लोडसेडिगं हटाउन गरगहना बन्धक लगाउन उर्जा मन्त्रीद्वारा महिलालाई आह्वान

काठमाडौ, भदौ ११ – उर्जामन्त्री राधा ज्ञावालीले महिलाहरुलाई आफ्नो गर–गहना बन्धकी राखेर मुलुकको उर्जा संकट समाधानको आव्हान गरेकी छिन् । तीजलाई भड्किलो बनाउन धेरै खर्च गर्ने र गहनाको प्रर्दशनी गर्नु भन्दा त्यसलाई प्रयोगमा ल्याउन उनले आग्रह गरेका छन् । बुधवार एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले महिलाहरु सँस्कृति, परम्परा जोगाउने नाममा धार्मिक जालोमा फँसे भन्दै तीजलाई महिला अधिकार, मुलुकको विकास र समानताकोलागि प्रयोग गर्न सुझाव दिइन् ।
सरकार संविधान बनाउन लागि परेको उल्लेख गर्दै उनले समानुपातिक प्रतिनिधित्वको लागि तीजको अभियानमार्फत दवाव सृजना गर्नु पर्ने बताईन । हामी जसरी भएपनि संविधान निर्माण गर्नुपर्छ भन्ने पक्षमा निरन्तर लागिपरहेका छौं । संविधान सभाभित्र प्रतिनिधित्व गर्ने महिला सभासदहरुले आफ्ना आवाजहरु बुलन्द पार्न जरुरी रहेको बताए । महिला बालवालिका तथा समाज कल्याण मन्त्री निलम केसीले तीजलाई मोजमस्ती गर्ने भन्दा पनि समाज परिवर्तनको लागि प्रयोग गर्न सुझाव दिदै तीजमा खर्च गर्ने रकम बाढी पहिरो पीडित महिला तथा बालबालिकाको उद्धारमा खर्च गर्न आव्हान गरिन् ।
उनले भनिन–तीजलाई खर्चिलो नबनाऔं । देशमा ठूलो संकट आएको छ , हामी जस्तै दिदिबहिनीहरु भोकभोकै मर्ने अवस्था छ । त्यसैले हामीले तीजलाई विशेष रुपमा अवसरका रुपमा मनाऔं न कि विकृतिका रुपमा । उनले थपनि–सरकारले यो तीजको अवसरमा देशभरिका बाढीपहिरो पीडितलाई राहत तथा पुनस्र्थापनाका लागि सवै मन्त्रीहरुले एक महिनाको आधा तलब दिने घोषणा समेत गरेको छ ।
मन्त्री केसीले महिलालाई एउटा रथको दुई पाङग्रा भनिए पनि एक पाङग्रा सानो पारिएको तर्क गर्दै मन्त्री परिषदबाट मनोनित हुने २६ सभासदमा आधा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताईन । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले तीजलाई रमाईलो मात्र भन्दा पनि महिला मैत्री संविधान निर्माणको अभियानको रुपमा प्रयोग गर्नु पर्ने भन्दै लैङगिक समानताको लागि लड्न आव्हान गरिन् । राप्रपा नेपालकी सभासद कुन्ति शाहीले महिलाको सामाजिक न्यायको लागि लड्न आव्हन गर्दै अब संविधान निर्माणपछि समानतासहितको ७२ सालको तीज मनाउनु पर्ने बताइन् ।
तमलोपाकी केन्द्रीय सदस्य चन्दा चौधरीले तीज महिला अधिकारको दृष्टिले सार्थक बनाउनु पर्ने भन्दै महिलामुखी संविधानसहित ७२ सालको तीज भव्यताकासाथ मनाउने बताईन् । उनले पहिलो संविधानसभामा ३३ प्रतिशत महिलाको सहभागिता भएपनि अहिले नभएको भन्दै अधिकार प्राप्तीको पर्वको रुपमा तीजलाई मनाउनु पर्ने बताइन् ।
ratopati
 भिडियो हेर्न तल क्लिक गर्नुहोस :

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.