भदौ, काठमाडौं । कांग्रेस, एमाले र एमाओवादीवीच एकाएक चिसिएको सम्बन्धमा विहीबार साँझदेखि केही सकारात्मक सुधार हुने संकेत देखिएको छ । विहीबार बिहानै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रचण्डनिवासमै पुगेर उच्चस्तरीय राजनीतिक समितिको संयोजक बन्न आग्रह गरेपछि तीन दलको सम्बन्धमा न्यानोपनको प्रारम्भ भएको हो ।
Prachand Oliविहीबार बेलुका साढे ५ बजे एमाओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोटस्थित ओली निवासमा पुगेका थिए । स्रोतहरुका अनुसार ओली र प्रचण्डवीच करिब १ घण्टा कुराकानी भएको थियो ।
भेटमा ओलीले उच्चस्तरीय राजनीतिक समितिको संयोजक प्रचण्डलाई बनाउन सकिने तर, समितिमा प्रमुख तीन दलको मात्रै सहभागिता गराइनुपर्ने प्रस्ताव राखेका थिए । अन्य दलहरुलाई समेट्दा कुन- कुन दललाई राख्ने भन्ने जटिलता आउन सक्ने ओलीको भनाइ थियो ।
तर, प्रचण्डले मधेसवादी दललाई उच्चस्तरीय राजनीतिक समितिमा समेट्न आवश्यक रहेको ओलीलाई बताएका थिए । बाह्रबुँदे समझदारीमा हस्ताक्षर गर्दा पनि मधेसी दलको सहभागिता रहेको, पहिलो संविधानसभा विघटनपछि बनेको उच्चस्तरीय राजनीतिक समितिमा पनि मधेसी नेताको सहभागिता रहेको र चारबुँदे समझदारीमा पनि मधेसी मोर्चाले हस्ताक्षर गरेको प्रचण्डले ओलीलाई बताएका थिए । मधेसी दललाई समितिमा नराखिए संविधान निर्माण सहज नहुने सम्भावना समेत प्रचण्डले औंल्याएको स्रोतले अनलाइनखबरलाई बतायो ।
‘प्रचण्डले आफ्नो विचार राखिसकेपछि ओली मधेसी दललाई समेत समेटेर उच्चस्तरीय राजनीतिक समिति बनाउने विषयमा सकारात्मक देखिएका छन्’ दुई नेताको भेटपछि प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरसँग भने, ‘भोलि (शुक्रबार) शीर्ष नेताहरुको बैठक बसेर समस्या सुल्झाऔं भन्ने ओलीले बताएका छन्, यसले विवाद सुल्झिने सम्भावना देखिएको छ ।’
सिटौलाको प्रयास
कांग्रेस र एमालेसँग वार्तामै नबस्ने बताइरहेका प्रचण्डसँग सम्वादको सुरुवात कांगेस महामन्त्री कृष्णप्रसाद सिटौलाले गरेका हुन् । सिटौला प्रचण्डलाई भेट्न विहीबार बिहान साढे ८ बजे नै लाजिम्पाट पुगेका थिए । उनले तीन दलीय उच्चस्तरीय राजनीतिक समिति बनाउन र त्यसको संयोजक प्रचण्डलाई दिन आफूहरु तयार रहेको जनाऊ दिएका थिए ।
सिटौला फर्किनासाथ मोर्चाको बैठक
कांग्रेस महामन्त्री लाजिम्पाटबाट फर्किएपछि विहीबार बिहानै लाजिम्पाटमा प्रचण्ड नेतृत्वको गणतान्त्रिक मोर्चाको बैठक बसेको थियो । मधेसी दल र अशोक राई नेतृत्वको संघीय समाजवादी लगायतका दलहरु सम्मिलत मोर्चाको बैठकमा प्रचण्डले सिटौलाले ल्याएको प्रस्तावबारे जानकारी दिएका थिए ।
मोर्चाको बैठकले कांग्रेस एमालेको प्रस्ताव अस्वीकार गर्दै उच्च स्तरीय राजनीतिक समितिमा तीन दलका अतिरिक्त मधेसी र जनजातिलाई पनि समेट्नुपर्ने अडान अघि सार्यो ।
यही अडान लिएर बेलुका बालकोट पुगेका प्रचण्डलाई एमकाले अध्यक्ष ओलीले सकारात्मक जनाऊ दिएको एमाओवादी नेताहरुको बुझाइ छ ।
एमाओवादी नेताले अनुमान लगाएजस्तै शुक्रबार विहान तीन दलको शीर्ष बैठक बस्यो र उच्चस्तरीय राजनीतिक समिति बनाउने काम भयो भने दिउँसो आयोजना गरिएको व्यवस्थापिका संसदको बैठक सुचारु हुने अनुमान गरिएको छ ।
उच्चस्तरीय राजनीतिक समिति गठन नभए संसद चल्न नदिने प्रचण्डले यसअघि नै घोषणा गरिसकेका छन् ।
केपी ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
.jpg)
0 comments
Write Down Your Responses