरुद्ध मुद्दा चल्ने

आफ्नी श्रीमतीलाई बढि मोटी र भद्दा भनेर होच्याउने वा दिनदिनै गनगन गर्ने लोग्नेहरुले अब जेलको हावा खाने खतरा छ । श्रीमतीलाई यस्तो वचन लगाउने लोग्ने विरुद्ध घरेलु हिंसा वा दुव्र्यवहारको अभियोग लाग्नसक्छ । झसँग हुनुभयो होला । तर, यस्तो हुन लागेको हाम्रो नेपालमा हैन, बेलायतको कुरा हो । bhaddaबेलायतकी एकजना छायाँ मन्त्रीपरिषदकी मन्त्राणीले यस्तो चेतावनी दिएकी हुन् । बेलायतको विपक्षी लेबर पार्टीको छायाँ सरकारकी घरेलु हिंसा नियन्त्रण मन्त्रालयकी छायाँ मन्त्री सीमा मलहोत्राले यस्तो खालको व्यवहार भौतिक आक्रमण जत्तिकै खराब रहेको दाबी गरेकी छिन् । उनका अनुसार यस्तो वचन बोल्नु भनेको व्यवहार नियन्त्रणको एक पाटो हुनसक्छ जसले महिलाहरुलाई त्रसित बनाउने तथा आफ्नै घरभित्र समेत आतंकित बनाउँछ । महिलाको जिउडाललाई लिएर नियमित रुपमा आलोचना गर्नुलाई भविष्यमा शारीरिक हिंसाको एक सूचकको रुपमा लिन सकिने उनको भनाइ छ । मेल अनलाइनसँगको कुराकानीमा उनले एक जना महिलाले लोग्नेको नियन्त्रणमूखी व्यवहार सधै सहनुपरेकै कारण घर छाड्नुपरेको अनुभव सुनाइन् । उनका अनुसार महिलाका लोग्नेले सुरुमा उनको जिउडाललाई लिएर आलोचना गर्ने गर्दथे । पछि उनको लवाइ खवाइ लगायत सबै काममा नियन्त्रण गर्न थाले । हाउस अफ कमन्सकी सांसद समेत रहेकी मलहोत्राले सन् २०११ को उपचुनावमा लण्डनबाट जितेकी हुन् । उनका अनुसार बेलायतका घरेलुहिंसा पीडित महिलाहरुलाई प्रहरीले समेत ध्यान दिँदैन ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.