खोटाङमा प्रसुती हुन नसक्दा खत्री परिवारको काठमाण्डौमा बिचल्ली, बच्चा पनि गुम्यो, अामा आईसीयुमा

खोटाङ राजापानी-६ मापचुलीकी यमुना खत्री सुत्केरी ब्यथा लाग्दा बेलैमा अस्पताल पुग्न सकिनन् ।
दुर्गम गाउँमा बेलैमा अस्पताल पुग्न नसक्ने भएपछि उनलाई हेलिकोप्टरमार्फत् काठमाण्डौ त ल्याइयो तर, बच्चा बचाउन सकिएन् ।

बच्चा त जोगाउन सकिएन, यतिबेला आमा पनि अस्पतालको आइसीयुमा मृत्युसँग जुध्दैछिन् ।
अहिले उनको त्रिवि शिक्षण अस्पतालको आइसीयु ९ मा उपचार भइरहेको छ । स्वास्थ्य सुधारउन्मुख भएपनि आईसीयुमा बसेर उपचार गर्न निकै खर्चिलो भएका कारण खत्री परिवार यतिबेला चिन्तित छ ।
खत्री परिवारलाई सहयोग गर्न यतिबेला काठमाण्डौ र नेपालबाहिर मलेसिया र अष्ट्रेलियामा सहयोग संकलन अभियान सुरु भएको छ ।
काठमाण्डौमा हलेसी डेकोरको अगुवाईमा सहयोग संकलन भइरहेको छ ।
सहयोग गर्न चाहाने महानुभावले काठमाण्डौमा यमुनाका पति राजन खत्री (९८६२८४६५१७), आफन्त योगेन्द्र कार्की(९८५१०५०७९८), मलेसियामा मिलन कार्की(०१११६४९७९३८) र अष्ट्रेलियामा दीपक कार्कीलाई सम्पर्क गर्न सकिने छ ।

, , , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.