संसदीय समितिले पूर्णता पायो : संविधानसभाले कहिले ?

संविधानसभा निर्वाचन सम्पन्न भएको ९ महिना र संविधानसभा सुरु भएको ७ महिना बितेपछि संसदीय समितिले पूर्णता पायो । समितिका सभापतिहरुको चयनमा भएका ढिलाइले संसदीय अभ्यासमा ठूलो अबरोध उत्पन्न भैहेको थियो ।
Sapath
संविधानसभाका २६ सभासद मनोनयनका विषयमा प्रमुख तीन दलबीच भागवण्डा समेत भैसकेको छ । तर सर्वोच्च अदालतले संविधानको मर्मअनुसार मात्र मनोनित गर्न आदेश दिएपछि दलहरुलाई निकै ठूलो नैतिक संकट परेको छ ।

मनोनित गर्ने सिटमा आफ्ना मान्छे, ठूला चन्दादातालाई हुल्ने सोचमा रहेका नेताहरुलाई सर्वोच्चको आदेश यति ठूलो अबरोध भन्न पुग्यो कि पछिल्ला केही समययता सो विषयमा बहस नै गर्न छाडे र तर संविधान जारी गर्ने निर्धारित मिति आउनै मात्र ५ महिना बाँकी रहेका बेला संविधानसभालाई पूर्णता दिनैपर्ने बाध्यता भने सरकारमा छ ।

जसरी संसदीय समितिहरुले पूर्णता पायो अब संविधानसभाले कहिले पूर्णता पाउँला भन्ने कुतुहलता जागृत भएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले २६ सभासदको मनोनयनका विषयमा कानुनविद्हरुसंग परामर्श गरेपछि यो प्रक्रियामा पनि चाँडै टुंगिने आशा रहेको छ ।

तर, दलहरुबीच सहमति नहुँदासम्म त्यसको आशा गर्नसकिनेन अवस्था छैन । अझ बुधबार यस विरुद्धमा सर्वोच्चमा रिट परेपछि अझै लम्बिने स्थिति देखिएको छ ।

व्यवस्थापिका संसदका सहमतिमा चयन भएकामध्ये१२ जना सभापतिलाई सभामुख सुवासचन्द्र नेम्वाङले सिंहदरबारस्थित व्यवस्थापिका–संसद सचिवालयमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

व्यवस्थापिका–संसद मातहत ११ वटा विषयगत समिति, एउटा विधायन समिति र दुई विशेष समिति छन् । सुरक्षा विशेष समितिको सभापतिमा सभामुख स्वयम् पदेन रहने व्यवस्था छ भने संसदीय विशेष सुनुवाइ समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद कुलबहादुर गुरुङ चयन हुनुभएको छ ।

समारोहमा गङ्गा चौधरी (विधायन), प्रकाश ज्वाला (अर्थ), प्रभु साह (अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम), भीष्मराज आङदेम्बे (उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध), सुशीलकुमार श्रेष्ठ (सामाजिक न्याय तथा मानव अधिकार) र गगनकुमार थापा (कृषि तथा जलस्रोत) ले शपथ लिनुभएको हो ।

विकास समितिका सभापति रवीन्द्र अधिकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रन्जुकुमारी झा, राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती, वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरी, सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राई र संसदीय सुनुवाइ विशेष समितिका सभापति कुलबहादुर गुरुङले पनि सोही समारोहमा शपथ लिनुभयो । उहाँहरू सबै आजै सर्वसम्मतिले चयन हुनुभएको हो ।

यसअघि सार्वजनिक लेखा समितिको सभापतिमा चयन हुनुभएका एकीकृत नेकपा (माओवादी)का सांसद जनार्दन शर्माले शपथ लिइसक्नु भएको छ ।

संसदीय समितिले पूर्णता पाएसँगै आवश्यक कानुन निर्माणका साथै सरकारका कामकारबाहीलाई सदन र जनताप्रति उत्तरदायी बनाउन बल मिल्ने अपेक्षा गरिएको छ

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.